Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #दीपक बन्जारा
  • #‘हृदयांश’
  • #गगनकुमार थापा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #जाइका
  • #तानाका अकिहिको
  • #सुनिल लम्साल
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित
राष्ट्रिय क्रिकेट खेलाडी तथा क्रिकेटकर्मी सम्मानित
प्रभाव संवाददाता
प्रभाव संवाददाता शनिबार, जेठ ३०, २०८३

कास्की- कास्की जिल्ला क्रिकेट सङ्घले क्रिकेट क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका राष्ट्रिय खेलाडी, प्रशिक्षक, अम्पायर, अफिसियल तथा मैदान कर्मचारीलाई सम्मान गरेको छ । पोखरामा आज आयोजित सङ्घको चौथो अधिवेशनका अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरमा कास्कीको प्रतिनिधित्व गर्दै उत्कृष्ट प्रदर्शन गरेका खेलाडीलाई विभिन्न विधामा सम्मान तथा पुरस्कार प्रदान गरिएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टोलीसम्मको यात्रा तय गरेका पुरुषतर्फ अर्जुन कुमाल र महिलातर्फ रचना चौधरीलाई जनही  १० हजार नगद रुपैयाँ, सम्मानपत्र तथा दोसल्लासहित सम्मान गरिएको छ । त्यसैगरी, नेपाल ‘ए’ पुरुष राष्ट्रिय टोलीका सदस्य विपिन खत्री तथा नेपाल अन्डर-१९ टोलीका खेलाडी सुभाष भण्डारी, सिब्रिन श्रेष्ठ र सोहेल कुँवरलाई प्रशंसापत्र, दोसल्ला र जनही रु सात हजार नगद प्रदान गरिएको हो ।

खेलाडी प्रोत्साहन पुरस्कारअन्तर्गत कृष्ण पौडेल, रोहित चन्द, यशोदा भुजेल र चन्द्रमाया बराल सम्मानित हुनुभयो । उहाँहरूलाई प्रमाणपत्र, माला तथा जनही रु पाँच हजार नगदसहित पुरस्कृत गरिएको थियो । कार्यक्रममा नेपाली महिला राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रिजन प्रजू, अन्तरराष्ट्रिय अम्पायर सञ्जयकान्त सिग्देल तथा अन्तरराष्ट्रिय स्कोरर आशिष बराललाई अन्तर्राष्ट्रिय अम्पायर/प्रशिक्षक सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।

Hardik health

क्रिकेटको विकासमा योगदान पुर्‍याएका प्रशिक्षक ऋषिकेश शर्मा पौडेल, विधान श्रेष्ठ र विजय राउत तथा अम्पायर अर्जुन उपाध्याय र दुर्गा बहादुर चन्दलाई बधाई ज्ञापन गरिएको थियो । साथै, गण्डकी प्रदेश खेलकुद परिषद्को बोर्ड सदस्यमा नियुक्त भएका पूर्वखेलाडी रवीन्द्रबहादुर प्रजूलाई विशेष सम्मान गरिएको थियो ।

उत्कृष्ट योगदान दिने मैदान कर्मचारीतर्फ क्युरेटर प्रदीप राउत, मैदान कर्मचारी सीता विक र माया विक सम्मानित भए । प्रशिक्षकतर्फ दीपेश खत्री, विधान श्रेष्ठ, गोविन्द प्रधान र ऋषिकेश शर्मा पौडेललाई मायाको चिनो र मालासहित सम्मान गरिएको सङ्घका अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले कास्कीमा क्रिकेटको विकासमा खेलाडी, प्रशिक्षक, अम्पायर, अफिसियल तथा सहयोगीहरूको योगदान महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा क्रिकेटलाई अझ व्यावसायिक, व्यवस्थित र प्रतिस्पर्धी बनाउने विश्वास व्यक्त गरे । सोही अवसरमा सङ्घले कास्कीको क्रिकेट विकास यात्रालाई समेटेर प्रकाशन गरेको विशेष स्मारिकाको समेत विमोचन गरेको थियो । 


प्रकाशित मिति: शनिबार, जेठ ३०, २०८३  १५:५२
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेदरल्यान्डससँग नेपाल पराजित
नेदरल्यान्डससँग नेपाल पराजित बिहीबार, साउन १४, २०८३
फिफाको निर्णयले यूईएफए क्रोधित
फिफाको निर्णयले यूईएफए क्रोधित बुधबार, साउन १३, २०८३
काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित सोमबार, साउन ११, २०८३
आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै
आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै बिहीबार, साउन ७, २०८३
एसीसी महिला यू-१९ प्रिमियर कपकी सर्वाधिक रनकर्ता  धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान
एसीसी महिला यू-१९ प्रिमियर कपकी सर्वाधिक रनकर्ता धामीलाई अमरावती बुटिक होटलद्वारा सम्मान बिहीबार, साउन ७, २०८३
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि सोमबार, साउन ४, २०८३
फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्याे तेस्रो
फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड बन्याे तेस्रो आइतबार, साउन ३, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP