काठमाडाैं- नेपाली क्रिकेट टोलीका ओपनिङ ब्याटर कुशल भुर्तेलले टी-२०आईमा लगातार दोस्रो शतक प्रहार गरेका छन् । बिहीबार भइरहेको एसियन गेम्स छनोटअन्तर्गत मलेसियासँगको खेलमा भुर्तेलले ४४ बलमा शतक प्रहार गरेका हुन् ।
उनको करियरको यो तेस्रो शतक हो ।भुर्तेलले यसअघि चीनसँगको खेलमा शतक प्रहार गरेका थिए । उक्त खेलमा ३५ बलमा शतक प्रहार गरेका भुर्तेल ४३ बलमा १२९ रन बनाएर आउट भएका थिए । भुर्तेल लगातार दुई टी-२०आई शतक बनाउने पहिलो नेपाली खेलाडी हुन् । यस्तै समग्रमा विश्वको १०औं खेलाडी हुन् ।
भुर्तेल ५४ बलमा १२६ रन बनाएर आउट भएका छन् । उनले १४ चौका र ८ छक्का प्रहार गरे ।भुर्तेलले सन् २०२२ मा फिलिपिन्स विरुद्ध करियरको पहिलो शतक प्रहार गरेका थिए ।