Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
समाचार
  • Home
  • समाचार
  • विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
विश्व थाइराइड दिवसः पुरुषका तुलनामा महिलालाई थाइराइडको उच्च जोखिम
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ ११, २०८३

चितवन- ‘हमर्न’ कारण पुरुषका तुलनामा महिलालाई थाइराइडको जोखिम उच्च हुने इन्डोक्राइमोलोजिष्ट (हर्माेन विशेषज्ञ)विशेषज्ञहरुले बताएका  छन् ।  चितवन मेडिकल कलेज (सिएमसी) शिक्षण अस्पतालका इन्डोक्राइमोलोजिष्ट डा सौरव खतिवडाले १५ देखि २० प्रतिशत महिलालाई ‘हाइपर थाइरोडिजम’को सम्भावना हुने जानकारी दिए । उनले भने, “पुरुषमा त्यसको आधा जतिलाई मात्रै हुन्छ । अर्थात् पुरुषमा पाँचदेखि आठ प्रतिशत हाराहारीलाई मात्रै हाइपर थाइरोडिजम (उच्च थाइराइड) को समस्या हुन्छ ।”

उनले घाँटीको अगाडि तलपट्टि हुने सानो ग्रन्थीलाई थाइराइड भनिने बताउँदै यसमा दुई वटा भाग हुने जानकारी दिए । उनले भने, “यसले शरीरलाई आवश्यक पर्ने महत्वपूर्ण हर्माेन उत्पादन गर्दछ । यो हर्माेन हाम्रो दैनिक जीवनमा धेरै महत्वपूर्ण छ ।”  थाइराइड हर्माेनले बच्चाको दिमागको वृद्धि विकासदेखि वयस्क मानिसमा काम गर्ने जाँगर, स्फूर्ति, मुटुको कामका लागि, खाना पचाउने, शरीरको मोटोपनलाई सन्तुलनमा राख्ने काम गर्ने डा खतिवडाको भनाइ छ ।

थाइराइड हर्माेन कमी भएमा केही लक्षणहरु देखिने भन्दै उनले हर्माेन बढी हुँदा केही किसिमका लक्षणहरु देखिने बताए। उनले भने, “थाइराइड ग्रन्थी कहिलेकाहीँ आफैँ दुख्ने समस्या पनि आउँछ । थाइराइडमा कहिलेकाहीँ ट्युमर पनि पलाउँछ । ट्युमरहरुमा सबैभन्दा सजिलै उपचार गर्न सकिने भनेको थाइराइडको ट्युमर हो ।”

Hardik health

थाइराइड बढ्यो भने आत्तिने, हात काँप्ने, मुटु ढुकढुक हुने, गर्मी धेरै महसुस हुने देखिने बताउँदै डा खतिवडाले भने, “यसलाई दुब्लाउने थाइराइड भनेर चिनिन्छ । यसमा टी थ्री, टी फोर भन्ने हर्माेन बढेको हुन्छ भने टिएसएच घटेको हुन्छ ।” उनले यस्ता बिरामीलाई थाइराइड हर्माेन घटाउने औषधि दिनुपर्ने बताए ।

घाँटी दुख्दैमा थाइराइड नहुने भन्दै उहाँले कहिलेकाहीँ थाइराइड क्यान्सरमा परिणत हुन सक्ने बताए । उनले भने, “घाँटीमा गाँठागुँठी जस्ता लाग्यो भने त्यसको अल्ट्रासाउन्ड गरेर क्यान्सर हो होइन, पत्ता लगाउनु पर्छ । कहिलेकाहीँ ट्युमरको परीक्षण गरेर पनि क्यान्सर पत्ता लगाउनुपर्छ ।” यदि क्यान्सर पहिचान भयो भने शल्यक्रिया र रेडियोथेरापी गरेर निको पार्न सकिने उनको भनाइ छ ।

पुष्पाञ्जली अस्पतालका फिजिसियन डा भोजराज अधिकारी महिलाहरुमा धेरै थाइराइडको समस्या हुने बताउँछन् । साधारणतया मानिसहरुलाई थाइराइड हर्माेन घट्ने र बढ्ने समस्या हुने जनाउँदै  उनले भने, “जब शरीरमा थाइराइड हर्माेन कम हुन्छ (घट्छ), तब टिएसएच परीक्षण गर्दा बढेर आउँछ । यसलाई हामीले घट्ने थाइराइड भन्छौँ । अथवा टी थ्री, टी फोर घटेको हुन्छ, अर्थात् नर्मलभन्दा तल हुन्छ । यस्तो थाइराइडलाई सुस्त हुने अथवा मोटाउने थाइराइड भनेर पनि चिनिन्छ ।” यसले केहीलाई थकाइ लाग्ने कसैकसैलाई खुट्टा सुन्निने, अनुहार फुस्रो हुने, कपाल झर्ने समस्या पनि आउन सक्ने उनले बताए । उनले भने, “थाइराइडको समस्या छ भने दैनिक बिहान एक घुट्की पानीसँग एउटा चक्की औषधि खाएमा राम्ररी नियन्त्रणमा आउँछ ।”

महिलाहरुमा प्रसूतिदेखि लिएर २५ देखि ५० वर्षको उमेरमा बढी थाइराइड देखिने उनको भनाइ छ । उनका अनुसार महिनावारी बन्द हुनेभन्दा अगाडिको समयमा थाइराइड हर्मनको धेरैजसोमा कमी देखिने गर्दछ । इन्डोक्राइमोेलोजिष्ट (मधुमेह, थाइराइड र हर्मन रोग विशेषज्ञ) डा उमनाथ अधिकारी महिलाहरुमा थाइराइड बढी देखिने भन्नुको कारण अटो इम्युनिटी बढी हुने बताए । उनले पुरुषको तुलनामा अटो इम्युनिटी बढी हुने भएकाले महिलाहरुमा थाइराइड बढी देखिने बताए ।

महिलाहरुमा अटो इम्युनिटीले बाथरोगहरु धेरै देखिने भन्दै उनले पुरुषमा कम देखिने बताए । उनले भने, “थाइराइड बढेपछि महिनावारी गडबढ हुन्छ । महिलाहरुमा अटो इम्युनिटीका कारण हर्मोनले थाइराइडको मात्रा बढी हुन्छ ।” महिलाहरुमा शरीर, दुख्ने, शरीर गल्ने र मोटाउने जस्ता लक्ष्यण थाइराइडले देखाउने उनको भनाइ छ ।
 


प्रकाशित मिति: सोमबार, जेठ ११, २०८३  १४:१०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP