काठमाडाैं - आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत सोमबार भएको खेलमा नेपालले शीर्ष स्थानको स्कटल्यान्डलाई ६ विकेटले पराजित गरेको छ । १९५ रनको लक्ष्य नेपालले ३८.१ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
कप्तान रोहित पौडेल ७४ रनमा अविजित रहँदा इशान पाण्डेले ५५ रन बनाए ।यसअघि स्कटल्यान्ड १९४ रनमा अलआउट भएको थियो । ब्रेन्डन म्याकमुलेनले ७३ रन बनाए । नेपालका ललित राजवंशीले ४ तथा सन्दीप लामिछाने ले ३ विकेट लिए ।
सन्दीपले ओडीआईमा सबैभन्दा छिटो १५० विकेट पूरा गर्दै नयाँ विश्व कीर्तिमान पनि बनाए । यो जितसँगै नेपाल २२ अंकसहित लिग–२ को अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ ।