Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • क्रिकेट रंगशाला निर्माणमा ढिलाइ
क्रिकेट रंगशाला निर्माणमा ढिलाइ
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख ८, २०८३

चितवन- गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा ढिलाइ भएको छ। भरतपुर महानगरपालिका-१५ रामपुरमा निर्माणाधीन रंगशाला ठेक्का म्याद सकिन आठ महिना बाँकी रहँदा ५० प्रतिशतमात्र सम्पन्न भएको हो ।

विसं २०८१ असारमा ३० महिनामा काम सम्पन्न गर्नेगरी भरतपुर महानगरपालिकाले हिमालयन कालिञ्चोक बिबीआर जेभीलाई ठेक्का दिएको थियो । विसं २०८३ पुस २२ भित्र काम सक्नेगरी कुल ७५ करोड ५० लाख ९१ हजार १८९ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो ।

महानगरपालिकाका डिभिजनल इन्जिनियर सन्तोष आचार्यका अनुसार हालसम्म एउटा टावरको काम लगभग सकिएको छभने अर्को टावरको दोस्रो तलाको ढलान भएको छ । चारवटा प्यारापिटमध्ये एउटाको काम सकिएको छ । दुईवटाको ढलान भएको र बाँकी एउटाको काम सुरु भएको छ ।

Hardik health

मैदान निर्माण सुरु गरिएको छ । मैदानमा पाँचवटा पिच बनाउने तयारी भइरहेको छ । यससँगै मैदानसम्म पुग्ने बाटो, मैदान र पिच बनाउने कामसँगै अघि बढेको छ । साथै भूमिगत पावर केवल, प्लम्बिङलगायतका काम भइरहेको छ । बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत व्यहोर्ने जनाइएको छ । आर्थिक वर्ष २०८१/८२ का लागि सङ्घीय सरकारले २५ करोड रुपैयाँ र भरतपुर महानगरपालिकाले चार करोड ८० लाख रुपैयाँ विनियोजन गरेर आयोजना अघि बढाइएको हो । चालु आर्थिक वर्षमा महानगरले चार करोड रुपैयाँ विनियोजन गरेको छ ।

महानगरका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले काम छिटो गर्न र समयमा सक्न निर्माण कम्पनीलाई ताकेता गरिरहेको बताए । उनले भने, “हामीले गर्नुपर्ने काममा कुनै समस्या छैन । कामलाई तीव्रता दिन निर्माण कम्पनीलाई भनेका छौँ ।” सङ्घीय र प्रदेश सरकारसँग रंगशाला निर्माणका लागि आवश्यक बजेट माग गरिरहेको पनि उनले बताए । 

धुर्मस-सुन्तली फाउन्डेसनले रंगशाला निर्माण गर्न नसकेपछि महानगरपालिकालाई हस्तान्तरण गरेको थियो । यससँगै महानगरपालिकाले प्रदेश र सङ्घसँग सहकार्य गरेर काम अघि बढाएको छ।


प्रकाशित मिति: मंगलबार, वैशाख ८, २०८३  १३:३३
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफमा नेपालको सहभागिता हुन नपाउने
साफमा नेपालको सहभागिता हुन नपाउने आइतबार, साउन १७, २०८३
निजी लगानी योजनामा परामर्श जारी राख्ने पक्षमा फिफा
निजी लगानी योजनामा परामर्श जारी राख्ने पक्षमा फिफा शुक्रबार, साउन १५, २०८३
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी शुक्रबार, साउन १५, २०८३
नेदरल्यान्डससँग नेपाल पराजित
नेदरल्यान्डससँग नेपाल पराजित बिहीबार, साउन १४, २०८३
फिफाको निर्णयले यूईएफए क्रोधित
फिफाको निर्णयले यूईएफए क्रोधित बुधबार, साउन १३, २०८३
काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित सोमबार, साउन ११, २०८३
आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै
आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै बिहीबार, साउन ७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP