Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • गौरीशंकर सुपर लिगमा नेक्सस क्रिकेट एकेडेमीको जित
गौरीशंकर सुपर लिगमा नेक्सस क्रिकेट एकेडेमीको जित
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १, २०८३

काठमाडौं- गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा काठमाडौं जिल्ला यू–१७ ले प्रभावशाली प्रदर्शन गर्दै रेडियन्ट क्रिकेट एकेडेमी यू–१७ लाई ५८ रनले पराजित गरेको छ। 

पहिले ब्याटिङ गरेको काठमाडौं जिल्ला यू–१७ ले १५ ओभरमा ८ विकेट गुमाउँदै १०९ रन बनायो। करण यादवले २२ रन, बिशाल बुढाले २० रन तथा शुभा रेग्मीले १५ रन बनाए। सौर्य सिंह ठाकुरी १२ रनमा अविजित रहे। अतिरिक्तबाट २७ रन आउनु पनि टोलीका लागि महत्वपूर्ण बन्यो।बलिङतर्फ रेडियन्टका मुन्ना जयसवालले उत्कृष्ट प्रदर्शन गर्दै ४ विकेट लिए। मोहम्मद आमिरले २ विकेट लिए भने पारख रसाइली र राजन कुमारले समान १–१ विकेट हात पारे।११० रनको लक्ष्य पछ्याएको रेडियन्ट क्रिकेट एकेडेमी यू–१७ भने काठमाडौंका बलर सामु टिक्न सकेन।

टोली १३.४ ओभरमा सबै विकेट गुमाउँदै मात्र ५१ रनमा समेटियो। मोहम्मद आमिरले १३ रन र अंकित कुमारले १४ रन बनाए पनि अन्य ब्याट्सम्यानले योगदान दिन सकेनन्।काठमाडौंका बलरहरू पूर्ण रूपमा हावी देखिए। पारख रसाइली र दिवास क्षेत्रीले महत्वपूर्ण विकेट लिँदै सुरुवाती झट्का दिए। सौर्य सिंह ठाकुरीले २ विकेट लिए भने स्योन स्वानिक र अन्य बलरहरूले पनि दबाब कायम राख्दै विपक्षीलाई सस्तैमा समेटे।

Hardik health

त्यसैगरी गौरीशंकर सुपर लिग  यू–१७  क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको दोस्रो खेलमा ग्रेट हिमालय क्रिकेट एकेडेमी यू–१७ ले उत्कृष्ट प्रदर्शन गर्दै जोरपाटी क्रिकेट एकेडेमी यू–१७ लाई ८६ रनले पराजित गरेको छ।पहिले ब्याटिङ गरेको ग्रेट हिमालयले निर्धारित १५ ओभरमा ५ विकेट गुमाउँदै १४६ रनको बलियो योगफल तयार गर्‍यो। टोलीका लागि सुप्रिम सुनारले आक्रामक ब्याटिङ गर्दै ४१ रन बनाए भने स्पर्श तामाङले ३१ रनको योगदान दिए। अनिकेत गजुरेलले २६ रन थप्दा अवि थपलिया १३ रनमा आउट भए। अन्त्यतिर माहि यादव १३ रनमा अविजित रहँदा टोली ठूलो स्कोर बनाउन सफल भयो।

बलिङतर्फ जोरपाटीका सागर र सोहितले समान २–२ विकेट लिए भने आर्यबत गौतमले १ विकेट हात पारे।१४७ रनको लक्ष्य पछ्याएको जोरपाटी क्रिकेट एकेडेमी भने दबाबमा पर्दै १४.२ ओभरमा सबै विकेट गुमाएर ६० रनमै समेटियो। आरोन जंग गिरीले २१ रन र निमेश योञ्जनले १५ रन बनाए पनि अन्य ब्याट्सम्यान चल्न सकेनन्।ग्रेट हिमालयका बलरहरू खेलभर हावी देखिए। सागर बी र कमल शाहिले उत्कृष्ट बलिङ गर्दै समान ३–३ विकेट लिए। सोहित डीले २ विकेट हात पार्दा प्रशान्त सी र सुधिर एमले पनि महत्वपूर्ण विकेट लिएर विपक्षीलाई धराशायी बनाए।

त्यसैगरी आजै भएको तेस्रो खेलमा नेक्सस क्रिकेट एकेडेमी यू–१७ ले भक्तपुर क्रिकेट सेन्टर यू–१७ माथि ७ विकेटको सहज जित दर्ता गरेको छ।पहिले ब्याटिङ गरेको भक्तपुर क्रिकेट सेन्टर यू–१७ कमजोर प्रदर्शन गर्दै ९.५ ओभरमै अलआउट हुँदै मात्र ५४ रनमा समेटियो। श्रेराज बिर श्रेष्ठले सर्वाधिक १९ रन बनाए भने सदीप कार्कीले ११ रन जोडे। अन्य ब्याट्सम्यानहरू भने दोहोरो अंकमा पुग्न सकेनन्।नेक्ससका बलरहरू निकै घातक सावित भए। सिमोन पन्ताले उत्कृष्ट बलिङ गर्दै ४ विकेट लिए भने लोकेन्द्र कार्कीले ३ विकेट हात पारे।

आर्यन विक्रम कार्कीले २ विकेट लिँदा अन्य बलरहरूले पनि दबाब कायम राखे।५५ रनको सामान्य लक्ष्य पछ्याएको नेक्सस क्रिकेट एकेडेमी यू–१७ ले ९.५ ओभरमै ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्‍यो। सरजिल अली मन्सारी १७ रनमा अविजित रहे भने आरव श्रेष्ठले १३ रन बनाए। लोकेन्द्र कार्कीले अन्त्यतिर ९ रन जोड्दै टोलीलाई जित दिलाए।


प्रकाशित मिति: मंगलबार, वैशाख १, २०८३  ०६:२४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
साफमा नेपालको सहभागिता हुन नपाउने
साफमा नेपालको सहभागिता हुन नपाउने आइतबार, साउन १७, २०८३
निजी लगानी योजनामा परामर्श जारी राख्ने पक्षमा फिफा
निजी लगानी योजनामा परामर्श जारी राख्ने पक्षमा फिफा शुक्रबार, साउन १५, २०८३
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी
फिफा योजनाविरुद्ध विश्वकप बहिष्कारको चेतावनी शुक्रबार, साउन १५, २०८३
नेदरल्यान्डससँग नेपाल पराजित
नेदरल्यान्डससँग नेपाल पराजित बिहीबार, साउन १४, २०८३
फिफाको निर्णयले यूईएफए क्रोधित
फिफाको निर्णयले यूईएफए क्रोधित बुधबार, साउन १३, २०८३
काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित
काभा पुरुष भलिबल प्रतियोगिता : नेपाल उज्वेकिस्तानसँग पराजित सोमबार, साउन ११, २०८३
आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै
आइसिसी विश्वकप क्रिकेट लिग २ः नेपालले नेदरल्यान्ड्सविरुद्ध ब्याटिङ गर्दै बिहीबार, साउन ७, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP