Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बागमती_प्रदेशसभा
  • #सिसिटिभी
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
  • #लुम्बिनी_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
समाचार
  • Home
  • समाचार
  • दुई करोड ६८ लाख धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुरको आदेश
सर्तसहित रिहा हुँदै रवि दुई करोड ६८ लाख धरौटीमा रिहा गर्न उच्च अदालत तुलसीपुरको आदेश
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, पुस ४, २०८२

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने सर्तसहित रिहा हुने भएका छन् । उच्च अदालत बुटवलको तुलसीपुर इजलासले बिहीबार जारी गरेको आदेशअनुसार उनी चार सर्त पालना गर्नेगरी तारेखमा रिहा हुने भएका हुन् ।
उच्च अदालत बुटवलका सूचना अधिकारी रामबहादुर कुँवरले रविलाई दुई करोड ६८ लाख रुपैयाँ जमानतबापत राख्न र त्यो राखेमा थुनामुक्त गर्न आदेश दिएको हो । यस्तो आदेश दिने न्यायाधीशद्वय बासुदेव आचार्य र तेजनारायण पौडेल हुन् । लामिछानेले बिगोबापतको रकम बुझाएर थुनाबाहिर बस्न पाऊँ भन्दै दिएको रिट निवेदनमाथि बिहीबार भएको सुनुवाइपछि यस्तो आदेश भएको हो ।
लामिछाने बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत अपचलन प्रकरणमा नक्खु कारागारमा छन् । उनी अदालतले तोकेको सर्तअनुसार जमानतबापतको रकम बुझाएर आज रिहा हुने रास्वपाका महामन्त्री कविन्द्र बुर्लाकोटीले बताए । अदालतले प्रतिरोधको राजनीति खारेज गरेकोसमेत उनले दाबी गरे ।‘प्रतिशोध साँधेर उहाँ (रवि)लाई जेल हालिएको थियो, त्यसविरुद्ध हामीले संघर्ष गर्‍यौं तर अदालतको आदेशबाट न्यायको जित भएको छ । सत्यको जित भएको छ,’ उनले प्रभावसँग भने, ‘प्रतिशोधको राजनीति खारेज भएको छ ।’


प्रतिशोध साँधेर उहाँ (रवि)लाई जेल हालिएको थियो, त्यसविरुद्ध हामीले संघर्ष गर्‍यौं तर अदालतको आदेशबाट न्यायको जित भएको छ । सत्यको जित भएको छ । प्रतिशोधको राजनीति खारेज भएको छ ।
कविन्द्र बुर्लाकोटी
महामन्त्री, रास्वपा 

उच्च अदालतले १३ माघ २०८१ मा जिल्ला अदालतले रिहा गर्दा माग गरेको एक करोड रुपैयाँ धरौटी रकम कायमै राख्ने सर्त राखेको छ । लामिछानेले आफ्नो भागमा पर्न सक्ने भन्दै बुझाएको दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ रकम स्वीकार गर्ने, अदालतबाट अन्तिम फैसला हुँदा त्योभन्दा धेरै दायित्व सिर्जना भए थप रकम तिर्ने मञ्जुरीको कागज गराएर लामिछानेलाई थुनामुक्त गर्ने र लामिछानेलाई व्यक्तिगत वा संस्थागतरूपमा विदेश यात्रा गर्नुपरेमा अदालतलाई पूर्वजानकारी दिनुपर्ने सर्त अदालतको छ ।

Hardik health


यी सर्तहरू पूरा गर्ने कागजी प्रक्रियाका लागि लामिछाने जिल्ला अदालत रूपन्देही जानुपर्ने छ । सोही प्रक्रिया पूरा नहुँदा बिहीबार कारागारमै रहे । लामिछानेलाई रिहा गर्ने आदेशले रास्वपा नेता कार्यकर्ता उत्साहित भएका छन् । उनीहरू आदेशलगत्तै रिहा हुने आशमा नक्खु कारागार परिसर पुगेका थिए ।लामिछाने गत भदौ २४ गते जेन–जी विद्रोह उत्कर्षमा पुगेको  बेला समर्थकहरूको साथमा नक्खु कारागारबाट बाहिर आएका थिए । मुद्दा चलिरहेको व्यक्ति अदालतको आदेशविनै विद्रोहको फाइदा उठाएर निस्किएको भन्दै उनको चौतर्फी आलोचना भयो । त्यसपछि २८ भदौमा उनी कारागार फर्किए । फर्किनुअघि आफू लोकतन्त्र र विधिको शासनप्रति प्रतिबद्ध राजनीतिकर्मी भएको उनको तर्क थियो । तर, तत्कालीन केपी ओली नेतृत्वको सरकारले आफूमाथि प्रतिशोध साँधेको र दुःख दिएको आरोप लगाएका थिए ।

लामिछानेलाई जिल्ला अदालत रूपन्देहीले १३ माघ २०८१ मा बचत अपचलन, संगठित अपराधजस्ता मुद्दामा थुनछेक बहसको क्रममा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो । त्यसविरुद्ध सरकारी वकिल उच्च अदालत गएको थियो । त्यसबेला भने उच्च अदालतको बुटवल इजलासले जिल्ला अदालतको आदेश खारेज गर्दै लामिछानेलाई थुनामै राख्न आदेश दिएको थियो । उच्चको आदेशपछि केही समय थुनाबाहिर रहेका लामिछाने गत चैतमा फेरि पक्राउ परे ।

लामिछानेविरुद्ध काठमाडौं, चितवन र पोखरामा फरक–फरक मुद्दाहरू विचाराधीन छन् । उनी २ कात्तिक २०८१ मा पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका थिए । उनलाई सूर्य थापा सभापति रहेको सहकारीको बचत अपचलन छानबिन गर्न गठित संसदीय समितिले सहकारीहरूको बचत अपचलनमा जिम्मेवार ठहर गरेको थियो । त्यस आधारमा पक्राउ परेका लामिछानेलाई कात्तिक ३ गते कास्कीको पोखरा लगिएकोमा ४ गते हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । लामिछानेको पक्राउलाई लिएर त्यसबेला रास्वपाले पोखरामा आन्दोलन चर्कायो । प्रतिशोधपूर्ण ढंगले आफ्ना सभापतिलाई पक्राउ गरेको भन्दै रास्वपा नेता कार्यकर्ताले रिहा गर्न दबाब दिए । 

लामिछाने कास्कीको सूर्यदर्शन सहकारी, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी र पर्साको छिपछिपे सहकारीमा बचत अपचलन गरेको मुद्दामा प्रतिवादी छन् । ग्यालेक्सी फोरके टेलिभिजनमा उनका व्यावसायिक साझेदार जिबी राईसँग मिलेर ती सहकारीहरूको बचत गैरकानुनीरूपमा लगेर अपचलन गरेको आरोप छ । तर, लामिछानेले ती आरोप अस्वीकार गर्दै आएका छन् । आफूमाथि प्रतिशोध साँधिएको उनको तर्क छ । 


पक्राउदेखि थुनासम्मको चक्र
२ कात्तिक २०८१: पक्राउ
३ कात्तिक: पोखरामा
४ कात्तिक: पहिलोपटक ६ दिन म्याद थप
८ कात्तिक: दोस्रोपटक ७ दिन म्याद थप 
२० कात्तिक: तेस्रोपटक १० दिन म्याद थप
२५ कात्तिक: चौथो पटक १३ दिन म्याद थप
२५ कात्तिक: पोखराबाट भैरहवा लगेर बयान 
९ मंसिर: कास्कीमै पाँचौपटक १५ दिन म्याद थप 
१३ मंसिर: पोखराबाट बयानका लागि काठमाडौंमा 
१८ मंसिर: बयानका लागि चितवनमा 
२३ मंसिर: कास्कीमा छैटौंपटक चार दिन म्याद थप
२४ मंसिर: बयानका लागि पोखराबाट पर्सा लगियो
२५ मंसिर: पर्सामा बयान 
२६ मंसिर: पर्साबाट काठमाडौं हुँदै पोखरा लगियो 
२७ मंसिर: कास्कीमा सातौंपटक पाँच दिन म्याद थप
१ पुस: सरकारी वकिल कार्यालयमा अनुसन्धान प्रतिवेदन पेस
२ पुस: कास्कीमा चार दिनका लागि आठौंपटक म्याद थप 
७ पुस: कास्की अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर
२१ पुस: स्वर्णलक्ष्मी सहकारीको बचत अपचलन प्रकरणमा लामिछानेसहित ३९ जनाविरुद्ध काठमाडौं अदालतमा सहकारी ठगीको मुद्दा दर्ता
२५ पुस: ६५ लाख धरौटीमा लामिछाने काठमाडौंबाट रिहा 
२८ पुस: काठमाडौं अदालतमा उपस्थित, पुनः हिरासतमा
२ माघ: काठमाडौं अदालतबाट धरौटीमा रिहा
६ माघ: रूपन्देही जिल्ला अदालतमा मुद्दा दर्ता
१३ माघ: रूपन्देही जिल्ला अदालतबाट एक करोड धरौटी लिएर छाड्न आदेश
२२ चैत: उच्च अदालत तुलसीपुरको बुटवल इजलासद्वारा कारागार पठाउन आदेश
९ जेठ २०८२: सर्वोच्च अदालतद्वारा तुलसीपुरको बुटवल इजलासको आदेश सदर
३१ साउन: रूपन्देही जिल्ला कारागारबाट नक्खु कारागारमा स्थानान्तरण
२४ भदौ: जेन–जी विद्रोहमा असुरक्षित भएको भन्दै नक्खुबाट निस्किए 
२८ भदौ: आलोचनापछि नक्खु कारागार फर्किए
३ पुस: तारेखमा रिहा गर्न अदालतको आदेश


प्रकाशित मिति: शुक्रबार, पुस ४, २०८२  ०९:१५
#रवि लामिछाने
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ
बैंकिङ कसुर मुद्दामा फरार सिंह पक्राउ आइतबार, जेठ १०, २०८३
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ
गोंगबुबाट एसएलआरको म्याग्जिन र ४५ राउण्ड गोलीसहित दुई जना पक्राउ शनिबार, जेठ ९, २०८३
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा
एक हजार ९२२ जना सवारी चालक कारबाहीमा शनिबार, जेठ ९, २०८३
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ
वैशाखमा २३ सय बढी फरार प्रतिवादी पक्राउ शुक्रबार, जेठ ८, २०८३
फरार प्रतिवादी सात वर्षपछि पक्राउ
फरार प्रतिवादी सात वर्षपछि पक्राउ शुक्रबार, जेठ ८, २०८३
अवैध लागुऔषधसहित १७ जना पक्राउ
अवैध लागुऔषधसहित १७ जना पक्राउ बुधबार, जेठ ६, २०८३
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ
पूर्वीनाकामा आधा केजी सुनसहित भारतीय नागरिक पक्राउ मंगलबार, जेठ ५, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP