Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
  • #धीरबहादुर बुढा
Search Here
राजनीति
  • Home
  • राजनीति
  • टुंगिएन दाहाल–शर्मा विवाद
टुंगिएन दाहाल–शर्मा विवाद
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ८, २०८२

 

 अब पार्टीभित्र गुट, उपगुटलाई छुट दिइँदैन । नीति, निर्णय र नियमविपरीत जाने, नेतृत्वविरुद्ध जानेलाई कारबाही हुन्छ । आफ्नै खुट्टामा बञ्चरो हान्ने बाटोमा कोही पनि लाग्न हुँदैन ।
पुष्पकमल दाहाल
अध्यक्ष, माओवादी केन्द्र

काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र उपमहासचिव जनार्दन शर्माबीच विचार, नेतृत्व शैली र पार्टीको आन्तरिक लोकतान्त्रिक प्रक्रियाबारे मतभेद चुलिँदै गएको छ । दुवैले सार्वजनिक मञ्चबाट एकअर्काविरुद्ध कडा शब्दमा टिप्पणी गर्दै आएका छन् । 

Hardik health

यसअघि बसेको स्थायी समिति बैठकपछि भने दुई नेताबीचको विवाद मत्थर भएको दाबी गरिएको थियो तर पछिल्ला अभिव्यक्तिहरूले विवादले झनै उग्र रुप लिँदै गएको देखाएको हो । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उपमहासचिव शर्माले दाहालप्रति लक्षित गर्दै शेषनागले पृथ्वी बोक्ने कुरा दन्ते कथा भइसकेको टिप्पणी गरे । ‘शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । त्यो त दन्ते कथा हो । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो,’ उनले भने, ‘आज त विज्ञानले अर्कै पुष्टि गरिसक्यो । त्यस कारणले यो पृथ्वी चल्छ, केही ढल्दैन ।’ अध्यक्ष दाहालले गत महाधिवेशनबाट दिएको उपमहासचिव पदलाई उनले हालैका दिनमा अस्वीकारसमेत गरेका छन् । उनले आफू माओवादी नेतामात्रै भएको बताउन थालेका छन् । पद अस्वीकारेका शर्माले अध्यक्ष दाहाल तानाशाही र निरंकुशतातर्फ उन्मुख भएको भन्दै आलोचना गर्ने गरेका छन् ।

शेषनागले कहीँ पृथ्वी बोकेको पनि छैन । शेषनागले पृथ्वी बोकेको पनि हुँदैन । शेषनागले पृथ्वी बोकेको छ, त्यसले यसो हल्लाइदियो भने भूकम्प आउँछ भन्ने त दन्त्यकथा हो ।
जनार्दन शर्मा
नेता, माओवादी केन्द्र

दाहालसमेतलाई संकेत गर्दै पुष्पलाल स्मृति दिवसमा आयोजित कार्यक्रममा त शर्माले मनमोहन अधिकारीबाहेक सबै पूर्वप्रधानमन्त्रीहरू भ्रष्टाचार भएको आरोप लगाए । अध्यक्ष दाहालले पार्टीले गुमाएको जनमतको जिम्मा लिएर आत्मालोचना गर्नुपर्ने माग उनको छ । दाहालको नेतृत्वमा पार्टी अस्पष्ट वैचारिक भूमरिमा फसेको जस्तो आरोप पनि शर्माले लगाउने गरेका छन् ।  उता अध्यक्ष दाहालले शर्माले सार्वजनिकरूपमा नेतृत्वमाथि प्रश्न उठाएर पार्टीभित्र अनावश्यक विवाद र ध्रुवीकरण सिर्जना गरेको आरोप लगाएका छन् । उनले पार्टी छाड्नसमेत चेतावनी दिने गरेका छन् ।

दाहालले जनार्दनलाई लक्षित गर्दै पार्टीभित्र अनुशासन नमान्ने र बाहिर सार्वजनिकरूपमा नेतृत्वमाथि आक्रमण गर्ने नेताहरूले संगठनलाई कमजोर पार्ने अभिव्यक्ति दिँदै आएका छन् । उनले शर्माको नाम नलिए पनि व्यक्तिगत महŒवाकांक्षाले पार्टीलाई अप्ठ्यारोमा पार्ने बताए । बिहीबार उनले शर्मालाई लक्षित गर्दै पार्टी अनुशासन नमान्नेलाई कारबाही हुने चेतावनीसमेत दिए ।  ‘अब पार्टीभित्र गुट, उपगुटलाई छुट दिइँदैन । नीति, निर्णय र नियमविपरीत जाने, नेतृत्वविरुद्ध जानेलाई कारबाही हुन्छ,’ दाहालले अखिल नेपाल ट्रेड युनियन गण्डकीले आयोजना गरेको कार्यक्रममा भने, ‘आफ्नै खुट्टामा बञ्चरो हान्ने बाटोमा कोही पनि लाग्न हुँदैन ।’

गएको महाधिवेशनबाट शर्मा महासचिव हुन चाहन्थे । तर, अध्यक्ष दाहालले देव गुरुङलाई बनाएपछि असन्तुष्ट छन् । उनै शर्माकै कारण गत विधान महाधिवेशनबाट माओवादीले नेतृत्वमा पनि प्रत्यक्ष निर्वाचन गर्ने प्रावधान भएको विधानलाई पारित गरेको छ ।  पार्टी संगठनमा प्रभावशाली शर्मालाई अध्यक्ष दाहालले चुनौतीको रुपमा लिने गरेका छन् । जबकि, युद्धकालभर जनार्दन दाहालका सैन्य मोर्चाका असाध्यै विश्वासपात्र थिए । यतिबेला भने दुई नेता आमनेसामने भइरहेका छन्, जसकारण कतै पार्टी त विभाजन हुँदैन ? कतिपय माओवादी नेता कार्यकर्तामा संशय छ ।
 


प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ११:५२
#माओवादी_केन्द्र
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु 
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु  आइतबार, जेठ १०, २०८३
गगनको ‘पेल्ने रणनीति’ले कांग्रेस विभाजनको डिलमा
गगनको ‘पेल्ने रणनीति’ले कांग्रेस विभाजनको डिलमा आइतबार, जेठ १०, २०८३
नेतृत्व छाड्ने दबाबमा ओली
नेतृत्व छाड्ने दबाबमा ओली आइतबार, जेठ १०, २०८३
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना शनिबार, जेठ ९, २०८३
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै शुक्रबार, जेठ ८, २०८३
एमाले सचिवालय बैठक बस्दै
एमाले सचिवालय बैठक बस्दै शुक्रबार, जेठ ८, २०८३
गगन थापाको ‘छटपटाहट’बारे मनिष मिश्रको टिप्पणी : समयअनुकूल निर्णय आवश्यक
गगन थापाको ‘छटपटाहट’बारे मनिष मिश्रको टिप्पणी : समयअनुकूल निर्णय आवश्यक बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP