Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • धरानको एन्फा एकेडेमी : राष्ट्रिय खेलाडी जन्माउने थलो
धरानको एन्फा एकेडेमी : राष्ट्रिय खेलाडी जन्माउने थलो
सङ्गीता राई/रासस
सङ्गीता राई/रासस बुधबार, जेठ २८, २०८२

धरान - सङ्खुवासभामा जन्मिएका रोजेश ओझाले बाल्यकालमै देखेको थियो बललाई लात्तीले हानेर धेरै टाढा पुर्याएको सपना । दैनिकजसो साँझ परेपछि साथीहरुसँग गाउँका गल्लीहरुमा फालिएका मोजा र थोत्रा कपडाले बनाइएका बल खेल्न नका लागि रमाइलो मात्र बनेन, भविष्य निर्माणको अभ्यास पनि बन्न पुग्यो ।अहिले उनी यही धरान एन्फा एकेडेमीमा एक वर्षदेखि प्रशिक्षणरत छन् ।

उनले भने, “छ/सात बर्षको उमेरदेखि नै ममा फुटबल खेल्ने सोख पलाएको थियो । पनि एक दिन फुटबलको राष्ट्रिय टिममा पुग्न सक्छु भन्ने सोचले आफू सानो हुँदा गाउँमा सञ्चालन भइरहेका फुटबल प्रतियोगिताहरु हेर्न पुग्थेँ । दाइहरुले खेलेको बललाई एकपटक हान्न पाए हुन्थ्यो भन्दै खेल मैदानको वरपर ढुकेर बस्थेँ । उहाँहरुले खेल्ला उछिटिएर बाहिर गुडेको बल समात्न पाउँदा ठूलो सफलता मिलेको जस्तो लाग्थ्यो ।”

त्यतिबेला देखेको सपना आज आफूलाई एन्फा एकेडेमीमा पाउँदा निकै रोमाञ्चक लागेको उहाँ बताउनुहुन्छ ।सपना देख्न मात्र ठूलो कुरा हैन रहेछ त्यसलाई पूरा गर्न कति मिहेनत चाहिन्छ भन्ने आज आफ्नै भोगाइले पुष्टि गरेको छ”, उनले भने । एकेडेमीमा दिनमा दुई पटक अभ्यास गराइन्छ । सुरुका दिनहरुमा घण्टौँसम्मको उफ्राई र दौडाइले गर्दा गोडा दुख्थ्याे जिउ गल्थ्यो, शरीर पूरै थकित हुन्थ्यो । तर जब प्रशिक्षकले तिमी पनि राष्ट्रिय टिममा खेल्न सक्छौँ भनेर भन्नुहुन्थ्यो, क्षणभरमै शरीरमा एकाएक ऊर्जा भरिएर आउँथ्यो, जिउ हलुका र फूर्तिलो हुन्थ्यो । उनी भन्छन् , “उतिबेला पछि म पनि पक्कै राम्रो खेलाडी बन्न सक्छु भन्ने भाव मनमा जाग्ग्थ्यो । एन्फा एकेडेमीले मलाई सपना देख्न मात्र हैन त्यहाँ पुग्ने बाटो पनि देखाइदिएको छ ।”

धरानको एन्फा एकेडेमी जहाँ गल्लीमा खेलिएको बलले अन्तराष्ट्रिय मैदानको ढोका ढक्ढक्याउँछ । अहिले हजारौँ युवा यस एकेडेमीमा पस्दा आफ्ना सपनाहरु लुकाउँदैनन् । अहिले धेरै युवा यही बाटो समाएर अघि बढिरहेका छन्, फुटबलको भरमा देश चिनाउने सपना बोकेर फुटबल सिक्दै सपना बुन्दै र देशको नाम संसारमा चम्काउने भरोसा बोकेर ।

Hardik health

ओझाजस्तै यही भीडमा देखिनुहुन्छ सोलुखुम्बुका १५ वर्षीय प्रजल भुजेल उनलेपनि ठूलो सपना देखेका  छन् । छ वर्षको उमेरदेखि नै फुटबलप्रति मोह राख्ने प्रजल अहिले पनि दिनहुँ धरान एन्फा एकेडेमीको खेल मैदानमा पसिना बगाइरहेको छ । “गाउँका गल्लीहरुमा फालिएका मोजामा कपडा खाँदेर बनाइएका बल साथीहरुसँग खेल्थ्यौँ”, उनले भने, “कहिलेकाहीँ छ बारीमा फलेका भोगटे पनि टिपेर फुटबल खेल्थ्यौँ ।” साथीहरुसँग त्यही बेलादेखि फुटबलप्रतिको मोह बढ्दै गयो भुजेललाई । राष्ट्रिय फुटबल खेलाडी बन्ने मन छ, मिममत पनि छ, उनी भन्छन् , “आफूमा विश्वास पनि छ, फुटबल नखेलेको भए म तेक्वाण्डो खेलाडी कि त लाहुर बन्थेँ होला तर अहिले उहाँ फुटबलमै मन झुमाइरहनु भएको छ ।” 

घरपरिवारको साथ सहयोगले उहाँलाई अझ थप हौसला दिएको छ । उनले भने, “अहिले प्रशिक्षकले पनि राम्रोसँग सिकाउनुहुन्छ लाग्छ यो सिकाइले मिहेनत गरियो भने सफल भने हुन्छाैँ। कुनै एक समय हरेक सहरका गल्लीहरूमा खेलिने फुटबललाई रमाइलो मानिन्थ्यो । तर अहिले ती गल्लीका खेलाडी नै राष्ट्रिय टोलीको ढोका ढक्ढक्याउन थालेका छन् । त्यो सम्भव भएको छ,  धरान एन्फा एकेडेमी टेक्निकल सेन्टरको प्रभावका कारण । “हामीले यहाँ केबल फुटबल खेलाडी मात्र तयार गर्दैनाैँ, यहाँ अनुशासन र आत्मविश्वास पनि सँगै सिकाउँछाैँ,'' एन्फा एकेडेमीका प्रशिक्षक इन्दु रसाइली भने । 

एन्फा एकेडेमीमा प्रशिक्षक बनेका पूर्वराष्ट्रिय खेलाडी तथा राष्ट्रिय रेफ्री समेत रहेका रसाइली २०५७ सालदेखि यहाँ खेलाडीलाई प्रशिक्षण दिँदै आएका छन्  । फुटबल खेलमै जीवन समर्पण गरेका  रसाइलीले एन्फा एकेडेमी सुरु हुनुअघि विभिन्न ठाउँहरुमा प्रशिक्षकको रुपमा काम नगरेको भए पनि राष्ट्रिय बुढासुब्बा गोल्डकपजस्ता प्रतियोगिताहरुमा रेफ्रीको महत्वपूर्ण भूमिका निभाउँदै आएका छन्  । 

अहिले उनको प्रशिक्षणमा विशेष ध्यान खेलाडीहरुको खेल्ने तरिका र रणनीतिमा केन्द्रित रहेको बताए  । उनले भने, “अहिले यहाँका खेलाडीहरुलाई बल कसरी हान्ने, कुन समयमा पास दिने, कसरी डिफेन्स भाँच्ने जस्ता कुरामा तालिम दिइरहेका छौँ”, रसाइली भने , “खेलाडीमा आत्मविश्वाससँगै प्राविधिक दक्षता विकास गर्नुपर्छ भन्ने हाम्रो मुख्य उद्देश्य हो ।” उनको अनुभव र प्रशिक्षण शैलीले अहिलेको पुस्ताका खेलाडीलाई नयाँ ढङ्गले सोच्ने र खेल्न प्रेरित गरिरहेको छ । खेलाडीको खेलप्रतिको लगाव र दशकौंको अनुभवका साथ रसाइली अझ पनि युवामाझ फुटबलको भविष्य निर्माणमा जुटिरहेको छ । 

धरानका एलिन थापा विगत एक वर्षदेखि एन्फा एकेडेमीमा नियमित तालिम लिइरहेका छन् । सानै उमेरदेखि फुटबल खेलमा रुचि राख्ने उहाँ पनि यहाँ आएपछि फुटबलप्रतिको अभिरुचि र लगाव झन बढेको बताए । उनले भने “तालिमको क्रममा मैले अनुशासन, समयको मूल्य, ‘टिमवर्क’ र निरन्तर अभ्यासको महत्व बुझन पाएँ । 

फुटबल क्षेत्रमा झण्डै २७ वर्ष अनुभव बटुलेका अनुभवी प्रशिक्षकले अहिले एन्फा एकेडेमीमा ३१ जना खेलाडीलाई नियमित तालिम दिइरहेका छन्  । बिहान र बेलुका गरेर दुई समय तालिम सञ्चालन गरिरहेका उनले खेलाडीहरुको शारीरिक प्राविधिक र मानसिक विकासमा केन्द्रित भएर काम गरिरहने बताए । उनले भने, “कहिले फुटबल नै नछोएका खेलाडी छैनन्, फुटबल सिक्नका लागि जिल्ला हुँदै केन्द्रबाट छनोट भएर आएका खेलाडी छन् । तालिम दिन गाहे भने छैन, खेलाडीको इच्छा शक्ति र लगनशीलता छ भने उनीहरुलाई सक्षम बनाउन सहज भएको उनको अनुभव छ । 

इलामका १६ वर्षिय प्रनिश राई अहिले एन्फा एकेडेमीमा नियमित तालिम लिइरहेका छन्  । एक वर्षदेखि निरन्तर तालिममा लिइरहेका प्रनिशलाई फुटबलप्रतिको प्रेम भने बाल्यकालदेखि नै लागेको थियो । उनका बुबा पनि खेलाडी भएका कारण त्यसको प्रभाव उनमा पनि परेको हुनसक्छ । सानो उमेरमै घरका आँगन र गल्लीतिर प्लाष्टिकका बल त कहिले पुराना फालिएका कपडाको पोको पारेको बल बनाएर खेले। सानै उमेरबाट फुटबलमा रुचि राख्ने प्रनिश अहिले फुटबलमै भविष्य देखिरहेका छन् । धरानको एन्फा एकेडेमीको खेल मैदानमा पसिना बगाइरहेका उनलेभने, “छोरालाई राष्ट्रिय खेलाडी बनाउने बुबाको सपना छ, मैले त्यो सपना पूरा गर्नु छ घरपरिवारको माया र सहयोगको कारण फुटबलप्रतिको लगाब र हौसला बढेको हुनसक्छ ।”

अहिले हरेक सहरको गल्लीगल्लीका युवाहरू केबल गोल हानिरहेका मात्र छैनन्, उनीहरू जीवनमा गोल ‘सेट’ पनि गरिरहेका छन् । “फुटबल भनेको खेल मात्र नभएर धेरैको सपना हो । त्यो सपना गल्लीदेखि सुरु हुन्छ र एकेडेमीजस्तो ठाउँमा आएर आकार लिन्छ”, धरानस्थित एन्फा एकेडेमीका व्यवस्थापक तथा कोशी प्रदेश फुटबल सङ्घका अध्यक्ष तथा पूर्वराष्ट्रिय खेलाडी किशोर राईले भने । पूर्वी नेपालको खेलकुदको सहर र खेलकुदको केन्द्र मानिने धरानमा २०५७ सालमा धरान उपमहानगरपालिका–१७ मा स्थापना भएको एन्फा एकेडेमी टेक्निकल सेन्टर हाल प्रदेशस्तरमा अत्याधुनिक खेल प्रशिक्षण दिने संस्था बनेको छ । सानै उमेरबाट फुटबल खेलप्रति रुचि राख्दै राष्ट्रिय खेलाडीको रुपमा आफ्नो ‘करियर’ सुरु गरेकाे राईकै नेतृत्वमा एन्फा एकेडेमी स्थापना गरिएको हो । 

नेपाली फुटबलको जरा बलियो बनाउने उद्देश्यका साथ स्थापना गरिएको यो एकेडेमीबाट अहिलेसम्म सयभन्दा बढी राष्ट्रिय खेलाडी उत्पादन भइसकेका छन् । विभिन्न सहरहरुका गल्लीहरुमा रहेका प्रतिभाशाली युवा खेलाडीहरुलाई एउटै थलोमा भेला गराई व्यवस्थित थियो । गाउँ सहरका गल्लीहरुमा फुटबल खेल्दै हुर्केका युवा खेलाडीहरुलाई अन्तरराष्ट्रियस्तरको प्रशिक्षण दिने वातावरण बनाउने सपना बोकेर यो एकेडेमी सथापना गरिएको उनले बताए ।  अहिले धरान एन्फा एकेडेमीमा ३० जना बढी खेलाडीले तालिम लिइरहेका छन् । उनीहरुको सबैको सपना एउटै छ, राष्ट्रिय जर्सी लगाएर मैदान उत्रनु । गल्लीमा बल खेल्दै हिँड्ने बालकहरु अहिले सङ्गठित प्रशिक्षणमार्फत राष्ट्रिय प्रतिनिधि बन्ने बाटोमा लागिरहेका छन् । 


प्रकाशित मिति: बुधबार, जेठ २८, २०८२  १६:१४
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
नेपाल थाइल्याण्डसँग पराजित
नेपाल थाइल्याण्डसँग पराजित आइतबार, माघ ४, २०८२
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य
थाइल्याण्डलाई जितका लागि १२३ रनको लक्ष्य आइतबार, माघ ४, २०८२
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै
थाइल्यान्डविरुद्धको खेलमा नेपालले ब्याटिङ गर्दै आइतबार, माघ ४, २०८२
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने सोमबार, पुस २८, २०८२
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP