Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • शिक्षक आन्दोलनलाई चाँडो मार्गप्रशस्त गर
शिक्षक आन्दोलनलाई चाँडो मार्गप्रशस्त गर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, वैशाख १६, २०८२

शिक्षा विधेयक माग्दै शिक्षक सडकमा उत्रेको २८ दिन पुग्दै छ । तर पनि समाधानको उपाय अझै निस्केको छैन । विद्या भट्टराईले आफूले यो मामला पार लगाउन नसकेको भन्दै शिक्षामन्त्रीबाट राजीनामा दिइसकेकी छन् । नयाँ शिक्षामन्त्री रघुजी पन्त अब चाँडै नै शिक्षक आन्दोलनबाट निकासा पाउने दाबी गर्छन् । 

शिक्षक महासंघले आफूहरु आन्दोलनबाट नगल्ने अभिव्यक्ति दिइरहेको बेला सरकार भने जसरी पनि शिक्षकलाई गलाउने पक्षमा देखिन्छ । दुई पक्ष टसमस भएको छैन । जसकारण सामुदायिक विद्यालयको पढाइ क्यालेण्डर भने प्रभावित बनेको छ ।

देशभर करिब ३० लाख विद्यार्थी सामुदायिक विद्यालयमा अध्ययनरत छन् । पछिल्लो दिनहरुमा सामुदायिक विद्यालयमा विद्यार्थी घटेर निजी विद्यालयमा विद्यार्थी बढ्ने ‘ट्रेण्ड’ बढ्दो छ । यस्तो अवस्थामा नयाँ शैक्षिकसत्र सुरू भएर आधा महिना बित्दा पनि सामुदायिक विद्यालय बन्द हुनु सन्देहपूर्ण छ । यसले सामुदायिक विद्यालयप्रतिको आकर्षण घट्ने देखिन्छ नै शिक्षामा सरकारको लगानी बालुवामा पानी हुने पनि निश्चित प्रायः छ । किनभने सरकारले कक्षा १२ सम्म निःशुल्क शिक्षा दिन्छ । यसका लागि सरकारले शिक्षकदेखि विद्यालय सञ्चालनसम्म लगानी गरेको हुन्छ । यस्तो अवस्थामा एकातिर आन्दोलनमा उत्रेका शिक्षकहरुले तलब पाइरहेका हुन्छन् भने विद्यार्थी भने पढ्नबाट वञ्चित ।

Hardik health

निजी विद्यालयमा पढ्नेहरुको पढाइ सुध्रिँदा सामुदायिकका अभिभावककाले आफ्ना सन्तानलाई पनि निजीमै पठाउने बाध्यता आइपर्न सक्छ । यस्तो अवस्था आउन नदिन अब सरकारले केही न केही उपाय गर्नैपर्छ ।प्रधानमन्त्री केपी शर्मा ओलीले निजी विद्यालयका व्यवसायीको प्रशंसा गर्ने र सरकारी विद्यालयको रिजल्टलाई दुत्कार्ने काम यसअघि गरिसकेका छन् । ओलीले निजी विद्यालयका व्यवसायीको कार्यक्रममा पुगेर सरकारी विद्यालयका शिक्षकले धेरै विद्यार्थी फेल गराउने काम गरेको अभिव्यक्ति दिएका थिए । जसकारण उत्तीर्ण गराउने र शिक्षामा नाक राख्ने काम नै निजीले गरेकोझैं देखाउँछ ।

यसरी शिक्षकलाई चिढ्याउने काम सरकारले गरिरहेको छ । यसैगरी आन्दोलनमा उतार्ने पक्षले पनि शिक्षकलाई दिनानुदिन उक्साइरहेको देखिन्छ । हुन त प्रधानमन्त्री ओलीको दल नेकपा एमालेमा आस्था राख्ने शिक्षकहरु पनि आन्दोलनमा छन् । ती शिक्षकहरुले बेलाबेला ओलीलाई अहिलेको आन्दोलनको मुख्य उद्देश्यबारे अपडेट गराउँदै अएका होलान् । कांग्रेसनिकट शिक्षक नेताहरुले यसरी नै सभापति शेरबहादुर देउवाकहाँ सूचना पु¥याउँदै होला । जे भए पनि अब शिक्षक आन्दोलनले चाँडोभन्दा चाँडो निकास पाउनुपर्छ ।
 


प्रकाशित मिति: मंगलबार, वैशाख १६, २०८२  ११:१८
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
महिला उम्मेदवारीमा उपेक्षा
महिला उम्मेदवारीमा उपेक्षा बिहीबार, माघ ८, २०८२
मनोनयन दर्ताको माहोलले जगायो उत्साह
मनोनयन दर्ताको माहोलले जगायो उत्साह बुधबार, माघ ७, २०८२
मनोनयन प्रभावित नहोस्
मनोनयन प्रभावित नहोस् मंगलबार, माघ ६, २०८२
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP