Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
प्रकृतिलाई बिगारेर आफैँ जोखिम ननिम्त्याऔँ : गृहमन्त्री लेखक
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, वैशाख १२, २०८२

पाटन - गृहमन्त्री रमेश लेखकले प्रकृतिलाई बिगारेर आफै जोखिम निम्त्याउन नहुने बताएको छ । गोरखा भूकम्पको दश वर्ष पूरा भएको अवसरमा आज ललितपुर महानगरपालिकाद्वारा पाटन दरबार क्षेत्रमा आयोजित ‘ललितपुर मेट्रोपोलिटियन सिटी रेजिलियन्स फेयर’ कार्यक्रममा गृहमन्त्री लेखकले विगतमा भोगेको विपद् र त्यसले पुर्याएको जनधनको क्षतिको स्मरण गर्दै आगामी दिनमा भूकम्प लगायतका विपद्बाट हुने जोखिम न्यूनीकरण गर्न ध्यानपूर्वक काम गर्नुपर्नेमा जोड दिए ।

“हामीले निर्माण गरेका भौतिक संरचना बलिया हुन जरुरी छ, प्रकृतिलाई सुरक्षित राख्नुपर्छ । विपद्मा खोज उद्धार र राहत प्रतिकार्य गर्न आवश्यक छ, विगतका दुःख र पीडालाई सम्झेर भविष्यमा जोखिमबाट बच्च हरेक दिन तयारी गर्नुपर्छ”, उनले भने । 

अनुकरणीय काम गरेको छ भन्दै प्रशंसा गरे । “पुनःनिर्माणमा दातृ संस्थाबाट धेरै सहयोग प्राप्त गरेका छौँ, हामी जोखिमपूर्ण भू–भागमा छौँ, बाढीपहिरोको विषयमा पूर्वानुमान गर्न सकिन्छ, तर भूकम्पको पूर्वानुमान गर्न सकिँदैन, तसर्थ भूकम्प जतिसुकै बेला पनि आउन सक्छ भनेर तयारी गर्नुपर्छ ।” उहाँले भने । विपद्मा सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहेको गृहमन्त्री लेखकको भनाइ थियो । 

Hardik health

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले विपद् व्यवस्थापन कार्यमा ललितपुर महानगर अब्बल रहेको दाबी गरे । “एउटै छानामुनी विपद्का सम्पूर्ण सामग्रीको व्यवस्थापन गरेका छौँ, विपद्मा चार मिनेट भित्रै महानगरबाट सेवा प्रदान गर्छौं, काम गरिरहेका पनि छौं”, उनले भने । विपद्बाट पाटन दरबार क्षेत्रमा धेरै मन्दिर तहसनहस भएका उल्लेख गर्दै उहाँले अधिकांश मन्दिर पुनःनिर्माण गरिएका बताए । 

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) का वरिष्ठ उपाध्यक्ष हारा शोहेईले विपद्को समयमा तीव्र रुपमा काम गर्न सक्ने तयारी तथा बलियो एकता जरुरी रहेको बताए । उनले जापान सरकार तथा  जाइकाले नेपाल र नेपालीलाई गर्दै आएको सहयोग निरन्तर जारी रहने बताए । नेपाल र जापानको उस्तै भौगोलिक परिस्थिति रहेको उल्लेख गर्दै उनले पुनःनिर्माण र पूर्वाधार निर्माणलाई भूकम्प प्रतिरोधात्मक बनाउन आवश्यक रहेको बताए । 

नेपालका लागि जापानका राजदूत मायदा तोरूले विपद्मा हामीले भोग्नुपरेको पीडा र विगतको कमजोरी सुधार गरेर विपद्मा सुरक्षित रहन सन्देशमूलक कार्यक्रम आयोजना गरिएकामा धन्यवाद दिँदै नेपाल र जापानबीचको द्विपक्षीय सम्बन्धलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए।  ललितपुर महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले विपद् फेरि नआओस् भन्नका निम्ति प्रकृतिको नियमलाई पालना गर्न प्रतिबद्धता जनाउन तथा सचेत रहनका लागि सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको बताए ।


प्रकाशित मिति: शुक्रबार, वैशाख १२, २०८२  १४:५०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा
दुई पदका लागि स्याङ्जामा २८ जना चुनावी मैदानमा बुधबार, माघ ७, २०८२
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन
निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन बुधबार, माघ ७, २०८२
झापामा १५ महिलासहित ९० जना मैदानमा
झापामा १५ महिलासहित ९० जना मैदानमा बुधबार, माघ ७, २०८२
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी
चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी बुधबार, माघ ७, २०८२
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदका लागि अमृत बहादुर सुनुवारले गरे उम्मेदवारी घोषणा
नेपाल आदिवासी जनजाति महासंघको अध्यक्ष पदका लागि अमृत बहादुर सुनुवारले गरे उम्मेदवारी घोषणा बुधबार, माघ ७, २०८२
आज योग्यता नपुगेका उम्मेद्वारका विरुद्ध उजुरी दिन सकिने
आज योग्यता नपुगेका उम्मेद्वारका विरुद्ध उजुरी दिन सकिने बुधबार, माघ ७, २०८२
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा
साइबर जोखिम बढेपछि बेलायतका विद्यालयमा मोबाइल फोन प्रतिबन्ध थप कडा बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP