Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
समाचार
  • Home
  • समाचार
  • १७औं धर्मश्रीको उपाधि उमेश राईलाई १२ लाख तथा ११ किलोग्राम  ट्रफी
१७औं धर्मश्रीको उपाधि उमेश राईलाई १२ लाख तथा ११ किलोग्राम  ट्रफी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १०, २०८१

काठमाडाैं - गोर्खाली फिटनेसका उमेश राईले उपाधी रक्षा सहित १७औं संस्करणको धर्मश्री शारारिक सुगठन प्रतियोगिताको उपाधि जितेका छन् । काठमाण्डौ कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा शनिबार भएको प्रतियोगिताको ओभरअलतर्फ राईले ग्यालेक्सी फिटनेसका ललित धिमाललाई पछि पार्दै उपाधि जितेका हुन् ।

उपाधि जितेसँगै राईले नगद १२ लाख तथा ११ किलोग्राम वजनको ट्रफीसहित मेडल, प्रमाण पत्र, चीन घुम्ने अवसर र अन्य उपहार प्राप्त गरे । उनी १६औं  संस्करणका पनि विजेता हुन् । उपविजेता धिमालले नगद ६ लाख हात पारे भने तृतीय स्थानमा रहेका दाङ्गका माधव सुवेदीले नगद ३ लाख प्राप्त गरे ।

धर्मश्रीमा दुई पटक उपाधी चुम्ने राई तेश्रो खेलाडी हुन् । यस अघि नरेश महर्जन र सानु गुरुङ्गले दुई पटक उपाधी जितेका थिए ।नेपालमा ब्यायाम क्षेत्रको जननी संस्था नेपाल ब्यायाम मन्दिरको आयोजनामा भएको धर्मश्री प्रतियोगितामा राई ८० केजी माथिको तौल समूहमा प्रथम स्थान हात पार्दै ओभर अल राउण्डमा प्रवेश गरेका थिए । त्यस्तै, ललित धिमालले ८० केजी तौल समूहमा प्रथम स्थान हात पार्दै धर्मश्री उपाधिको ओभर अल राउण्डमा प्रवेश पाएका थिए ।

६ तौल समूहमा भएको प्रतिस्पर्धाबाट प्रत्येक तौल समूहका विजेता खेलाडीहरुले अन्तिम चरणमा धर्मश्रीका उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । उपाधी भिडन्तको चौथो स्थानमा मसल्स एण्ड फिटनेशका अशिम बाबु असिम बाबु गर्हुङ्गे रहे । उनले नगद २ लाख प्राप्त गरे । प्लाटिनियमका बिनोद सुनुवार पाँचौ स्थानमा रहे । उनले नगद १ लाख ८० हजार प्राप्त गरे । छैटौ स्थानमा रहेका नर्भ द फिटनेसका सिदान्त जसरोटियाले नगद ५० हजार प्राप्त गरे ।

Nada Auto Show 2026
Hardik health

तौल समूह अन्तर्गत भएको प्रतिस्पर्धामा ६० केजी तौल समूहमा नर्भ द फिटनेश स्टेशनका सिद्धान्त जसरोटियाले प्रथम स्थान हात पार्दै ओभरअलमा छनौट हुन सफल भए । दोस्रो स्थानमा मेटल फिटनेस कागेश्वरीका किसन दास दिवाकर तथा तेश्रो स्थानमा बि एन्ड एल फिटनेस स्टेशनका धर्मराज खापुङ्ग रहे । यस्तै चौथो स्थानमा उज्जल जिम भक्तपुरका नरेश दिवाकर, पाँचौमा ब्यायाम मन्दिरका सुरेन्द्र प्रसाद बर्मा र छैटौं स्थानमा रत्नश्री जिम पोखराका सुजन थापा रहे ।

त्यसैगरी ६५ केजीको प्रथम स्थानमा मिस्का फिटनेस क्लबका माधव सुवेदी, दोस्रोमा डेयर टु फिट जिमका अजय मलिक, तेस्रोमा नेपाल ब्यायाम मन्दिरका छितिज थापा, चौथोमा कलंकी जिमका मिलन राई, पाँचौमा भूमि जिम एन्ड फिटनेसका नवराज दुम्रे र छैटौं स्थानमा नेपाल ब्यायाम मन्दिरका सुरेश मुनिकार रहे ।७० केजीमा प्रथम स्थानमा मसल एन्ड फिटनेसका असिम बाबु गरुङ्गे, दोश्रो स्थानमा नेपाल ब्यायाम मन्दिरका आशिष देवा, तेश्रोमा यु. आर फिटनेसक उपेश सापकोटा, चौथोमा टोटल फिजिकल फिटनेसका कविराज कटुवाल, पाँचौमा प्लाटिनम फिटनेसका दिप जंग रोका मगर, छैटौमा नेपाल ब्यायाम मन्दिरका अतिश बज्राचार्य रहे ।

७५ केजी तौलको प्रथम स्थानमा प्लाटिनिम फिटनेशका बिनोद सुनार, दोस्रोमा चितवन फिजिकल फिटनेसका मरिचमान लामा, तेस्रोमा नेपाल ब्यायाम मन्दिरका मनोष श्रेष्ठ, चौथोमा कोको फिटनेसका पुष्प शंकर, पाँचौमा प्लाटिनम फिटनेसका सन्तोष श्रेष्ठ र छैटौंमा सुपर फिटनेसका ब्रिखमान गुरुङ रहे ।ंत्यसैगरी ८० केजी तौल समूहमा ग्यालेक्सी फिटनेश सेन्टरका ललित धिमालले ब्यायाम मन्दिरका सन्जीव श्रेष्ठलाई पछि पार्दै ओभरअलमा स्थान पक्का गरे । सन्जीवले यस खेल पश्चात सन्यासको घोषणा गरे । तेश्रो स्थानमा ब्यायाम मन्दिरकै आदित्य ठाकुर, चौथोमा र फिटनेशका अनिष थापा, पाँचौमा मत्स्य नारायणका बिक्रम गोपाली र छैटौ स्थामा आईरन जिमका शिशिर थापा मगर रहे ।

त्यसैगरी ८० केजी माथिको तौलमा प्रथम स्थान हात पार्दै उमेश राई धर्मश्रीको उपाधीका लागि छनोट हुँदा दोश्रो स्थामा ब्यायाम मन्दिरका गे्रस महर्जन रहे । ब्यायाम मन्दिरका सुवास श्रेष्ठले तेश्रो स्थान हात पार्दा चौथौ स्थानमा इगल फिटनेस एन्ड जिमका रमशरण महर्जन, पाँचौमा पावर फिजिकल फिटनेसका सागर श्रेष्ठ र छैटौं स्थानमा किङ्स अफतौल समुहमा दोस्रो, तेस्रो, चौथो, पाँचौ र छैठौं हुनेले क्रमशः ५० हजार, ४० हजार, ३० हजार, २० हजार र १५ हजार नगद सहित मेडल र ट्रफी प्राप्त गरे ।

त्यस्तै,  महिला बडी बिल्डिङ  खुलातर्फको प्रतिस्पर्धामा प्रथम स्थान भक्तपुर डिस्पिराडोकी तारा खाइजु भइन । त्यस्तै, दोस्रोमा कम्प्लिट हेल्थ क्लबकी शान्ता पालिखे, तेस्रोमा उर्मिला श्रेष्ठ डिभाइन फिजिकल फिटनेस, चौथोमा सोफिला शाह कार्की प्लाटिनम फिटनेस, पाँचौमा शिला ठकुरी डिभाइन फिजिकल फिटनेस र छैठौंमा पाटन फिटनेसकी रिपु घर्ती बनिन्।मास्टर्स खुलातर्फ नेपाल ब्यायाम मन्दिरका किशोर शाहीले प्रथम स्थान हासिल गरे ।

त्यस्तै दोस्रो स्थानमा काठमाडौं जिमबाट राज कुमार शाही, तेस्रोमा नेपाल ब्यायाम मन्दिरकै कृष्ण सिंह शाही, चौथोमा फिटनेस फयाक्ट्रिका खिमलाल पुन, पाँचौमा नेपाल ब्यायाम मन्दिरका सुरज श्रेष्ठ र छैटौंमा तेक्वान्दोका पूर्व खेलाडी समेत रहेका राजकुमार राई रहे ।पुरुष स्पोट्र्स फिजिक १७० मूनिको समूहमा पावर फिजिकल फिटनेशका आकाश श्रेष्ठले प्रथम स्थान हासिल गरे । त्यसैगरी एनवाइएफसीका निरल थापा, त्रिभुवन आर्मी क्लबका रमेश फोम्बो, गोल्ड्स जिमका श्रीजन महर्जन, एनआरके फिटनेशका रोहित थापा र आइरन पाराडाईज फिटनेशका ज्ञानेश्वर चौधरीले क्रमशः दोस्रो देखि छैटौं स्थानसम्म हासिल गरे ।

त्यसैगरी १७० सेमी माथिको समूहमा गोल्ड्स जिमका रमन तुलाधरले प्रथम स्थान हासिल गरे । त्यस्तै, आरएनएफसीका नुर बहादुर कुँवर, नेपाल ब्यायाम मन्दिरका शिभ कुमार सिंह, मसल्स एण्ड फिटनेशका औतार श्रेष्ठ, एक्सपोज जिमका पुकार शाक्य र फिट टु फिटनेशका लक्ष्मी दत्त पन्तले क्रमशः  दोस्रो देखि छैटौं स्थानमा हासिल गरे ।त्यसैगरी पीएल सिंह मेन्स एथ्लेटिक फिजिक ओभर र अन्डर तथा वोमेन्स बडिबिल्डिङको विजेताले समान २ लाख र उपविजेताले समान १ लाख नगद प्राप्त गरेका छन । त्यस्तै तेस्रोले ७० हजार चौथोले ५० हजार पाँचौले ४० हजार तथा छैटौंले ३० हजार प्राप्त गरे । ५० वर्षभन्दा माथिका खुला मास्टर विजेताले नगद १ लाख नगद पुरस्कार प्राप्त गरे । त्यस्तै, दोस्रोले ५० हजार, तेस्रोले ३० हजार, चौथोले २५ हजार, पाँचौले १५ हजार र छैटौंले १० हजार हात पारे । यस पटक सबै विधाको शीर्ष ६ सम्म बन्ने खेलाडीलाई नगद पुरस्कारको व्यवस्था गरिएको हो ।

विजयी खेलाडीहरुलाई प्रतियोगिताका प्रमुख अतिथि काठमाडौं महानगर पालिकाका मेयर बालेन्द्र साह लगायत विशेष अतिथि कामपाका प्रवक्ता नवीन मानन्धर सहित विभिन्न वडाका अध्यक्षहरु, कलाकार, समाजसेवी, बिभिन्न क्षेत्रका हस्ती, चर्चित ब्यक्तित्व, खेलकर्मी लगायतले पनि पुरस्कार वितरण गरेका थिए । यसपटक मेन्स फिजिक प्रतियोगितालाई काठमाडौं महानगरपालिकाका पूर्व मेयर स्व.पीएल सिंहको नाममा पीएल सिंह मेन्स फिजिक प्रतियोगिता नाम राखिएको हो । १७औं धर्मश्रीको मुख्य प्रायोजकमा काठमाडौं महानगरपालिका रहेको छ ।
 


प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  १३:०३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
घरेलु टोलीसँग पहिलो टेस्टमा भारतको सहज जित
घरेलु टोलीसँग पहिलो टेस्टमा भारतको सहज जित बुधबार, भदौ ३, २०८३
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान
नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान मंगलबार, भदौ २, २०८३
टप एन्ड टी-२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ?
टप एन्ड टी-२० मा नेपाल ‘ए’को परीक्षा, अवसरको सदुपयोग होला ? सोमबार, भदौ १, २०८३
नेपाली क्रिकेट टोलीले अभ्यास खेल भारतमा खेल्ने
नेपाली क्रिकेट टोलीले अभ्यास खेल भारतमा खेल्ने शुक्रबार, साउन २९, २०८३
एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड
एन्फाको निलम्बन फुकुवा गर्न सवै पक्षबीच संवाद, सहकार्य र समन्वयमा जोड बुधबार, साउन २७, २०८३
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व बुधबार, साउन २७, २०८३
रोहितको नेतृत्वमा नेपालको प्रदर्शन
रोहितको नेतृत्वमा नेपालको प्रदर्शन मंगलबार, साउन २६, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP