Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र_राई
  • #प्रतिनिधि सभा बैठक
  • #फार्मर्स_मार्केट
  • #Farmer's market
  • #गोकर्णेश्वर_नगरपालिका
  • #सुनचाँदीको_मूल्य
  • #परराष्ट्रमन्त्री
  • #शिशिर खनाल
  • #शिष्टाचार_भेटवार्ता
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आनाकानी
न्यूनतम पारिश्रमिक कार्यान्वयनमा आनाकानी
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, चैत १०, २०८१

मुलुकबाट हरेक दिन हजारौं संख्यामा युवाहरु बाहिरिरहेका छन् । कोही शिक्षाका लागि त कोही रोजगारीका लागि । मुलुकमा रोजगारीको अवसर नहुँदा युवाहरुको लक्ष्य विदेशतिर नै हुने गरेको पाइन्छ । मुलुकमै बसेर आफ्नो दक्षताअनुसारको रोजगारी गर्न चाहनेहरु उल्टै पीडित बन्नुपरिरहेको अवस्था छ ।

यसमा सरकार र सम्बन्धित संस्था जिम्मेवार रहेका छन् । सरकारले एकातिर युवालाई स्वदेशमै रोजगारी दिने भन्दै विभिन्न कार्यक्रम अगाडि बढाइरहेको छ । तर, स्वदेशमै रोजगारीमा रहेकाहरुले नियमानुसार पाउनुपर्ने न्यूनतम पारिश्रमिकसमेत नपाउँदा सरकारले सम्बन्धित रोजगारदातामाथि कारबाही गर्न सकेको छैन । 

त्यसो त न्यूनतम पाश्रमिक सरकार आफैंले तोकेको हो । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले श्रम मन्त्रालयले २०८० साउन १ गतेदेखि लागू गरेको न्यूनतम पारिश्रमिकमा चिया बगानबाहेकका श्रमिकको न्यूनतम आधारभूत मासिक पारिश्रमिक १७ हजार ३०० रुपैयाँ तोकिएको छ । त्यसमा महँगी भत्ता छ हजार ४८० रुपैयाँ र आधारभूत पारिश्रमिक १० हजार ८२० रुपैयाँ हुनुपर्ने प्रावधान रहेको छ । साथै, दैनिक ज्याला ६६८ रुपैयाँ तथा प्रतिघण्टा ८९ रुपैयाँ हुनुपर्ने मन्त्रालयले तोकेको न्यूनतम पारिश्रमिकमा उल्लेख छ ।

Hardik health

चिया बगानका श्रमिकको पारिश्रमिक भने न्यूनतम मासिक १३ हजार ८९३ रुपैयाँ तोकिएको छ । जसमा आधारभूत आठ हजार ९३४ रुपैयाँ र महँगी भत्ता चार हजार ९५९ रुपैयाँ हुनुपर्ने विभागले जारी गरेको सूचनामा उल्लेख छ । साथै, दैनिक ज्यालादरीमा ५०० रुपैयाँ तोकिएको छ जसमा महँगीभत्ता १७७ रुपैयाँ र आधारभूत ३२३ रुपैयाँ हुनुपर्ने उल्लेख छ । प्रतिघण्टा भने ६३ रुपैयाँ रहेको छ ।

मन्त्रालयअन्तर्गतको श्रम तथा व्यवसाय सुरक्षा विभागले नै श्रमिकका लागि सरकारले तोकेको न्यूनतम पारिश्रमिक कार्यान्वयन नभएको पाइएको बताएको छ । उसले सरोकारवालाहरुलाई न्यूनतम पारिश्रमिक कार्यान्वयन गर्न आग्रह गरेको छ । न्यूनतम पारिश्रमिक कार्यान्वयन गराउने अधिकार पाएको यो निकाय केबल निर्देशन दिनमै सीमित बनेको हो कि भन्ने भान हुन्छ ।

त्यसो त सरकारले तोकेको न्यूनतम पारिश्रमिक अहिलेको सन्दर्भमा धेरै नै कम हो । महँगीले आकाश छोइसकेको छ । त्यति तलब लिएर श्रमिक कसरी टिक्ने ? त्यति न्यून तलब पनि कार्यान्वयन नगर्नु रोजगारदाता संस्थाको बेइमानी हो । यस्ता संस्थालाई कारबाहीको दायरामा ल्याउनैपर्छ । अनि, सरकारले समयानुकूल न्यूनतम पाश्रिमिक पुनरावलोकन गर्नु आवश्यक छ । 


प्रकाशित मिति: आइतबार, चैत १०, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम
शैक्षिक बेथितिमा लगामः स्वागतयोग्य कदम शुक्रबार, असार २६, २०८३
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य
संविधान संशोधनमा सर्वपक्षीय सहमति अनिवार्य बिहीबार, असार २५, २०८३
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता
अर्थतन्त्र ब्युँताउने मौद्रिक नीतिको आवश्यकता मंगलबार, असार २३, २०८३
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं
डेंगु संक्रमणबाट जोगिन सतर्कता अपनाऔं सोमबार, असार २२, २०८३
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली
आशालाग्दा संकेत, अलमलिएको कार्यशैली आइतबार, असार २१, २०८३
वर्षाले धराप बन्दै काठमाडौंका सडक
वर्षाले धराप बन्दै काठमाडौंका सडक शुक्रबार, असार १९, २०८३
‘पम्प माफिया’ माथि डण्डा चलाऊ
‘पम्प माफिया’ माथि डण्डा चलाऊ बिहीबार, असार १८, २०८३
लोकप्रिय
  • Week
  • Month
 ‘साइली’  र ‘छ लिसे'  म्युजिक भिडियो सार्वजनिक
 ‘साइली’ र ‘छ लिसे' म्युजिक भिडियो सार्वजनिक
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
नेयमारद्वारा अन्तर्राष्ट्रिय फुटबलबाट बिदाइको संकेत
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
कलाकारलाई प्रविधिमा पोख्त हुन सुझाव
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
सूचनाको हकका लागि राष्ट्रिय महासंघ बागमति प्रदेशको प्रथम अधिवेशन सम्पन्न
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
कल्याणकारी कोषको दायरा फराकिलो बनाइँदै
तीन म्यानपावरमाथि विभागको कारबाही
तीन म्यानपावरमाथि विभागको कारबाही
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
बोनको सन्देशः भूमि जोगाउने लडाइँमा महिलाको नेतृत्व र जलवायु वित्तको आवश्यकता
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
गायिका मेलिनाकाे 'कहीँ नभाको जात्रा'
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
वैदेशिक रोजगार व्यवसायी एसोसिएसनको १३औँ साधारणसभा सम्पन्न
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
डंगोलको उपन्यास ‘बदलिएको आकाश’ सार्वजनिक 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP