Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
समाचार
  • Home
  • समाचार
  • प्रतिष्ठाको लडाइँ स्ववियु चुनाव 
प्रतिष्ठाको लडाइँ स्ववियु चुनाव 
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, चैत ३, २०८१
  • आफ्नो विद्यार्थी संगठनलाई पहिलो बनाउने होडमा दलहरु
  • विभिन्न क्याम्पसमा गठबन्धन
  • ५ चैतमा ६२ वटा आंगिकसँगै एक हजारभन्दा बढी क्याम्पसमा चुनाव हुँदै
  • दलनिकट विद्यार्थी संगठनसँगै स्वतन्त्र उम्मेदवार पनि प्रतिस्पर्धामा 
  • देशभरका ३२ वटा क्याम्पसमा एमालेनिकट अनेरास्ववियु, २८ क्याम्पसमा कांग्रेसनिकट नेविसंघ, २१

काठमाडौं– स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को चुनावलाई दलहरूले प्रतिष्ठाको विषय बनाएका छन् । निकट विद्यार्थी संगठनले जसरी पनि चुनाव जित्नैपर्ने मनस्थितिमा दलहरू देखिएका हुन् । त्यसका लागि गठबन्धन गराएका छन् ।

उसो त स्ववियु चुनावलाई पछिल्लोपटक उदाएका दलहरूप्रतिको धारणा पनि अभिव्यक्त हुने रूपमा हेरिएको छ । दलहरूप्रति निराशा छ भन्ने जुनखाले सन्देश प्रवाहित भइरहेको छ, त्यसको मापन पनि स्ववियु चुनावमा हुने विश्लेषण हुने गरेको छ । त्यसैले, दलहरूले पनि स्ववियु चुनावको नतिजालाई गम्भीररूपमा हेरिहेका छन् ।

अर्कातिर संगठनभित्र व्यक्तिको लोकप्रियता पनि स्ववियु चुनावबाट मापन हुने छ । अहिले कतिपय संगठनका नेताहरूले टिकट नपाएको झोँकमा बागी उम्मेदवारी पनि दिएका छन् । विशेषतः नेविसंघमा त्यो समस्या देखिएको छ । पार्टी केन्द्रमा देखिएको गुटका आधारमा टिकट वितरण भएपछि नेविसंघ चिरा परेको देखिन्छ । कतिपयले बागी उम्मेदवारी दिएका छन् भने कतिले स्वतन्त्र उम्मेदवारी पनि भएका छन् । उनीहरूको लोकप्रियताको मापन पनि यही चुनावले गर्ने छ ।

चुनावमा गठबन्धन धेरै ठाउँमा भएका छन् । कुनै एक विद्यार्थी संगठनको बलियो पकड रहेको क्याम्पसमा दलहरूले नै अन्य विद्यार्थी संगठनहरूलाई गठबन्धनमा गोलबद्ध गराएको देखिएको छ ।काठमाडौंको त्रिचन्द्र कलेजमा कांग्रेसनिकट नेविसंघविरुद्ध एमालेनिकट अनेरास्ववियु, माओवादीनिकट अनेरास्ववियु क्रान्तिकारीसहित सात विद्यार्थी संगठनको गठबन्धन छ । अनेरास्ववियुको पकड रहेको रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसमा अनेरास्ववियुले नै नेकपा एकीकृत समाजवादीनिकट अनेरास्ववियुसँग गठबन्धन गरेको छ । अखिल क्रान्तिकारी, वैज्ञानिक समाजवादी विद्यार्थी, समाजवादी विद्यार्थी युनियनसहितले गठबन्धन गरेका छन् ।

Hardik health

यस्तै, अखिल क्रान्तिकारीको पकड मानिने नेपाल ल क्याम्पसमा अन्य विद्यार्थी संगठनहरूको गठबन्धन छ ।स्ववियु चुनाव हेर्ने जिम्मा पाएका माओवादी नेता हिमाल शर्माले यसपटक अनेरास्ववियु क्रान्तिकारीले धेरै ठाउँ चुनाव जित्ने र त्यसको तयारी भइसकेको बताएका छन् । कांग्रेसबाट स्ववियु चुनावमा सहजीकरण गर्ने जिम्मेवारी पाएका सहमहामन्त्री किशोरसिंह राठोरले नेविसंघलाई अधिक क्याम्पसमा चुनाव जिताउनु आफ्नो कर्तव्य हुने बताएका छन् । ‘हाम्रो लक्ष्य धेरै क्याम्पसमा चुनाव जिताएर नेविसंघलाई पहिलो बनाउनु हो । त्यसका लागि हामी खटिरहेका छौं,’ उनले भने ।

अघिल्लो चुनावको परिणामको आधारमा ठूलो विद्यार्थी संगठन एमालेनिकट अनेरास्ववियु हो । यही संगठनका उपाध्यक्ष नारायण घर्तीले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेर अनेरास्ववियु चुनावमा होमिएको बताएका छन् । उनले स्ववियुलाई विद्यार्थीको हक, हित र अधिकारको संरक्षक निकायमात्रै नभई देशको शैक्षिक प्रणाली समायानुकूल सुधारका लागि पैरवी गर्ने संस्थाको रूपमा विकास गर्न चाहेको बताएका छन् । क्याम्पसमा हुने अनियमितता, भ्रष्टाचारजस्ता विकृतिको भण्डाफोर गर्दै सुदृढ क्याम्पस बनाउने एजेण्डा अनेरास्ववियुको भएको बताए । 

स्ववियु चुनावमा मतदान हुनुअघि नै ३२ वटा क्याम्पसमा अनेरास्ववियु निर्विरोध भइसकेको छ । २८ क्याम्पसमा नेविसंघ, २१ क्याम्पसमा अखिल क्रान्तिकारी र एउटा क्याम्पसमा एकीकृत समाजवादीनिकट अनेरास्ववियु निर्विरोध भएका छन् । नेविसंघले शुक्रबार चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा ‘स्पार्क मुमेन्ट’ प्याकेजसहितको कार्यक्रम समेटिएका छन् । 

नेविसंघका प्रवक्ता सुरज सेजुवालका अनुसार घोषणापत्रमा प्राविधिक शिक्षा, राष्ट्रिय उपलब्धि अध्ययन, भूगोल विशेष विद्यार्थी समन्वय, त्रिभुवन विश्वविद्यालय सुधार, कानुन संकाय समन्वय, मिडिया समन्वय, विज्ञान तथा प्रविधि समन्वय, प्रविधि व्यवस्थापन, चिकित्सा शिक्षा समन्वय, व्यवस्थापन तथा अर्थशास्त्र अध्ययन, कला संस्कृति तथा साहित्य, तथा उद्यमशीलता विकास अध्ययनजस्ता विषय ‘स्पार्क मुभमेन्ट’मा समेटिएका छन् । माओवादी केन्द्रनिकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले भने प्रतिबद्धतापत्र सार्वजनिक गरेकै छैन । उक्त संगठनका उपाध्यक्ष विराज थापाले स्थानीय अनुकूलतामा आधारित रहेर चुनावी घोषणापत्र तयार गर्न निर्देशन दिइसकेको बताएका छन् । 

स्ववियु चुनावमा विभिन्न दलनिकट विद्यार्थी संगठनहरू होमिएका छन् । ठाउँठाउँमा स्वतन्त्र विद्यार्थीहरू पनि प्यानलै खडा गरेर चुनावमा उत्रिएको देखिएको छ । प्रभावशाली कलेजमा कसले जित्छ भन्ने चासो बढेको छ । विभिन्न विद्यार्थी संगठनले किल्लाको रूपमा केही कलेजमा प्रभाव जमाएका छन् । काठमाडौंको त्रिचन्द्र कलेज, पद्यकन्या कलेज र पशुपति कलेजमा कांग्रेसनिकट विद्यार्थी संगठनको प्रभाव छ । अन्य दलनिकट संगठनले स्ववियु जित्न नै नसक्ने अवस्था रहेको बताइन्छ । ती कलेजमा नेविसंघले किल्ला बनाएजस्तै आरआर, महेन्द्ररत्न ताहाचललगायतका कलेजमा एमाले अखिलको प्रभाव छ । पाटन बहुमुखी र सानो ठिमी कलेजमा माओवादीनिकट अखिल क्रान्तिकारीको प्रभाव छ । नेपाल ल, विश्व भाषालगायतका केही कलेजमा भने मिश्रित परिणाम आउने गरेको छ ।

शंकरदेवमा एमालेनिकट विद्यार्थी संगठनको प्रभाव छ । पोखराको पृथ्वीनारायण क्याम्पसमा पनि एमालेनिकट अखिलकै प्रभाव छ । केन्द्रीय क्याम्पस त्रिभुवन विश्वविद्यालयमा भने मिश्रित परिणाम आउने गरेको छ । मोरङको महेन्द्र मोरङ र डिग्री क्याम्पस, चितवनको वीरेन्द्र बहुमुखी क्याम्पस, बुटवल बहुमुखी क्याम्पसलगायतका काठमाडौंबाहिर ठूला क्याम्पसमा कसको प्रभाव रहन्छ भन्नेले पनि संगठनको प्रभाव जाँचिन्छ । त्यसैले, विद्यार्थी संगठनहरू यतिबेला एकले अर्कोेको किल्ला भत्काउने रणनीतिमा छन् । 

स्ववियु चुनाव यही ५ चैतमा हुँदै छ । चुनावमा विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनमात्र होइन, स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धामा उत्रेका छन् । ६२ वटा आंगिकसँगै एक हजारभन्दा बढी क्याम्पसमा चुनाव हुँदै छ ।
 


प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:१५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भारतीय शिक्षकले जितिन् १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार
भारतीय शिक्षकले जितिन् १० लाख डलरको ग्लोबल शिक्षक पुरस्कार बिहीबार, माघ २२, २०८२
त्रिविको शिक्षाशास्त्र संकायले पायो ‘क्युएए’
त्रिविको शिक्षाशास्त्र संकायले पायो ‘क्युएए’ सोमबार, माघ १९, २०८२
अरुणिमा शैक्षिक प्रतिष्ठानको दिवसः मुख्यसचिवसहित छ जना सम्मानित
अरुणिमा शैक्षिक प्रतिष्ठानको दिवसः मुख्यसचिवसहित छ जना सम्मानित आइतबार, माघ १८, २०८२
झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर
झापामा सात जनालाई एमबिबिएस पढ्ने अवसर बुधबार, माघ १४, २०८२
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी
पन्चैबाजा संरक्षणमा जुटे विद्यार्थी मंगलबार, माघ १३, २०८२
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग
त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग सोमबार, माघ १२, २०८२
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु
त्रिविले शुल्क पुनरावलोकन कार्यदलद्वारा काम सुरु बिहीबार, माघ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP