Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
समाचार
  • Home
  • समाचार
  • पानी नपर्दा काठमाडौंमा बढ्यो वायु प्रदूषण
पानी नपर्दा काठमाडौंमा बढ्यो वायु प्रदूषण
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन २६, २०८१

मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्नेगरी वर्षा भएको छैन । अझै तीन दिन यस्तै हुने देखिन्छ ।
विनु महर्जन
मौसमविद्, मौसम पूर्वानुमान महाशाखा

 

  • आइतबार दिउँसो काठमाडौं विश्वको पाँचौं प्रदूषित सहरका रुपमा सूचीकृत
  •  सोमबार र मंगलबार काठमाडौं क्षेत्रमा पानी पर्ने सम्भावना नरहेको मौसम पूर्वानुमान महाशाखाको भनाइ
  • छिट्टै पानी पर्ने नयाँ प्रणाली सोमबारबाट नेपाली आकाशमा प्रवेश गर्ने जानकारी

काठमाडौं– पर्याप्त वर्षा नहुँदा काठमाडौंको वायु प्रदूषण बढेको छ । हिजोआज काठमाडौं उपत्यकाको आकाशमा डम्म बादल लगेको देखिन्छ ।‘एयर क्वालिटि इन्डेक्स’ का अनुसार आइतबार दिउँसो काठमाडौं विश्वको पाँचौं प्रदूषित सहरका रुपमा सूचीकृत भएको थियो । आइतबार दिउँसो काठमाडौंको वायु प्रदूषण १६३ एक्युआई पुगेको थियो । साँझ भने १५३ पुगेर आठौं स्थानमा सूचीकृत भएको थियो । 

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले स्थानीय वायुको प्रभाव र पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण वर्षा हुन नसकेको जनाएको छ । ‘मुलुकको केही भागमा हिमपात र हल्का मात्र वर्षा भएको छ, तर प्रदूषण हट्नेगरी वर्षा भएको छैन,’ महाशाखाकी मौसमविद् विनु महर्जनले भनिन्, ‘अझै तीन दिन यस्तै हुने देखिन्छ ।’

Hardik health

विश्वको सबैभन्दा बढी प्रदूषित सहरको रुपमा भियतनामको राजधानी हनोई र बंगलादेशको ढाकाबीच उछिनपछिन चलेको छ । त्यसपछि भारतको राजधानी नयाँ दिल्ली, चीनको राजधानी बेइजिङ पनि प्रदूषित सहरको सूचीमा अगाडि रहेका छन् ।

कस्तो छ पानी पर्ने सम्भावना ?
काठमाडौंको आकाश बादलले डम्म भएर पानीको छिटा आए पनि पानी पर्ने सम्भावना नरहेको मौसमविद्हरु बताउँछन् । आगामी २४ घण्टामा केही स्थानमा हल्का वर्षाको अनुमान रहे पनि उल्लेखनीय वर्षा हुने सम्भावना छैन । ‘कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । कोशी प्रदेश र कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ,’ मौसम पूर्वानुमान महाशाखाले जारी गरेको मौसम बुलेटिनमा भनिएको छ ।

सोमबार र मंगलबार काठमाडौं क्षेत्रमा पानी पर्ने सम्भावना नरहेको मौसम विभागले जनाएको छ । यद्यपि छिट्टै पानी पर्ने नयाँ प्रणाली सोमबारबाट नेपाली आकाशमा प्रवेश गर्ने बताइएको छ । गएको २४ घण्टामा दाङमा ११ मिलिमिटर वर्षा भएको छ । इलामका बरफल्याङमा ४.२, झापाको सिस्नेमा ४.८, झापाकै शनिश्चरेमा ५.२ मिलमिटर वर्षा भएको मौसम विभागले जानकारी दिएको छ । त्यस्तै सिन्धुपाल्चोकको बोल्देमा १.८, दुवाचौरमा १.६ मिलिमिटर वर्षा भएको छ ।

शनिबार बिहानदेखि आइतबार बिहानसम्म सबैभन्दा बढी मोरङको केराबारी केन्द्रमा १४.४ मिलिमिटर वर्षा मापन भएको थियो । अहिले प्रि–मनसुन चलिरहेको छ । फागुन १७ देखि १७ जेठसम्मको अवधिलाई प्रि–मनसुन भनिन्छ । प्रि–मनसुनको प्रारम्भमा उल्लेख्य वर्षा भएको छ । फागुन २५ गतेसम्म ९.४० मिलिमिटर वर्षा भएको छ । यो भनेको औसत वर्षाको ४.१ प्रतिशत वर्षा हो ।

मनाङमा हिमपात
मनाङमा भने हिमपात हुन थालेको छ । जिल्लाका माथिल्लो भेगमा आंशिक हिमपात हुन थालेपछि  किसान खुसी हुन थालेका छन् । ढिलागरी भएको हिमपातले हिमाल टलक्क टल्केका देखिन्छ । पछिल्ला दिनमा जिल्ला सदरमुकाम चामेदेखि माथिल्लो मनाङसम्म हिमपात हुँदै आएको छ । तल्लो क्षेत्रमा भने हालसम्म हिउँ पर्न सकेको छैन । माथिल्लो क्षेत्रमा हिमपात हुँदा यहाँका हिमालमा हिउँ देखिन थालेको छ भने समयमा हिमपात नहुँदा चिन्तित बनेका यहाँका किसानमा खुसी भएका छन् । 

हिमपातले खेतीपातीमा सहयोग पुग्ने किसान याङदुङ गुरुङले बताए । ‘हिउँकै भरमा खेती गर्ने हामीलाई समयमा हिउँ नपर्दा समस्या हुने गरेको छ, ढिलागरी हिउँ पर्दा सिँचाइ राम्रोसँग हुन पाउँदैन तर पनि केही राहतचाहिँ हुन्छ,’ उनले भने, ‘पानीको काम नै हिउँले गर्छ ।’ हिउँ नपरेको बेलामासमेत चिसोले यहाँका खोलानाला, झरना, तालका पानी जम्ने भएकाले सिँचाइमा समस्या हुने गरेको गुरुङले बताए ।

यहाँ पानी मुहानमै जमेर समस्या हुने भएकाले सिँचाइका अन्य विकल्प उपयोग गर्नमा सकस हुने गरेको छ । विभिन्न आयोजना तथा योजना परे पनि मुहानमा चिसोले जम्ने हुँदा सिँचाइका वैकल्पिक तवरबाट किसानले सिँचाइ गर्न सक्दैनन् ।
 


प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  ११:२३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनः ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
निर्वाचनः ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’ बिहीबार, माघ २२, २०८२
कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह
कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह बिहीबार, माघ २२, २०८२
भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह बिहीबार, माघ २२, २०८२
जथाभावि राखिएका बस नियन्त्रणमा
जथाभावि राखिएका बस नियन्त्रणमा बिहीबार, माघ २२, २०८२
सात दिनभित्र घरबहाल तिर्न आठ सहकारीलाई काठमाडौँ महानगरको सूचना
सात दिनभित्र घरबहाल तिर्न आठ सहकारीलाई काठमाडौँ महानगरको सूचना बिहीबार, माघ २२, २०८२
मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु
मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु बिहीबार, माघ २२, २०८२
आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल
आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल बिहीबार, माघ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP