Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #जसपा नेपाल
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #टेम्केमैयुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • नेतृत्वमा नवीकरण खै ?
नेतृत्वमा नवीकरण खै ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, फागुन २२, २०८१

हरेक संगठनमा नेतृत्व परिवर्तन संगठनको पुनर्ताजगी र नवीकरण गर्नु हो । यसले संगठनमा नयाँ विचार, बल, बुद्धि र विवेकको परीक्षण हुन्छ । प्रजातान्त्रिक अभ्यासका लागि विधानले र संविधानले नै नवीकरणको बाध्यकारी व्यवस्था गरिदिएको छ । तर नेपालका केही राजनीतिक दलमा नेतृत्व नवीकरण गर्दै नगर्ने प्रवृत्ति हाबी भएको छ । यो धेरैजसो वामपन्थी दलमा देखिन्छ । कुनै दलमा नेतृत्व व्यवस्थापन गर्न नसकेर छिन्नभिन्न हुँदा यी दलमा भने नेतृत्व दाबी गर्ने दोस्रो पुस्ताको नेतासमेत भेटिन्न ।

यसरी निरन्तर नेतृत्वमा रहेर चर्चामा रहेका नेताहरु हुन्, नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का अध्यक्ष नारायणमान बिजुक्छे, नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालमा पनि मोहन वैद्य, नेकपा मालेका सिपी मैनालीलगायत । 

माओवादी केन्द्र वर्तमान संसद्को तेस्रो ठूलो दल हो । यही दलको नेतृत्व गरेका दाहाल ३५ वर्षदेखि लगातार नेतृत्वमा छन् । उनकै कारण माओवादीबाट डा. बाबुराम भट्टराई अलग भइसकेका छन् । नयाँलाई ठाउँ माग्दै जनार्दन शर्मालगायतका नेताहरुले आवाज बुलन्द पार्दा पार्टीमा स्पेस दिन छाडिएको छ । यसले नेता कार्याकर्त पंक्तिमा निराशा छाउने र पार्टी खुम्चिएर सानो हुने सम्भावना बढ्छ ।

Hardik health

माओवादीबाहेक अरु साना दलमा निरन्तर एकै व्यक्ति अध्यक्ष हुँदाको परिणाम देखिसकिएको छ । नेमकिपामा बिजुक्छे अध्यक्ष भएको ५० भइसक्यो । श्रमिकको पार्टी भन्दै मादल बजाएको दल अहिले भक्तपुरका एक क्षेत्रमा सीमित बनेको छ । राष्ट्रिय जनमोर्चाको हालत पनि उस्तै छ । यस दलका अध्यक्ष केसी लोकप्रिय कुरा गर्छन् । कुनै बेला गण्डकी क्षेत्रमा फैलिएको दलका नेताले व्यवहारमा आफू नेतृत्वबाट नहटिदिँदा पार्टी खुम्चिएर सानो भइसकेको छ । 

नेकपा मसालका सिंह, कम्युनिस्ट पार्टी नेपालका वैद्य, नेकपा मालेका मैनालीका विकल्पमा ती पार्टीमा वैकल्पिक नेता नै देखिन्नन् । यसको मुख्य कारण हो हस्तान्तरणमा कन्जुस्याई । हरेक व्यक्ति मौकाको पखाईमा हुन्छ । परीक्षणको पखाईमा हुन्छ । तर नेतृत्वले ठाउँ कहिल्यै नदिएपछि न त त्यो संस्था आकर्षक हुन्छ, न त विवेक र बलको लगानी हुन्छ । त्यसैले यस्ता विषयमा विशेष ध्यान दिएर यी दलले नेतृत्व नवीकरणमा विशेष ध्यान दिनुपर्छ । नभए नेमकिपा र जनमोर्चाकै हालत भएर जान धेरै समय लाग्दैन । 
 
 


प्रकाशित मिति: बिहीबार, फागुन २२, २०८१  १२:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती आइतबार, फागुन १७, २०८२
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ शुक्रबार, फागुन १५, २०८२
आचारसंहिता कार्यान्वयनमा निरीह आयोग
आचारसंहिता कार्यान्वयनमा निरीह आयोग बिहीबार, फागुन १४, २०८२
सडक कि मृत्युमार्गः कहिलेसम्म दराजमा थन्किने प्रतिवेदन ?
सडक कि मृत्युमार्गः कहिलेसम्म दराजमा थन्किने प्रतिवेदन ? बुधबार, फागुन १३, २०८२
हिमाली जिल्लाका मतदातालाई मतदानमा सहभागी गराऊ
हिमाली जिल्लाका मतदातालाई मतदानमा सहभागी गराऊ मंगलबार, फागुन १२, २०८२
निर्वाचनको माहोल बिग्रन नदेऊ
निर्वाचनको माहोल बिग्रन नदेऊ सोमबार, फागुन ११, २०८२
आश्वासनमा केन्द्रित दलका घोषणापत्र
आश्वासनमा केन्द्रित दलका घोषणापत्र आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP