Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
विश्व
  • Home
  • विश्व
  • मस्कको भूमिका प्रमुख कार्यान्वयनकर्ताका रूपमा ट्रम्पको व्याख्या
मस्कको भूमिका प्रमुख कार्यान्वयनकर्ताका रूपमा ट्रम्पको व्याख्या
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, फागुन ७, २०८१

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार राष्ट्रपति कार्यालयमा फर्केपछि जारी गरिएका कार्यकारी आदेशहरूको कार्यान्वयनमा टेक अर्बपति एलन मस्काको उत्साहको प्रशंसा गर्दै उहाँलाई आफ्नो प्रमुख कार्यान्वयनकर्ताका रूपमा चित्रित गरेका छन्  । 

फक्स न्युजमा प्रसारण गरिएको संयुक्त अन्तर्वार्तामा यी दुई व्यक्तिले एक अर्काको प्रशंसा गर्दै र ट्रम्पले आफ्नो कार्यकारी अधिकारलाई उछिन्दै गएको चिन्तालाई खारेज गर्दै पर्याप्त समय बिताए । ट्रम्पले पछिल्लो तीन हप्तामा दर्जनौँ कार्यकारी निर्देशनमा हस्ताक्षर गर्नुभएको छ । तीमध्ये धेरै संविधान विपरीत हुनसक्ने भनेर अदालतहरूमा चुनौती दिइएको छ ।

सन् २०२४ को राष्ट्रपतिको चुनावी अभियानमा ट्रम्पका शीर्ष दाता रहेका अर्बपति मस्कलाई सङ्घीय खर्चमा ‘फजुल खर्च, धोखाधडी र दुरुपयोग’ उन्मूलन गर्ने घोषित लक्ष्यका साथ नवनिर्मित सरकारी दक्षता विभाग (डिओजिई) को नेतृत्व गर्ने जिम्मेवारी दिइएको थियो ।

“डिओजिई टोलीको सबैभन्दा ठूलो कार्य भनेको राष्ट्रपतिको कार्यकारी आदेशहरू वास्तवमा कार्यान्वयन गरिएको सुनिश्चित गर्नु हो”, मस्कले फक्स न्युजलाई भने । अन्तर्वार्तामा ट्रम्पले आफ्ना नीतिहरू – सङ्घीय संस्थाहरूमाथि थोकमा आक्रमण समेत – बिना ढिलाई कार्यान्वयन गरिनुपर्ने कुरामा जोड दिए र मस्क तिनलाई अगाडि बढाउनमा महत्त्वपूर्ण रहेको बताए ।

Hardik health

“तपाईं एउटा कार्यकारी आदेश लेख्नुहुन्छ र तपाईं सोच्नुहुन्छ कि यो सम्पन्न भयो, तपाईंले यसलाई पठाउनुहुन्छ, यो सम्पन्न हुँदैन । यो लागु हुँदैन”, ट्रम्पले भने ।   उनका अनुसार मस्क र डिओजिई टोली अब सङ्घीय कर्मचारी तन्त्रभित्र कसैको बाधा बिना उहाँको प्रशासनको एजेण्डा लागू गर्न प्रवर्तन संयन्त्र बनेका छन् – अन्यथा उनीहरूले जागिर गुमाउने जोखिम छ ।  “र कुनै व्यक्ति जसले शायद यो गर्न चाहँदैनथ्यो, एक्कासि उसले यसमा हस्ताक्षर गर्दैछ”, ट्रम्पले भने ।

जनताको इच्छा 

फक्स अन्तर्वार्ता प्रसारण हुनुभन्दा केही घन्टाअघि मात्र ट्रम्पले एक व्यापक कार्यकारी आदेशमा हस्ताक्षर गरेका थिए । उक्त आदेशले सङ्घीय नियामक निकायहरूमाथि सीधै ह्वाइट हाउसको नियन्त्रण विस्तार र सुदृढीकरण गर्ने प्रयास गरेको थियो । कानूनी चुनौतीहरूको सामना गर्नसक्ने यस आदेशले सिक्युरिटिज एन्ड एक्सचेन्ज कमिशन (एसइसी) जस्ता एजेन्सीहरूलाई समीक्षाका लागि ह्वाइट हाउसमा नियामक प्रस्तावहरू पेस गर्न बाध्य पार्नेछ ।

“सङ्घीय सरकार वास्तवमै अमेरिकी जनताप्रति जवाफदेही हुनका लागि व्यापक कार्यकारी शक्ति प्रयोग गर्ने अधिकारीहरूलाई जनताद्वारा निर्वाचित राष्ट्रपतिद्वारा निरीक्षण र नियन्त्रण गरिनुपर्छ”, कार्यकारी आदेशमा उल्लेख छ । ट्रम्पको कार्यकारीको भूमिकामा मस्क हाँसे, आफूलाई ‘टेक्नोलोजिस्ट’ भनेर वर्णन गर्नुभयो र अन्तर्वार्ताका लागि ‘टेक सपोर्ट’ लेखिएको टी–शर्ट लगाए ।

मस्कले आफूले अमेरिकी राष्ट्रपति जस्तै व्यवहार गरिरहेको भन्ने आलोचनालाई खारेज गरे। उनले ट्रम्पको क्याबिनेटका कुनै पनि सदस्य निर्वाचित नभएको र आफूले आफ्नो भूमिकालाई ट्रम्पको एजेण्डालाई सहज बनाउने रूपमा हेर्ने बताए । “राष्ट्रपति जनताका निर्वाचित प्रतिनिधि हुन्, त्यसैले यसले जनताको इच्छाको प्रतिनिधित्व गर्दछ”, मस्कले व्याख्या गर्दै भने, “र यदि कर्मचारी तन्त्रले जनताको इच्छासँग लडिरहेको छ र राष्ट्रपतिलाई जनताले चाहेको कुरा कार्यान्वयन गर्नबाट रोकिरहेको छ भने हामी लोकतन्त्रमा नभई कर्मचारी तन्त्रमा बाँचिरहेका छौँ ।”

राष्ट्रपति एलन ?

ट्रम्प प्रशासनमा मस्कको प्रमुख भूमिकाले ह्वाइट हाउसमा वास्तवमा कसको नियन्त्रण छ भन्ने सार्वजनिक प्रश्न उठेको छ । यद्यपि रिपब्लिकन राष्ट्रपतिले दुई जनाबीच खराब सम्बन्धको अफवाहलाई तुरुन्तै खारेज गरे  । “वास्तवमा एलनले मलाई फोन गर्नुभयो”, ट्रम्पले भने, “उहाँले भन्नुभयो, ‘तपाईंलाई थाहा छ, तिनीहरूले हामीलाई अलग गर्ने प्रयास गरिरहेका छन् ।’ मैले भनेँ, ‘बिल्कुल ।’”

तर ट्रम्पले आफू र मस्कबीचको सम्बन्ध बिगार्ने कथित प्रयासहरूबाट अमेरिकीहरू मूर्ख नबन्ने विश्वास व्यक्त गरे ।“उनीहरू यसमा राम्रो छन् भन्ने मलाई लाग्थ्यो”, मिडियालाई उद्धृत गर्दै ट्रम्पले भन्नुभयो, “उनीहरू वास्तवमा यसमा नराम्रो छन्, किनभने यदि तिनीहरू यसमा राम्रो थिए भने, म कहिल्यै राष्ट्रपति हुने थिइनँ, जनता स्मार्ट छन्, उनीहरूले बुझ्छन् ।”


प्रकाशित मिति: बुधबार, फागुन ७, २०८१  १४:२८
प्रतिक्रिया दिनुहोस्
थप विश्व
स्वच्छ हावाका लागि पाकिस्तानी नागरिकको संघर्ष
स्वच्छ हावाका लागि पाकिस्तानी नागरिकको संघर्ष बुधबार, माघ ७, २०८२
अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता
अन्तर्राष्ट्रिय तेल बजारमा गिरावट, विश्वव्यापी लगानीकर्तामा अनिश्चितता बुधबार, माघ ७, २०८२
चर्कियो इरान-अमेरिका तनाव
चर्कियो इरान-अमेरिका तनाव बुधबार, माघ ७, २०८२
उत्तर कोरियाको आणविक क्षमता बढ्दो : दक्षिण कोरियाली राष्ट्रपति
उत्तर कोरियाको आणविक क्षमता बढ्दो : दक्षिण कोरियाली राष्ट्रपति बुधबार, माघ ७, २०८२
पश्चिमी अस्ट्रेलियामा ‘बुशफायर’ का कारण निकासी आदेश जारी
पश्चिमी अस्ट्रेलियामा ‘बुशफायर’ का कारण निकासी आदेश जारी बुधबार, माघ ७, २०८२
आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता
आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता बुधबार, माघ ७, २०८२
आबे हत्या प्रकरणमा आजीवन सजाय
आबे हत्या प्रकरणमा आजीवन सजाय बुधबार, माघ ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP