Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #चितुवाको उद्धार
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #मगर_दिवस
  • #जसपा नेपाल
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #टेम्केमैयुङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युरोप पठाइदिने भन्दै करोडौं असुलेपछि सञ्चालक फरार
‘सबकुरा’ कन्सटेन्सीको ठगीधन्दा युरोप पठाइदिने भन्दै करोडौं असुलेपछि सञ्चालक फरार
ममता थापा
ममता थापा मंगलबार, माघ २९, २०८१

काठमाडौं– सिन्धुपाल्चोकका राजकुमार जिसीले सन् २०२४ मार्चमा बानेश्वरमा रहेको ‘सबकुरा प्रालि’ नामक कन्सल्टेन्सीलाई लिथुआनिया जान भनेर ५० हजार रुपैयाँ दिए । लिथुआनिया जान जम्मा सात लाख रुपैयाँ लाग्छ भनिएको थियो । बीचमा त्यहाँको ‘प्रोसेस’ रद्द भयो, अब अर्को देशका लागि प्रक्रिया थाल्ने भनियो । 

बेरोजगारीले पीडित बनेका जिसी युरोप जान पाए केही हुन्थ्यो कि भन्ने आशमा थिए । जिसीले युरोप जाने भनेर आफ्ना भाइलाई पनि ल्याए । करिब एक वर्ष झुलाएपछि अहिले कन्सल्टेन्सी बन्द छ । ‘मान्छे भेटेर पैसा पाए हुन्थ्यो, समय पनि गयो,’ जिसी भन्छन् ।कैलालीका छत्रपाल चौधरीले आफ्ना दुईजना बहिनीलाई स्लोभाकिया पठाउने भन्दै गत कात्तिक २८ गते एक लाख रुपैयाँ बुझाए । अनलाइन अन्तरवार्ताका लागि तयार गर्दै गर्नु भनेर कन्सल्टेन्सीले झुलाउँदै आयो । ‘वेबसाइटहरु चेक गर्दा पनि ठीकै लागेको थियो । प्रोसेस किन ढिला भएको भनेर सोध्दा मेरो त नम्बर पनि ब्लक गरिदिएको छ,’ चौधरीले सुनाए, ‘त्यहाँ जाँदा यदि विश्वास लाग्दैन भने पैसा फिर्ता लानुस् भन्थे, त्यसो भनेपछि जसले पनि विश्वास गरिहाल्छ नि ।’

बानेश्वर बस्दै आएका राजु राईले पनि उक्त कन्सल्टेन्सीको विषयमा भाइबाट थाहा पाए । लक्जम्बर्ग पठाइदिने भनेपछि प्रक्रिया थाल्दै गर्न राईले पनि ५० हजार रुपैयाँ बुझाए । ‘चार–पाँच वर्षअघि पठाएको पनि थियो रे, अब हाम्रै पालोमा यस्तो भयो । देश नै छोडेर त भागेको छैन होला,’ राईलाई सञ्चालक भेटिएलान् भन्ने अलिअलि आशा छ । आफूहरुजस्तै ठगिने ३०० भन्दा बढी हुनसक्ने उनी बताउँछन् ।त्यस्तै अनु शाहीले पनि बहिनी र श्रीमान्लाई लक्जम्बर्ग पठाउन ‘सबकुरा प्रालि’ लाई एक लाख रुपैयाँ बुझाइन् । तर, सञ्चालक भागेको खबर टिकटकबाट थाहा पाएपछि उनी समस्यामा छिन् । अर्का एक जना युवा घरमा आमाबुबाले थाहा पाए अर्को समस्या आइलाग्छ भन्दै समाचार नबनाइदिन आग्रह गर्दै थिए ।

Hardik health

सोमबार वैदेशिक रोजगार विभागमा भेटिएका कन्सल्टेन्सीपीडितहरुको समस्या हो यो । दुःखले जोहो गरेको पैसा डुब्दा उनीहरु हारगुहारका लागि रोजगार विभाग पुगेका हुन् । उनीहरुका अनुसार रोजगारीका लागि युरोप पठाइदिने भन्दै ३०० भन्दा बढीबाट पैसा लिएर ‘सबकुरा प्रालि’ नामक कन्सल्टेन्सीका सञ्चालक फरार भएका छन् । बानेश्वर रहेको उक्त कन्सल्टेन्सीका सञ्चालक केशव गौतमले प्रत्येकबाट ५० हजारदेखि एक लाख रुपैयाँसम्म उठाउन लगाएका थिए । रुपन्देहीको अमुवा–९ स्थायी घर भइ भैंसेपाटीमा बस्दै आएका गौतम भने पीडितलाई भेट्दैनथे । 

उक्त कन्सल्टेन्सीले युरोपका सबै देश पठाइदिने भन्दै पैसा लिएको पीडितहरु बताउँछन् । उनले कम्तीमा पनि डेढ करोड रुपैयाँ उठाएको पीडितहरुको अनुमान छ । काम हुन्छ भन्दै आएका गौतम र कन्सल्टेन्सीका कर्मचारी विगत केही दिनदेखि सम्पर्कविहीन भएपछि बल्ल युवाहरुले आफू ठगिएको थाहा पाए । सयौंलाई युरोप पठाउने आश देखाएर अन्ततः फरार भएपछि उनीहरु आक्रोशित भएका छन् । उनीहरुले सञ्चालकविरुद्ध विभागमा उजुरीका लागि प्रक्रिया थालेका छन् । सञ्चालकलाई खोज्न विभागमा लामो प्रक्रिया पूरा गर्दागर्दै पीडक भाग्ने पो हो कि भन्ने उनीहरुको चिन्ता छ । 


कन्सल्टेन्सीबाट हुने ठगी बढ्दो, आधा पनि पक्राउ पर्दैनन्
पछिल्लो समय कन्सल्टेन्सीबाट हुने ठगी बढेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी बताउँछन् । दिनमा ३० देखि ४० जना यस्ता ठगीसँग सम्बन्धितहरु पक्राउ पर्ने गरेको उनी बताउँछन् । त्यसरी पक्राउ गरिएकाहरुलाई ३० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरिने उनको भनाइ छ ।

‘विभिन्न प्रक्रिया पूरा गरेर पीडक पक्राउ पर्न कम्तीमा पनि एक महिनाजति लाग्छ,’ उनी भन्छन्, ‘यदि ठूलो रकम ठगी गरेको छ भने ‘रेड कर्नर नोटिस’ जारी गरेर पक्राउ परेका उदाहरण पनि छन् ।’ यद्यपि, उजुरी परेकामध्ये आधा पनि पक्राउ गर्न कठिन हुने उनी बताउँछन् ।
 


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री आइतबार, फागुन १७, २०८२
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन आइतबार, फागुन १७, २०८२
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित आइतबार, फागुन १७, २०८२
अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह
अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह आइतबार, फागुन १७, २०८२
इपिएससम्बन्धी समझदारी शीघ्र नवीकरण गर्न कोरिया तयार
इपिएससम्बन्धी समझदारी शीघ्र नवीकरण गर्न कोरिया तयार आइतबार, फागुन १७, २०८२
साउदीको श्रम कानुनमा व्यापक संशोधन, उल्लंघन गर्नेमाथि कडा जरिवाना
साउदीको श्रम कानुनमा व्यापक संशोधन, उल्लंघन गर्नेमाथि कडा जरिवाना शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीका आधारविहीन योजना 
चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीका आधारविहीन योजना  बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
श्रमिकको स्वास्थ्य परीक्षण गर्ने संस्थामा बेथितिको चाङ
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP