Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • युरोप पठाइदिने भन्दै करोडौं असुलेपछि सञ्चालक फरार
‘सबकुरा’ कन्सटेन्सीको ठगीधन्दा युरोप पठाइदिने भन्दै करोडौं असुलेपछि सञ्चालक फरार
ममता थापा
ममता थापा मंगलबार, माघ २९, २०८१

काठमाडौं– सिन्धुपाल्चोकका राजकुमार जिसीले सन् २०२४ मार्चमा बानेश्वरमा रहेको ‘सबकुरा प्रालि’ नामक कन्सल्टेन्सीलाई लिथुआनिया जान भनेर ५० हजार रुपैयाँ दिए । लिथुआनिया जान जम्मा सात लाख रुपैयाँ लाग्छ भनिएको थियो । बीचमा त्यहाँको ‘प्रोसेस’ रद्द भयो, अब अर्को देशका लागि प्रक्रिया थाल्ने भनियो । 

बेरोजगारीले पीडित बनेका जिसी युरोप जान पाए केही हुन्थ्यो कि भन्ने आशमा थिए । जिसीले युरोप जाने भनेर आफ्ना भाइलाई पनि ल्याए । करिब एक वर्ष झुलाएपछि अहिले कन्सल्टेन्सी बन्द छ । ‘मान्छे भेटेर पैसा पाए हुन्थ्यो, समय पनि गयो,’ जिसी भन्छन् ।कैलालीका छत्रपाल चौधरीले आफ्ना दुईजना बहिनीलाई स्लोभाकिया पठाउने भन्दै गत कात्तिक २८ गते एक लाख रुपैयाँ बुझाए । अनलाइन अन्तरवार्ताका लागि तयार गर्दै गर्नु भनेर कन्सल्टेन्सीले झुलाउँदै आयो । ‘वेबसाइटहरु चेक गर्दा पनि ठीकै लागेको थियो । प्रोसेस किन ढिला भएको भनेर सोध्दा मेरो त नम्बर पनि ब्लक गरिदिएको छ,’ चौधरीले सुनाए, ‘त्यहाँ जाँदा यदि विश्वास लाग्दैन भने पैसा फिर्ता लानुस् भन्थे, त्यसो भनेपछि जसले पनि विश्वास गरिहाल्छ नि ।’

बानेश्वर बस्दै आएका राजु राईले पनि उक्त कन्सल्टेन्सीको विषयमा भाइबाट थाहा पाए । लक्जम्बर्ग पठाइदिने भनेपछि प्रक्रिया थाल्दै गर्न राईले पनि ५० हजार रुपैयाँ बुझाए । ‘चार–पाँच वर्षअघि पठाएको पनि थियो रे, अब हाम्रै पालोमा यस्तो भयो । देश नै छोडेर त भागेको छैन होला,’ राईलाई सञ्चालक भेटिएलान् भन्ने अलिअलि आशा छ । आफूहरुजस्तै ठगिने ३०० भन्दा बढी हुनसक्ने उनी बताउँछन् ।त्यस्तै अनु शाहीले पनि बहिनी र श्रीमान्लाई लक्जम्बर्ग पठाउन ‘सबकुरा प्रालि’ लाई एक लाख रुपैयाँ बुझाइन् । तर, सञ्चालक भागेको खबर टिकटकबाट थाहा पाएपछि उनी समस्यामा छिन् । अर्का एक जना युवा घरमा आमाबुबाले थाहा पाए अर्को समस्या आइलाग्छ भन्दै समाचार नबनाइदिन आग्रह गर्दै थिए ।

Sonam Lhosar
Hardik health

सोमबार वैदेशिक रोजगार विभागमा भेटिएका कन्सल्टेन्सीपीडितहरुको समस्या हो यो । दुःखले जोहो गरेको पैसा डुब्दा उनीहरु हारगुहारका लागि रोजगार विभाग पुगेका हुन् । उनीहरुका अनुसार रोजगारीका लागि युरोप पठाइदिने भन्दै ३०० भन्दा बढीबाट पैसा लिएर ‘सबकुरा प्रालि’ नामक कन्सल्टेन्सीका सञ्चालक फरार भएका छन् । बानेश्वर रहेको उक्त कन्सल्टेन्सीका सञ्चालक केशव गौतमले प्रत्येकबाट ५० हजारदेखि एक लाख रुपैयाँसम्म उठाउन लगाएका थिए । रुपन्देहीको अमुवा–९ स्थायी घर भइ भैंसेपाटीमा बस्दै आएका गौतम भने पीडितलाई भेट्दैनथे । 

उक्त कन्सल्टेन्सीले युरोपका सबै देश पठाइदिने भन्दै पैसा लिएको पीडितहरु बताउँछन् । उनले कम्तीमा पनि डेढ करोड रुपैयाँ उठाएको पीडितहरुको अनुमान छ । काम हुन्छ भन्दै आएका गौतम र कन्सल्टेन्सीका कर्मचारी विगत केही दिनदेखि सम्पर्कविहीन भएपछि बल्ल युवाहरुले आफू ठगिएको थाहा पाए । सयौंलाई युरोप पठाउने आश देखाएर अन्ततः फरार भएपछि उनीहरु आक्रोशित भएका छन् । उनीहरुले सञ्चालकविरुद्ध विभागमा उजुरीका लागि प्रक्रिया थालेका छन् । सञ्चालकलाई खोज्न विभागमा लामो प्रक्रिया पूरा गर्दागर्दै पीडक भाग्ने पो हो कि भन्ने उनीहरुको चिन्ता छ । 


कन्सल्टेन्सीबाट हुने ठगी बढ्दो, आधा पनि पक्राउ पर्दैनन्
पछिल्लो समय कन्सल्टेन्सीबाट हुने ठगी बढेको विभागका निर्देशक तथा सूचना अधिकारी गुरुदत्त सुवेदी बताउँछन् । दिनमा ३० देखि ४० जना यस्ता ठगीसँग सम्बन्धितहरु पक्राउ पर्ने गरेको उनी बताउँछन् । त्यसरी पक्राउ गरिएकाहरुलाई ३० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गरिने उनको भनाइ छ ।

‘विभिन्न प्रक्रिया पूरा गरेर पीडक पक्राउ पर्न कम्तीमा पनि एक महिनाजति लाग्छ,’ उनी भन्छन्, ‘यदि ठूलो रकम ठगी गरेको छ भने ‘रेड कर्नर नोटिस’ जारी गरेर पक्राउ परेका उदाहरण पनि छन् ।’ यद्यपि, उजुरी परेकामध्ये आधा पनि पक्राउ गर्न कठिन हुने उनी बताउँछन् ।
 


प्रकाशित मिति: मंगलबार, माघ २९, २०८१  १०:५४
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP