Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #छायानाथ अल्ट्रा रेस
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • ल्होछारमा राष्ट्रपतिको ऐतिहासिक कदम
ल्होछारमा राष्ट्रपतिको ऐतिहासिक कदम
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १७, २०८१

मंगलबार राष्ट्रपति कार्यालय शितलनिवासमा लामा धुन गुञ्जियो । एकछिनमा ताम्बाहरुले साङ सेरगेम गरे अनि बोम्बोहरुको ढ्यांग्रोको आवाज गुञ्जियो । ल्होछारको अवसरमा पूजापाठ चलिरहँदा लुङ्दरले राष्ट्रपति निवासको प्रांगण झकिझकाउ र रंगीचंगी देखिएको थियो । सायद शितलनिवासमा पहिलोपटक यसरी जनजातिको संस्कृति झल्किएको हो ।

राष्ट्रप्रमुखको निवासमा प्रायः महान् भनिएको चाड दसैंमामात्र यस्तो मेला लाग्थ्यो । राष्ट्रपतिबाट टीका र जमरा लगाउन सर्वसाधारण लाइन लागेर जानुपथ्र्यो । त्यसमा पनि निश्चित पोसाक लगाएर । नभए प्रधानमन्त्री र मन्त्रीस्तरबाट टुँडिखेलमा मुस्किलले सहभागिता हुन्थ्यो । त्यसमा पनि जातिवादी देखिने हो कि भन्दै डराउँथे प्रधानमन्त्री तथा मन्त्रीहरु । तर मंगलबार तामाङ पोसाक लगाएर राष्ट्रपति रामचन्द्र पौडेल शितलनिवासको अगाडि प्रकट भए । सुरक्षाका कारण उक्त स्थानमा सेना कार्यक्रम गर्न तयार थिएनन् । हुन पनि राष्ट्रपति र प्रधानमन्त्रीको शपथग्रहणका समयमा मात्र प्रयोग गरिने उक्त स्थानमा सर्वसाधारणलाई मोबाइल चलाउन निषेध थियो । भिडमा ती स्थानको दृश्य कैद हुने डर सुरक्षा संयन्त्रलाई थियो ।

तर राष्ट्रपति पौडेलले जनताबाट राष्ट्रपति निवास असुरक्षित ठानेनन् । डम्फु र ढ्यांग्रो बोकेर शीतलनिवास छिरेका तामाङ समुदायसँग खुलेर सोनाम ल्होछारको पूजापाठमा सहभागी भए । दसैंकै शैली हो भने राष्ट्रपतिले सोनाम ल्होछारको दिन आशीर्वाद दिएर सर्वसाधारणलाई ढोगभेट दिनुपर्ने हो । तर राष्ट्रपतिले तामाङ समुदायकै लामा गुरु, ताम्बा र बोम्बोबाट प्रसाद ग्रहण गरे । 

Hardik health

यो ऐतिहासिक परम्पराको सुरुआत भयो । नेपालको जनसंख्याको पाँचौं ठूलो जाति तामाङलगायत बौद्ध धर्मालम्बीहरुको चाडलाई यसरी अपनत्व लिनु राष्ट्रपति पौडेलको मननीय कदम हो । यसअघि गणतन्त्रपछि तीन दुई जना राष्ट्रपति चुनिए । तर दुवै राष्ट्रपतिले राजाकै शैलीमा अरु जातिका चाडलाई महत्व  दिएनन् । राष्ट्रपति पौडेलले भने शितलनिवासमै ल्होछारलाई भित्र्याएर महानता देखाएका छन् ।

राष्ट्रपतिले तामाङ समुदायको मात्र नभएर हरेक जातजातिको चाड यसरी नै मनाइदिनुपर्छ । राष्ट्रप्रमुख देशका अभिभावक हुन् । त्यसैले पनि जनताले यतिको अपनŒव लिने अभिभावक खुसीका साथ मनपराउँछन् पनि । राष्ट्रपति निवासको भूमि पूजा भएसँगै यो भूमि पवित्र भएको छ । तामाङहरु आफ्ना पूर्खालाई मात्र हैन प्रकृतिलाई पनि पुज्छन् । मंगलबार बोम्बोहरुले याम्बु अर्थात् काठमाडौंलाई सम्बोधन गर्दै राष्ट्रपति भवन क्षेत्रलाई राम्रो होस् भनी पूजासमेत गरेका थिए । यसरी तामाङ समुदायको संस्कृतिलाई अपनŒव लिनु राष्ट्रपति पौडेलको सरहनीय कदम हो । यस्तो कदमले निरन्तरता पाओस् । 
 


प्रकाशित मिति: बिहीबार, माघ १७, २०८१  १४:०६
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सभामुखबाट भूमिका तटस्थ होस् 
सभामुखबाट भूमिका तटस्थ होस्  शुक्रबार, जेठ ८, २०८३
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक
संसद्प्रतिको उदासीनता लोकतन्त्रका लागि घातक बिहीबार, जेठ ७, २०८३
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर
विभेदकारी विज्ञापन नीति तत्काल खारेज गर सोमबार, जेठ ४, २०८३
बेरुजुको चाङभित्रको वित्तीय अराजकता
बेरुजुको चाङभित्रको वित्तीय अराजकता आइतबार, जेठ ३, २०८३
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन
प्रधानमन्त्री संसदप्रति उत्तरदायी बन शुक्रबार, जेठ १, २०८३
आगामी बजेटले तय गर्नुपर्ने ‘रोडम्याप’
आगामी बजेटले तय गर्नुपर्ने ‘रोडम्याप’ बिहीबार, वैशाख ३१, २०८३
संसद्मा प्रधानमन्त्रीको अशोभनीय व्यवहार
संसद्मा प्रधानमन्त्रीको अशोभनीय व्यवहार मंगलबार, वैशाख २९, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP