Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • विवादको भूमरीमा ऊर्जामन्त्री
विवादको भूमरीमा ऊर्जामन्त्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १४, २०८१

ऊर्जामन्त्री दिपक खड्का मन्त्री बनेयता दैनिक विवादमा तानिएका छन् । कहिले स्काउटको जग्गा कब्जा गरेको विषयमा त कहिले विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई कारबाहीको धम्की दिएर । हुँदाहुँदा खड्का विद्युत् आयोजना आफूलाई पार्न सेटिङ कसेको विषयमा पनि विवादमा तानिए । जगदुल्ला जलविद्युत् आयोजनाको १६ अर्ब रुपैयाँको ठेक्कामा मिलेमतो गरी ठेकेदारबीच चेक लेनदेन गराएको विषय सेलाउन नपाउँदै खड्काले स्वार्थ बाझिनेगरी आफ्नै मन्त्रालयअन्तर्गतको विधेयक आफ्नो रिसोर्टमा लगेर छलफल चलाए ।

काठमाडौंको बूढानीलकण्ठमा रहेको होलिडे इन रिसोर्ट मन्त्री खड्काकै लगानीमा खुलेको रिसोर्ट हो । उक्त रिसोर्टमा गत माघ ७ र ८ गते मन्त्रालयकै आयोजनामा जलस्रोत विधेयकमाथि समितिले आवासीय छलफल ग¥यो । सामान्यतया मन्त्रालय र सांसदहरूबीच विधेयकमाथिको छलफल संसदीय समितिकै हलमा हुन्छ । तर खड्काले आफ्नो रिसोर्टमा मन्त्रालयको तर्फबाट विधेयकमाथि छलफल आयोजना गराएका हुन् । आफ्नै रिसोर्ट, आफ्नै मन्त्रालयको विधेयक । मन्त्रीलाई कसले छेक्ने ?अझ उक्त आवासीय छलफलमा सत्तारुढ दलका नेताहरुले विपक्षी दलका नेताहरुलाई छलफलको विषय बाहिर नलान चेतावनी दिएका थिए । यद्यपि जति लुकाउन खोजे पनि उक्त घटना लुकेन । 

मन्त्री खड्काविरूद्ध पूर्वाधार समितिमा एक महिनाअघि नै छानबिनको माग गर्दै उजुरी परेको छ । ४५४ मेगावाटको किमाथांका अरूण जलविद्युत् आयोजना र एक हजार ९०२ मेगावाटको  मुगु कर्णाली जलाशययुक्त आयोजनाको विषयमा सूचना निकाल्नुअघि नयाँ कार्यविधि निर्माण गरिएको र सेटिङमा आयोजना दिनेगरी अघि बढाइएको उजुरीमा उल्लेख छ । पुस १२ गते दिइएको उजुरीमा छानबिन माग गरिएको थियो । तर, परेको उजुरीमाथि मन्त्रीसँग सोधपुछ गर्नुको साटो समितिका सांसदहरू मन्त्रीकै होटलमा पुगेर मन्त्रालयसँग सम्बन्धित विधेयकमाथि छलफल गरे ।

Sonam Lhosar
Hardik health

उक्त समितिमा पूर्वमन्त्रीहरुसमेत सहभागी थिए । अहिले यो घटनालाई सामसुम पार्न मन्त्री खड्काले विभिन्न लेपन लगाइरहेका छन् । केही काम गर्न नसकेको सरकारले विवादित मन्त्रीको विषयमा पनि केही बोल्न सकेको छैन । यस्तो विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले पनि केही न केही कदम चाल्नुपर्ने हो । यसैगरी सुशासनको पक्षधर मानिने नेपाली कांग्रेस पनि यस विषयमा मौन छ । यस्तो उदेकलाग्दा काम गर्ने मन्त्री र आफ्नो नेतालाई कांग्रेस र सरकारले तत्काल कारबाही नगर्नुको कारण के हो ?
 


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १३:३३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
महागनरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा
भरतपुर अस्पतालमा बिरामीको चाप
भरतपुर अस्पतालमा बिरामीको चाप
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP