Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #कांग्रेसका संस्थाइतर
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #नेपाली कांग्रेसको संस्थापनइतर
  • #गगनकुमार थापा
  • #माएदा तोरु
  • #सुनिल लम्साल
  • #जाइका
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • ‘सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ’
‘सरकार अर्थतन्त्रका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिसमा छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, माघ १०, २०८१

काठमाडौं -  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले वर्तमान सरकार अर्थतन्त्रमा देखिएका समस्या चिन्दै चिर्दै अघि बढ्ने कोसिस गरिरहेको बताउनुभएको छ । 

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ६०औँ वार्षिकोत्सवलाई आज यहाँ सम्बोधन गर्दै उनले दबाबमा रहेको अर्थतन्त्रलाई सुदृढ बनाउन केही सफलता हासिल भएको र थप उपलब्धिका लागि सरकार प्रयत्नशील रहेको बताए ।
       
उपप्रधानमन्त्री पौडेलले समग्र अर्थतन्त्रलाई चलायमान बनाउँदै उत्पादन र उत्पादकत्व वृद्धि तथा रोजगारी सिर्जनाबाट सबल राष्ट्रिय अर्थतन्त्र निर्माण गर्नेतर्फ सरकार अघि बढिरहेको स्पष्ट पारे ।

 “वर्तमान सरकार औसत काम गरेर दिन बिताउने पक्षमा छैन, समस्याका चाङ पन्छाएर छोटो अवधिमै दूरगामी महत्वका उपलब्धि आर्जन गर्न चाहन्छ”, उपप्रधानमन्त्री पौडेलले भने, “निराशालाई आशामा बदल्न सरकारले नीतिगत तथा कानुनी सुधार गरिरहेको छ ।”
 
सरकारको तीव्र आर्थिक विकासको योजनालाई साकार बनाउन राष्ट्रिय वाणिज्य बैंकको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्दै अर्थमन्त्री पौडेलले तरलतालाई उत्पादन र उत्पादकत्व वृद्धि, रोजगारी सृष्टीमा परिचालित गर्न निर्देशन दिए ।

Hardik health

सरकार परिणाममुखी कामका लागि तीव्र गतिमा काम गर्न चाहन्छ भन्ने यसअघिका कामकारबाही र निर्णयबाट पुष्टि भइसकेको जनाउँदै उहाँले गुणस्तरीय सेवा प्रवाह र सुशासन, विदेशी लगानीलाई प्रोत्साहन गर्न अध्यादेशमार्फत ३२  कानुन संशोधन गरिएको स्पष्ट पारे ।

कडा मेहनत र परिश्रमबाट असाधारण  उपलब्धि हासिल गर्ने दिशामा खट्न निर्देशन दिँदै उपप्रधानमन्त्री पौडेलले बैंकको प्रगति र प्रतिष्ठा व्यवस्थापन र कर्मचारीको पहिलो प्राथमिकता हुनुपर्ने बताए ।

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केही बैंक र वित्तीय संस्था समस्याग्रस्त छन् भनेर फैलाइएको हल्लामा कुनै सत्यता नभएको बताए । समस्याग्रस्त संस्थाको व्यवस्थापन नियामकको हिसाबले राष्ट्र बैंकले गर्ने जनाउँदै उनले भने, “बाह्य हल्लाका पछाडि लाग्नुहुँदैन, अतारचढाव आउन सकन्छन्, त्यो स्वभाविक हो, नियामकले नजिकबाट हेरिरहेको छ, कुनै पनि निक्षेपकर्तालाई डुब्न दिइँदैन ।”
 
बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले नवीन सोच र संकल्पका साथ रावा बैंक आजको प्रतिस्पर्धी बजारमा आफूलाई अब्बल सावित गर्न सफल भएको बताए । उनले खराब कर्जाको व्यवस्थापन, मानव संशाधन, ग्राहक सेवा, कर्जाको गुणस्तर, संस्थागत सुशासन, आन्तरिक नियन्त्रण प्रणाली, जोखिम व्यवस्थापन, नियामकीय निर्देशनको पालनालगायत क्षेत्रमा बैंकले सुधार गर्दै लगिरहेको बताए।

देशभैभर दुई सय ९४ शाखा रहेको सो बैंकले ७७ वटै जिल्लामा ४६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा दिँदै आइरहेको छ । चालु आवको पुस मसान्तसम्म बैंकको कुल निक्षेप रु चार खर्ब ५० अर्ब, कुल कर्जा सापट रु दुई खर्ब ८४ अर्ब, चुक्ता पुँजी रु १५ अर्ब ६३ करोड, कुल सम्पत्ति रु पाँच खर्ब २६ अर्ब तथा नेटवर्थ रु दुई अर्ब ५५ करोड रहेको सो अवसरमा जानकारी दिइयो ।
 
सो अवसरमा उपप्रधानमन्त्री पौडेलले कोहलपुर र महेन्द्रनगर शाखाका नवनिर्मित भवन र विभिन्न २७ शाखाको डिजिटल कारोबारको ‘भर्चुअल’ माध्यमबाट उद्घाटन गरेका थिए । त्यसक्रममा उपप्रधानमन्त्री पौडेलले बैंकले प्रशान गरेको स्मारिका ‘उपहार २०८१’ विमोचन गरेका थिए । समारोहमा बैंकमा २० वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीलाई दीर्घ सेवा पदक र उत्कृष्ट कर्मचारी तथा शाखा कार्यालय र सेवानिवृत्त ज्येष्ठतम् कर्मचारीलाई सम्मान गरिएको थियो ।

 


प्रकाशित मिति: बिहीबार, माघ १०, २०८१  १७:२८
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न
हुलाकी राजमार्ग निर्माण अन्तिम चरणमा, २४ पुल सम्पन्न आइतबार, साउन १७, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध आइतबार, साउन १७, २०८३
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक
तरलता व्यवस्थापनका निम्ति २५ अर्ब निक्षेप संकलन गर्दै केन्द्रीय बैंक शुक्रबार, साउन १५, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध शुक्रबार, साउन १५, २०८३
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध
पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग अवरुद्ध बिहीबार, साउन १४, २०८३
सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध
सुक्खा पहिरोबाट कर्णाली राजमार्ग अवरुद्ध बुधबार, साउन १३, २०८३
ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह
ढुक्क भएर लगानी विस्तार गर्न उद्योगी-व्यवसायीहरूलाई अर्थमन्त्रीको आग्रह बुधबार, साउन १३, २०८३
लोकप्रिय
  • Week
  • Month
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
‘अव्यावहारिक कानुन नबदलिए व्यवसाय बन्द गर्न बाध्य हुन्छौं’
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP