Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
विश्व
  • Home
  • विश्व
  • सिरियामा बेपत्ता पत्रकारको खोजीका लागि सिरियाली नयाँ नेताद्वारा प्रतिवद्धता
सिरियामा बेपत्ता पत्रकारको खोजीका लागि सिरियाली नयाँ नेताद्वारा प्रतिवद्धता
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ७, २०८१

दमास्कस- सिरियामा सन् २०१२ मा बेपत्ता भएका अमेरिकी पत्रकार अस्टिन टाइसकी आमा डेब्रा टाइसले सोमबार दमास्कसमा युद्धग्रस्त सिरियाको नयाँ नेतृत्व आफ्नो छोराको खोजीका लागि प्रतिबद्ध रहेको बताएका छन्  । 

सन् २०१२ को अगष्टमा एक चेकप्वाइन्टमा पक्राउ परेका टाइस एजेन्स फ्रान्स–प्रेस(एएफपी), म्याकक्लाची न्यूज, द वासिङ्टन पोस्ट, सिबिएस र अन्य सञ्चार माध्यमका लागि स्वतन्त्र पत्रकारका रूपमा कार्यरत हुन्  ।

सिरियाका नयाँ नेता अहमद अल–शरासँगको वार्तापछि दमास्कसमा पत्रकारसँग कुरा गर्दै टाइसले भने, “मलाई सिरियाको नयाँ नेतृत्वसँग भेट्ने सौभाग्य प्राप्त भएको छ । सिरियाली नयाँ नेतृत्वले तपाईंहरूको पत्रकार (मेरो छोरा) लाई घर ल्याउन समर्पित र कटिबद्ध रहेको बताएको छ यसले मलाई असाध्यै खुसी बनाएको छ ।” 

Hardik health

उनले सोमबार अमेरिकी राष्ट्रपतिको रुपमा कार्यभार सम्हाल्नुभएका डोनाल्ड ट्रम्पको आगामी प्रशासनले आफ्नो छोरालाई स्वदेश फर्काउनका लागि काम गर्ने आशा व्यक्त गरे  ।  “आज नेता ट्रम्पले राष्ट्रपतिको सपथ लिनुहुनेछ र उहाँले सिरियाली सन्दर्भ र अमेरिकी नागरिकका बिषयमा एउटा पृष्ठ बदल्नुहुनेछ,” उनले भने  । 

उनले भने  “मलाई ठूलो आशा छ, ट्रम्प प्रशासन अस्टिनलाई घर फर्काउन लगनशीलरूपमा लाग्नेछ।”  “म राष्ट्रिय सुरक्षा सल्लाहकार माइक वाल्ट्ज र राष्ट्रपति विशेष दूत एडम लोगनसहित टोलीसँग नजिकबाट काम गर्न उत्सुक छु।” डेब्रा टाइसले आफू ट्रम्प प्रशासनसँग सहकार्य गर्न आतुर रहेको बताएका छन्  । 

उनले भने “उहाँका मानिसहरू मकहाँ पुगिसकेका छन्।” “मैले विगत चार वर्षदेखि यस्तो आश्वासन पाएको थिइन । यसैले म उनीहरूको सहयोग र संलग्नताको लागि धेरै उत्सुक छु, मलाई लाग्छ कि उनीहरू यसलाई छिटो गर्नेछन् ।” गत महिना अमेरिकी अधिकारीहरूले सिरियाको नयाँ नेतृत्वले टाइसको खोजीमा सहयोग गरेको बताएका थिए।

बन्धकहरूबारे अमेरिकी पोइन्टम्यान रोजर कास्र्टेन्सले भने , “हामीलाई लाग्छ कि अमेरिकी प्रशासनले उहाँ कहाँ हुनुहुन्छ पत्ता लगाउनु र उहाँलाई घर फर्काउनु उसको कर्तव्य हो ।” सिरियाली निरंकुश राष्ट्रपति बसर अल असदलाई सत्ताच्युत गरेपछि अमेरिकी अधिकारीहरूको दमास्कसको पहिलो भ्रमणका क्रममा कास्र्टेन्सले यस्तो टिप्पणी गरेका थिए । 

 


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १६:२४
प्रतिक्रिया दिनुहोस्
थप विश्व
सानो हमिङबर्डको अन्तिम आश्रय
सानो हमिङबर्डको अन्तिम आश्रय शुक्रबार, माघ ९, २०८२
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित
टी-२० विवादले भारतको ओलम्पिक सपना प्रभावित शुक्रबार, माघ ९, २०८२
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव
जापानको उपभोक्ता मूल्य २०२५ मा उच्च, ऊर्जा र खाद्य मूल्यमा उतार–चढाव शुक्रबार, माघ ९, २०८२
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने
रुस, युक्रेन र अमेरिका अबुधाबीमा वार्ता गर्ने शुक्रबार, माघ ९, २०८२
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै
इरान प्रदर्शनमा मृत्यु हुनेको सङ्ख्या पाँच हजार नाघ्यो, अमेरिकी ‘आर्मडा’ नजिकिँदै शुक्रबार, माघ ९, २०८२
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव
शान्ति बोर्डको प्रस्तावले ईयू-अमेरिका सम्बन्धमा तनाव शुक्रबार, माघ ९, २०८२
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता
डब्लुएचओबाट अमेरिका बाहिरियाे, विश्व स्वास्थ्यमा अनिश्चितता शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP