Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव
विर्तामोडमा अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ ७, २०८१

झापा - जिल्लाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडमा दुई लाख अवलोकनकर्ता भित्र्याउने लक्ष्यका साथ अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको तयारी पूरा भएको छ । कोशी प्रदेशकै अर्थतन्त्रलाई चलायमान तुल्याउने र स्थानीय उत्पादनको प्रवद्र्धन गरिने महोत्सवमा एक सय ५०सुविधासम्पन्न व्यापारिक प्रर्दशनी कक्ष रहने विर्तामोड उद्योग वाणिज्य सङ्घका अध्यक्ष राजु न्यौपानेले बताए ।

यही माघ ८ देखि १९ गतेसम्म विर्तामोडकोे वडा नं ५ मा महोत्सव सञ्चालन हुने भएको छ । जहाँ एक सय १८ प्रर्दशनी कक्ष अट्ने नेपालको सबैभन्दा ठूलो ह्याङ्गर प्रयोगमा ल्याइने भएको छ । हाल ‘बिर्तामोड अन्तर्राष्ट्रिय औद्योगिक व्यापार महोत्सव’को प्राविधिक तयारी अन्तिम चरणमा पुगेको छ । प्रर्दशनी कक्ष निर्माण सम्पन्न भइसकेको महोत्सव मूल आयोजक समितिका व्यवस्थापक ललित सिम्खडाले बताए  ।

“सार्क राष्ट्रका व्यवसायीले प्रर्दशनी कक्ष  राख्ने निधो भइसकेको छ,” उनले भने ,“स्थानीय उद्योगका उत्पादनले पनि व्यवसाय प्रवद्र्धनको राम्रो अवसर पाउनेछन् ।” महोत्सवमा सुनदेखि नूनसम्मका स्वदेशी उत्पादन र गाडीदेखि गार्मेन्टसम्मका विदेशी उत्पादन राखिएको प्रर्दशनी कक्ष अवलोकनकर्ताका लागि आकर्षणको केन्द्र बन्नेछन् ।

Hardik health

महोत्सवमा अवलोकनकर्ताको आगमन बढाउन मनोरञ्जनमूलक कार्यक्रमसमेत सञ्चालन गरिने भएको छ । हरेक दिन कलाकारको साङ्गीतिक प्रस्तुति रहने भएको छ भने स्थानीय मौलिक पहिचान झल्किने कार्यक्रम राखिने व्यवस्थापक सिम्खडाले जानकारी दिए । बिर्ता उद्योग वाणिज्य सङ्घले विगत लामो अवधिदेखि औद्योगिक तथा व्यापार महोत्सवको आयोजना गर्दै आएको छ ।

 


प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल
पुँजीगत खर्च घट्यो, राजस्वमा डेढ खर्बको खाडल शुक्रबार, माघ १६, २०८२
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन
हिमपातले अवरुद्ध कागबेनी-मुक्तिनाथ सडक सञ्चालन शुक्रबार, माघ १६, २०८२
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात
यस वर्ष पर्वतबाट ३२ करोडको सुन्तला निर्यात बिहीबार, माघ १५, २०८२
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध
हिमपातका कारण बुधबारदेखि मध्यपहाडी लोकमार्ग अवरुद्ध बिहीबार, माघ १५, २०८२
राष्ट्र बैंकले आज २० अर्ब निक्षेप तान्दै
राष्ट्र बैंकले आज २० अर्ब निक्षेप तान्दै बुधबार, माघ १४, २०८२
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी
लमजुङमा अलैँची बिक्रीबाट २४ करोड आम्दानी बुधबार, माघ १४, २०८२
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै
नवीकरणीय ऊर्जाका लागि सशक्त कानुन बनाइँदै मंगलबार, माघ १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP