Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #राष्ट्रिय अपांग महिला संघ
  • #मुग्लिन–पोखरा सडक
  • #विप्रेषण
  • #एचआइभी एड्स दिवस
  • #अन्तरराष्ट्रिय बैंक दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सत्ताको दाउपेजमा अल्झिएका नेताहरु
सत्ताको दाउपेजमा अल्झिएका नेताहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २, २०८१

नेपाली राजनीतिको मियो विकास हुनुपर्ने हो । तर शीर्ष नेताहरुको बोली सुन्दा यो सत्ताको दाउपेचबाहेक केही देखिन्न । कांग्रेसको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा एमाले नेतृत्वले सरकार चाँडै ढल्ने ठोकुवा गर्थे भने एमालेको सहयोगमा हुँदा कांग्रेसले । अहिले दाहालको सरकार ढलेर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । अब दाहाल पनि के कम– प्रायःजसो मञ्चमा ओली सरकार ढल्न कुनै समय बाँकी नरहेको ठोकुवा गर्छन् उनी । कहिले खबरदारीसभामा पुगेर सरकार कुहिएर झर्ने दाबी गर्छन् त कहिले पार्टीको बैठकमै ।

हुँदाहुँदा सोमबार सिन्धुपाल्चोकको सुकुटे पुगेका दाहालले मंगलबार ओली सरकार ढल्नै लागेको बताउन भ्याए । खासै काम नभएको सरकारलाई बरु दाहालले यस्तै अभिव्यक्ति दिएर काम दिएकोझैं देखिन्छ । किनकि प्रायजसो मञ्चमा प्रधानमन्त्री ओलीको काम हुन्छ– दाहालको भाषणको जवाफ दिनु ।

दाहालको दाबीलाई ओलीको जवाफ हुन्छ– काम गर्न नदिने प्रपञ्च । संयोग हो या सेटिङ, दुवै नेताको बोली सत्य सावित भइरहेको देखिन्छ । दाहालले काम गर्न नदिन भन्दै सरकार ढलिहाल्छ भनिरहने, यसको जुहारी खेल्दै ओलीले कामै नगर्ने । अहिले भइहेकै यही छ । कांग्रेस र एमाले मिलेर झण्डै दुईतिहाइको सरकार बनेको छ महिना पूरा भयो । तर सरकारले न त विकासका काम गर्न सक्यो न त संघीयता कार्यान्वयनमा लैजान आवश्यक कानुन बनाउन । बरु सदन खुलाउन छाडेर अध्यादेश ल्याउँदै सत्ता चलाइरहेको छ यो गठबन्धनले । 

Hardik health

विकासको नाममा कुनै परियोजना अघि बढाउन सकेको छैन । सरकार विद्युत् प्राधिकरणमा किचलो गर्ने, भर्खरै बन्दै गरेको पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँध्नेजस्ता सानातिना काममा अल्झेको देखिन्छ । शक्तिशाली पार्टी मिलेर सत्ता सञ्चालन भइरहेको बेला कूटनीति लाजमर्दो तरिकाले बिग्रेको छ । यस्तो अवस्थामा पनि न त कूटनीति सुधार्ने पक्षमा लागेको छ न त आफ्नो कमजोरी देखाउनै ।

कानुन बनाउन, समस्याका छिद्र पत्ता लगाउन जनताले चुनेर पठाएका प्रतिनिधिको यो तालले देशको उन्नति हुने चाल देखिन्न । देशको आर्थिक अवस्था दिनप्रतिदिन ओरालो लागेको छ । यस्तो अवस्थामा पनि सत्ताकै जुहारी चलाउनु विलकुल गलत छ । आफू जहाँ जस्तो अवस्थामा छ त्यहीबाट जनताको काम गरौं, देशको लागि काम गरौं । सरकार ढल्छ र टिक्छ भनेर भाषणबाजी छाडेर काममा खटे पक्कै जनताले पुरस्कृत गर्ने छ नै, नभए प्रस्ट छ जुनसुकै पार्टी होस् दण्डको भागीदार बन्नुपर्ने छ ।
 


प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल
विदेशमा घरेलु कामदारमाथि हुने हिंसा न्यूनीकरण गर्न कदम चाल शुक्रबार, मंसिर १९, २०८२
पुराना दललाई वैकल्पिक दलको चुनौती
पुराना दललाई वैकल्पिक दलको चुनौती बिहीबार, मंसिर १८, २०८२
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ
महिला हिंसाविरुद्ध बोलौं, न्यूनीकरणमा जोड दिऊ मंगलबार, मंसिर १६, २०८२
निर्वाचनको वातावरण बनाऊ
निर्वाचनको वातावरण बनाऊ सोमबार, मंसिर १५, २०८२
रिटायरहरुको क्लब बन्दै दल 
रिटायरहरुको क्लब बन्दै दल  आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षण निःशुल्क गर शुक्रबार, मंसिर १२, २०८२
सुरक्षाकर्मीको आत्मबल बढाउ
सुरक्षाकर्मीको आत्मबल बढाउ बिहीबार, मंसिर ११, २०८२
लोकप्रिय
  • Week
  • Month
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
मेयर बालेन्द्र शाहलाई पितृशोक
मेयर बालेन्द्र शाहलाई पितृशोक
सुनकाे मूल्यमा नयाँ रेकर्ड
सुनकाे मूल्यमा नयाँ रेकर्ड
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
पाख्रिन तामाङ समाजको सिन्धुपाल्चोक शाखामा अध्यक्ष जगबहादुर पाख्रिन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP