Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सत्ताको दाउपेजमा अल्झिएका नेताहरु
सत्ताको दाउपेजमा अल्झिएका नेताहरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ २, २०८१

नेपाली राजनीतिको मियो विकास हुनुपर्ने हो । तर शीर्ष नेताहरुको बोली सुन्दा यो सत्ताको दाउपेचबाहेक केही देखिन्न । कांग्रेसको सहयोगमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा एमाले नेतृत्वले सरकार चाँडै ढल्ने ठोकुवा गर्थे भने एमालेको सहयोगमा हुँदा कांग्रेसले । अहिले दाहालको सरकार ढलेर एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । अब दाहाल पनि के कम– प्रायःजसो मञ्चमा ओली सरकार ढल्न कुनै समय बाँकी नरहेको ठोकुवा गर्छन् उनी । कहिले खबरदारीसभामा पुगेर सरकार कुहिएर झर्ने दाबी गर्छन् त कहिले पार्टीको बैठकमै ।

हुँदाहुँदा सोमबार सिन्धुपाल्चोकको सुकुटे पुगेका दाहालले मंगलबार ओली सरकार ढल्नै लागेको बताउन भ्याए । खासै काम नभएको सरकारलाई बरु दाहालले यस्तै अभिव्यक्ति दिएर काम दिएकोझैं देखिन्छ । किनकि प्रायजसो मञ्चमा प्रधानमन्त्री ओलीको काम हुन्छ– दाहालको भाषणको जवाफ दिनु ।

दाहालको दाबीलाई ओलीको जवाफ हुन्छ– काम गर्न नदिने प्रपञ्च । संयोग हो या सेटिङ, दुवै नेताको बोली सत्य सावित भइरहेको देखिन्छ । दाहालले काम गर्न नदिन भन्दै सरकार ढलिहाल्छ भनिरहने, यसको जुहारी खेल्दै ओलीले कामै नगर्ने । अहिले भइहेकै यही छ । कांग्रेस र एमाले मिलेर झण्डै दुईतिहाइको सरकार बनेको छ महिना पूरा भयो । तर सरकारले न त विकासका काम गर्न सक्यो न त संघीयता कार्यान्वयनमा लैजान आवश्यक कानुन बनाउन । बरु सदन खुलाउन छाडेर अध्यादेश ल्याउँदै सत्ता चलाइरहेको छ यो गठबन्धनले । 

Hardik health

विकासको नाममा कुनै परियोजना अघि बढाउन सकेको छैन । सरकार विद्युत् प्राधिकरणमा किचलो गर्ने, भर्खरै बन्दै गरेको पार्टीका सभापति रवि लामिछानेमाथि प्रतिशोध साँध्नेजस्ता सानातिना काममा अल्झेको देखिन्छ । शक्तिशाली पार्टी मिलेर सत्ता सञ्चालन भइरहेको बेला कूटनीति लाजमर्दो तरिकाले बिग्रेको छ । यस्तो अवस्थामा पनि न त कूटनीति सुधार्ने पक्षमा लागेको छ न त आफ्नो कमजोरी देखाउनै ।

कानुन बनाउन, समस्याका छिद्र पत्ता लगाउन जनताले चुनेर पठाएका प्रतिनिधिको यो तालले देशको उन्नति हुने चाल देखिन्न । देशको आर्थिक अवस्था दिनप्रतिदिन ओरालो लागेको छ । यस्तो अवस्थामा पनि सत्ताकै जुहारी चलाउनु विलकुल गलत छ । आफू जहाँ जस्तो अवस्थामा छ त्यहीबाट जनताको काम गरौं, देशको लागि काम गरौं । सरकार ढल्छ र टिक्छ भनेर भाषणबाजी छाडेर काममा खटे पक्कै जनताले पुरस्कृत गर्ने छ नै, नभए प्रस्ट छ जुनसुकै पार्टी होस् दण्डको भागीदार बन्नुपर्ने छ ।
 


प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १२:२३
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निपाहको जोखिम नियन्त्रण गर
निपाहको जोखिम नियन्त्रण गर बुधबार, माघ २१, २०८२
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत
स्वास्थ्य बिमामा बोझ, सरकारको बदनियत मंगलबार, माघ २०, २०८२
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर
ग्यासको कृत्रिम अभाव नियन्त्रण गर सोमबार, माघ १९, २०८२
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ
निर्वाचनसँगै बजेट कार्यान्वयनमा ध्यान देऊ आइतबार, माघ १८, २०८२
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP