Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
समाचार
  • Home
  • समाचार
  • रविसहित ५१ जना प्रतिवादी, डेढ अर्ब बिगोको राय
सहकारीको बचत अपचलन प्रकरण रविसहित ५१ जना प्रतिवादी, डेढ अर्ब बिगोको राय
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, पुस २, २०८१

६५ जना प्रतिवादीमध्ये १४ जना प्रतिवादीको नाम खुलेको छ तर ठेगाना खुलेको छैन । ५१ जनाविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणअन्तर्गत कारबाहीको माग गरिएको छ ।
वसन्तकुमार शर्मा
प्रवक्ता, कास्की प्रहरी

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित ५१ जनालाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाउन सरकारी वकिल कार्यालयलाई कास्की प्रहरीले राय दिएको छ । उनीहरूबाट सहकारी ठगीमा एक अर्ब ५१ करोड ४० लाख ९४ हजार रुपैयाँ बिगो दाबी गर्न पनि प्रहरीको राय छ ।

पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनीहरूको संलग्नता अनुसन्धानको क्रममा देखिएको प्रहरीको दाबी छ । तर, सहकारी ठगीमा भने ६५ जनाको संलग्नता देखिएको थियो । त्यसमध्ये १४ जनाको नाम खुलेको तर ठाउँ नखुलेको हुनाले मुद्दा चलाउन राय नदिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए । उनका अनुसार ठेगाना खुलेको बखत अनुसन्धान गरेर प्रहरीले पूरक प्रतिवेदन पेस गर्ने छ ।

उनले प्रभावसँग भने, ‘हामीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गरेका थियौं । अनुसन्धान गर्ने क्रममा फेला परेका सबुत प्रमाणहरू विश्लेषण गरेका छौं र अनुसन्धान प्रतिवेदनमा सामेल गरेका छौं । ६५ जना प्रतिवादीमध्ये १४ जना प्रतिवादीको नाम खुलेको छ तर ठेगाना खुलेको छैन । ५१ जनाविरुद्ध ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणअन्तर्गत कारबाहीको माग गरिएको छ ।’

Hardik health

मुद्दा चलाउन राय दिएकामध्ये ३७ जना फरार छन् । १४ जनामात्रै पक्राउ परेका छन् । कास्की प्रहरीले ८६ दिनसम्म अनुसन्धान गरेर वकिल कार्यालयमा प्रतिवेदन बुझाएको हो । प्रतिवेदनको आधारमा वकिल कार्यालयले चार दिनभित्र जिल्ला अदालत कास्कीमा प्रतिवादीहरूविरुद्ध आरोपपत्र दायर गर्नुपर्ने छ । प्रतिवादीमध्येमै पूर्वडिआइजीसमेत रहेका छविलाल जोशी छन् । 

जोशीलाई ६ असोजमा प्रहरीले काठमाडौंको शंखमुल क्षेत्रबाट पक्राउ गरेको थियो । लामिछानेलाई भने २ कात्तिकमा पार्टी केन्द्रीय कार्यालय बनस्थलीबाट पक्राउ गरिएको थियो । उनीहरू ४ असोजमा सहकारीको बचत अपचलनबारे छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिले बुझाएको प्रतिवेदनमा सहकारी बचत अपचलनमा जिम्मेवार रहेको किटान गरिएको थियो । उक्त प्रतिवेदन कार्यान्वयन गरेको सरकारले छविपछि रविलाई पक्राउ गराएको हो ।

प्रतिवादीमा नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, गोर्खा मिडिया ग्रुपका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राईलगायत छन् । रवि, छवि र जिबी पोखराको सूर्यदर्शन, बुटवलको सुप्रिम, काठमाडौंको स्वर्णलक्ष्मी, चितवनको साहारा, वीरगञ्जको सानो पाइला र नेपालगञ्जको समानता सहकारीको रकम गोर्खा मिडियामा लगेर अपचलन गर्ने काममा जिम्मेवार रहेको समिति प्रतिवेदनले औंल्याएको थियो । त्यसपछि उनीहरूमाथि अनुसन्धान अघि बढाइएको थियो ।

त्यही क्रममा पहिले छवि र त्यसपछि क्रमशः छवि र रवि पक्राउ परे । अन्ततः कास्की प्रहरीले बुझाएको प्रतिवेदनका आधारमा वकिल कार्यालयले आगामी शुक्रबारसम्ममा अदालतमा मुद्दा दायर गरिसक्नुपर्ने भएको छ । किनभने कुनै पनि आरोपीलाई ९० दिनभन्दा बढी अवधि हिरासतमा राख्न मिल्दैन । आगामी शनिबार जोशीलाई पक्राउ गरेको ९० दिन हुँदै छ । त्यही भएर शुक्रबारसम्म आरोपपत्र अदालतमा दायर गर्ने कार्यालयको तयारी रहेको वकिल कार्यालयकी प्रवक्ता कमला काफ्लेले बताइन् । 

लामिछानेविरुद्ध कास्की जिल्ला अदालतले २ कात्तिकमा पक्राउ पुर्जी जारी गरेको थियो । लगत्तै पक्राउ गरेर उनलाई पोखरा चलान गरिएको थियो । ४ असोजको दिन बचत अपचलनमा जिम्मेवार ठहरिएको थियो । त्यस आधारमा पक्राउ परेका उनीविरुद्ध ४ कात्तिक पहिलोपटक छ दिन म्याद थप गरिएको थियो । ८ कात्तिकमा दोस्रोपटक सात दिन, २० कात्तिकमा तेस्रोपटक १० दिन, २५ कात्तिक मा चौथोपटक १३ दिन र २५ कात्तिकमा पोखराबाट भैरहवा लगेर बयान लिइएको थियो ।

यसपछि ९ मंसिरमा पाँचांैपटक १५ दिन म्याद थप, १३ मंसिरमा पोखराबाट काठमाडौं ल्याएर बयान, १८ मंसिरमा काठमाडौंबाट चितवन लगेर बयान, २३ मंसिरमा छैटौंपटक चार दिन, २४ मंसिर पोखराबाट पर्सा लगियो । सोही दिन उनको बयान भयो । २६ मंसिरमा पर्सा–काठमाडौं हुँदै पोखरा लगिएको र २७ मंसिरमा सातौंपटक पाँच दिन म्याद गरिएको थियो । 

अन्ततः १ पुसमा अनुसन्धान प्रतिवेदन प्रहरीले वकिल कार्यालयमा बुझाएको शर्माको भनाइ छ । लामिछानेले भने हालसम्म इन्कारी बयान दिएका छन् । सहकारीको बचत अपचलनमा आफ्नो संलग्नता नरहेको दाबी गरेका छन् । तर, यहीबीचमा प्रहरीले सहकारीको ऋण तिर्न काटेको चेक फेला पारेको छ । त्यसलाई प्रहरीले लामिछाने सहकारी ठगीमा संलग्न भएको पुष्टि हुने प्रमाण ठानेको छ । यद्यपि, रविको इन्कारी जारी छ । 

रविसँगै जिबी र छविले गोर्खा मिडिया नेटवर्कमार्फत ग्यालेक्सी फोरके टेलिभिजन स्थापना गरेर देशका विभिन्न सहकारीबाट गैरकानुनी रुपमा गोर्खा मिडियामा पैसा लगेर अपचलन गरेको आरोपमा अनुसन्धान भइरहेको छ । 

प्रहरी हिरासतमा रविको दुई महिना
४ असोज – बचत अपचलनमा संसदीय समितिबाट जिम्मेवार ठहर
२ कात्तिक – कास्कीमा पक्राउ पुर्जी जारी
२ कात्तिक – काठमाडौंमा पक्राउ 
३ कात्तिक – कास्कीको पोखरामा लगियो
४ कात्तिक – पहिलोपटक छ दिन म्याद थप
८ कात्तिक – दोस्रोपटक सात दिन म्याद थप
२० कात्तिक – तेस्रोपटक १० दिन म्याद थप
२५ कात्तिक – चौथो पटक १३ दिन म्याद थप
२५ कात्तिक – पोखराबाट भैरहवा लगेर बयान
९ मंसिर – पाँचौ पटक १५ दिन म्याद थप
१३ मंसिर – पोखराबाट काठमाडौं ल्याएर बयान
१८ मंसिर – काठमाडौंबाट चितवन लगेर बयान
२३ मंसिर – छैंटौं पटक चार दिन म्याद थप
२४ मंसिर – पोखराबाट पर्सा लगियो
२५ मंसिर – पर्सामा बयान
२६ मंसिर – पर्सा–काठमाडौं हुँदै पोखरा लगियो
२७ मंसिर – सातौंपटक पाँच दिन म्याद थप 
१ पुस – अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालयमा पेस


प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ११:१३
#रवि लामिछाने #सहकारी ठगी प्रकरण
प्रतिक्रिया दिनुहोस्
थप समाचार
जियोकले ३५ जिल्लाका दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै
जियोकले ३५ जिल्लाका दुई सय ५० पालिकामा निर्वाचन पर्यवेक्षण गर्दै शुक्रबार, माघ ९, २०८२
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल
मध्यवर्ती क्षेत्रमा पशुचौपाया जोगाउनै मुस्किल शुक्रबार, माघ ९, २०८२
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए
देशभरका निर्वाचन क्षेत्रबाट ४९ उम्मेदवारले मनोनयन फिर्ता लिए शुक्रबार, माघ ९, २०८२
राष्ट्रियसभामा तीन अध्यादेश पेस
राष्ट्रियसभामा तीन अध्यादेश पेस शुक्रबार, माघ ९, २०८२
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान
स्याउ बगैँचा व्यवस्थापनमा जुटे किसान शुक्रबार, माघ ९, २०८२
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो
शुक्लाफाँटामा जलपन्छीको सङ्ख्या बढ्यो शुक्रबार, माघ ९, २०८२
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न
२५औं सशस्त्र प्रहरी दिवस २०८२  सम्पन्न शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP