Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • अभिमुखीकरण तालिमलाई राष्ट्रिय परिचयपत्रसँग जोड्दै विभाग
अभिमुखीकरण तालिमलाई राष्ट्रिय परिचयपत्रसँग जोड्दै विभाग
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर २१, २०८१

काठमाडौं– सरकारले वैदेशिक रोजगारीमा जानुपूर्व लिइने अभिमुखीकरण तालिमलाई व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले राष्ट्रिय परिचयपत्र प्रणालीमा जोड्ने तयारी गरेको छ । यसको लागि वैदेशिक रोजगार विभाग र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबीच संयुक्त बैठक बसी प्राविधिक तयारीका लागि आवश्यक कार्य सुरु गरिएको छ ।

अभिमुखीकरण तालिमलाई रााष्ट्रिय परिचयपत्र प्रणालीसँग जोड्न आवश्यक कार्य गर्ने गरी दुबै विभागको संयुक्त बैठकले १५ दिनअघि निर्णय गरेको वैदेशिक रोजगार विभागका निर्देशक एवं सूचना अधिकारी गुरुदत्त सुवेदीले बताए । ‘अभिमुखीकरण तालिममा सहभागीको ‘फेसटाइम एटेन्डेन्स’ र ‘आइरिस रिकग्निसन’ प्रणालीलाई राष्ट्रिय परिचयपत्रको प्रणालीसँग जोड्न १०/१५ दिन देखि नै प्राविधिक काम भइरहेको छ,’ उनले भने, ‘तालिममा सहभागी नै नभई प्रमाणपत्र लिने गरेको भन्दै अभिमुखीकरण सम्बन्धी चौतर्फी गुनासो बढेपछि यसलाई व्यवस्थित र परादर्शी बनाउने उदेश्यले राष्ट्रिय परिचयपत्र प्रणालीमा जोड्ने निर्णय गरिएको हो ।’

अभिमुखीकरण तालिममा सहभागी नै नभई प्रमाणपत्र लिने गरेको पाइएको भन्दै विभागले गत असोज २९ गतेबाट आइरिस प्रणाली लागू गर्ने निर्णय गरेको थियो । यसअघि (एक वर्ष) देखि नै उक्त प्रणाली लागू गर्न खोजे पनि पटक–पटक स्थगित हुँदै आएको थियो । यद्यपी प्राविधिक कारण देखाउँदै उक्त प्रणाली हालसम्म पनि कार्यान्वयनमा ल्याइएको छैन । तर आइरिसलाई सीधै राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोड्ने काम भइरहेकाले छिटै कार्यान्वयनमा जाने सूचना अधिकारी सुवेदीले बताए ।

Hardik health

‘राष्ट्रिय परिचयपत्रसँग जोडिएपछि तालिममा सहभागी हुने व्यक्तिको रेकर्ड स्वतः जानकारीमा आउँछ,’ उनले भने, ‘जसका कारण विदेश जाने व्यक्तिले नै अनिवार्य तालिम लिनुपर्ने अवस्था आउँछ, यसले तालिममा सहभागी नभई प्रमाणपत्र लिने वेथितिको अन्त्य गर्नुका साथै वैदेशिक रोजगारीसम्बन्धी सचेतनामा समेत योगदान पुर्याउँछ ।’ 

विभागले आइरिस कार्यान्वयनमा ल्याउन नसक्दा हालसम्म पनि बायोमेट्रिक फिंगरप्रिन्ट प्रणालीबाटै अभिमुखीकरण तालिम सञ्चालन भइरहेको छ । प्राविधिक रुपमा केही समस्या सिर्जना भएका कारण यसअघि आइरिसलाई अनिवार्य लागू गराउन नसकिएको सूचना अधिकारी सुवेदीले बताए । उनका अनुसार अब एक महिनाभित्रै राष्ट्रिय परिचयपत्र प्रणालीसँग जोडिएर अनिवार्य रुपमा आइरिस लागू हुनेछ । ‘पहिलो चरणमा अभिमुखीकरण तालिमलाई जोडेर कार्यान्वयनमा लगे पनि क्रमशः स्वास्थ्य परीक्षणलगायत वैदेशिक रोजगारसँग सम्बन्धित अन्य प्रणाली पनि राष्ट्रिय परिचयपत्र प्रणालीमा इन्टरलिंक गर्दै लैजाने विभागको तयारी छ,’ उनले भने । 


प्रकाशित मिति: शुक्रबार, मंसिर २१, २०८१  १०:५७
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड
वैदेशिक रोजगारप्रति सकारात्मक भाष्य निर्माण गर्नुपर्नेमा जोड बिहीबार, माघ ८, २०८२
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो
इपिएसपीडित निरन्तर आन्दोलनमा, कोरियाले देखाएन चासो बिहीबार, माघ ८, २०८२
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए
रोजगारीका लागि छ महिनामा चार लाखभन्दा बढी विदेसिए बुधबार, माघ ७, २०८२
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक
वैदेशिक रोजगारीमा सबैभन्दा बढी कोशी र मधेस प्रदेशका नागरिक मंगलबार, माघ ६, २०८२
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP