Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
विचार
  • Home
  • विचार
  • डाँडैमा बसेर लाखौ लाख !
डाँडैमा बसेर लाखौ लाख !
वैकुण्ठ भण्डारी
वैकुण्ठ भण्डारी मंगलबार, मंसिर १८, २०८१

रनभुल्ल परेका छन्, भरत दाइ । ठूलो पाटोको डाँडामा बसेर टोलाउँदै कसैको पर्खाइमा हो कि जस्तो भान हुन्छ । वरपर हेर्छन् । कोही पनि देख्दैनन् । खोल्सै–खोल्सा कोही आएको हो कि भनेर पहिले पानी लिन जाने गरेको पँधेरोको खोल्सातिरबाट खस्यक–खुस्युक गरेको सुन्छन् । 

‘को हो हँ ?’ 

कोही बोल्दैनन् । 

माथि भान्दाकै पहिरोको बाटोहुँदै १७–१८ जनाजति ओर्लंदै छन् । टाढाबाट हेर्दा तिनको हातमा सायद चारतारे झण्डाजस्तो देखिन्छ । अलि परै भएकाले उनीहरुले लगाको नारा पनि सुनिँदैन । पहिलेपहिले भए पो गाउँभरि मान्छे हुन्थे । वारिबाट पारि सहजै देख्न पनि सकिन्थ्यो । अहिले गाउँमा कोही छैन ! खेतबारीभरि अग्गो झारको बुट्यानले के आयो भन्ने ठम्याउँदै गाह्रो पर्ने रैछ । 

Hardik health

डाँडातिरका मान्छे अधिकांश बेसीतिर झरिसकेका छन् । अलि सुख सुविधा खोज्नेहरु त बजारमै पुगिसके । तर भरत दाइको परिवारले भने थातथलो छाडेको छैन । उनी बुझेका पनि तर बुझेको नबुझ्यै गर्दिने मान्छे जस्तो भइदिन्छन् । हजुरको बाउको टन्नै सम्पत्ति भएर पनि होला । छाडेर कहाँँ जाने । हुन अहिले रेमिट्यान्स भित्रिएर हो कि के हो काँठका गाउँमा जग्गाको भाउले सबको पूmर्ति पनि बढिराको छ । भरत दाइको पनि त्यही होला चाला ।

भोट के मा ? रुखमा । रुख कसको कांग्रेसको । भरत दाइले सुन्न भ्याए । अनि फतफताउन थाले । ‘लौ फेरि उही कुरा’ ! १७ सालदेखि यस्तै भन्दै हिँडेको ७० वर्ष पुग्न लागिसक्यो । नारा लगाउने लस्कर उनी नजिकै आइपुगे । श्रीहरिले सोधे, ‘के हो काका यसपाली त भन्न नपर्ला नि ?’ 

भरत बकदाइ उत्तर दिए । पर्दैन पर्दैन अव यति भएपछि त कुरा सक्किगो नि । जुलुसको नेतृत्व गरिरहेको श्रीहरि बोल्यो । ‘हिजो दाइको कुरो सुन्नु भो नि’ । ‘अँ सुने, अहिले मोवालाँ पनि हरिराँको छु’ भरतदाइ मुस्कुराए । भरतको कुरा विचरा केटाहरुले के बुझ्थे । ल ल भनेर ओरालो लागे । भरतलाई सनिष्टारतिर आँखा डुलाउँदै थिए । पण्डितको डाँडामा भिड थियो । मान्छेहरुको ओहोर दोहोर देखिन्थ्यो । उनले भने, ‘भेडा भनेको भेडा नै हो । ’

हावाको भरमा कुदिराका छन् । ‘एक छाकेहरु ।’
सनिष्टारतिरको रमिता पनि सकिए जस्तो छ । टार बट्टेको आँगनै आँगन माझा घरे कान्छा घरतिर राता झण्डा हल्लाउँैद हिडेका छन् । सायद कान्छा घरतिर छिरेनन् । बरु उता श्यामको घराँ छिरेर सवै डिलमा बसेका छन् । खुवै भलाकुसारी गरे जस्तै गरी । विहेमा जन्ती अन्माउनका लागि तयार गरे जस्तै गरी । भरत काकाले डाँडाबाटै कराएँ । हुन न अहिले डाँडाको कुराले सामाजिक सञ्जाल रंगिएको छ । भरत दाइ पनि डाँडामा नै बसेका छन् । धन्न उनको हातमा प्रविधिसँग जोड्ने ल्यापटप रहेनछ । नत्र उनले पनि दुई चार लाखको कुरा गर्थे होला । 

डाँडाको घर पैराको डर भन्छन् । डाँडोका चर्चाले भरतलाई पनि छटपट्टि नभएको कहाँ हो र । तर उनलाई कसले के भन्छ भन्ने सरोकार नै छैन । बरु अगाडि नै ‘प्याच्च प्याच्च’ बोलिदिन्छन् । उपचुनाउको रमझम । सवलाई आफ्नै दाउ त हो । दिनभरी बाहुन रातभरी डाउन भने जस्तो । कोही पेट्रोलमा चम्केका छन् कोही झोलको रहरमा भौतारिएका छन् । जे होस यस्तो कर्म त हरेक वर्ष भईदिएपनि घरभित्र थन्काएर राखेको पैसा त निस्कन थालेको छ । रातो फेटा बानेका दुई चार केटाहरु डाँडोमा नै आईपुगिसकेका छन् । केटाहरुको केही समय जागिर पाका छन् । लौ है भरत काका बुझ्नु होला । 

‘के बुझ्नु नि’ भरत काकाले उत्तर फकाइहाले । हैन अघिसम्म तारे अहिले फेरि रातो के हो केटा मैले बुझिनँ ।उसले पनि बुझाउन प्रयत्न के गर्दथ्यो । लहैलहैमा लागेको जस्तो । बोल्नेले ढंग नपु¥याउँदै अहिले पनि दिनभरको मेलो पु¥याउने त हो । बुझेर बोले पनि हुन्छ । चर्चामै आउनेगरी बोलेर के फाइदा हुन्छ । कीर्तिपुरको डाँडामा नै बसेर महिनाको दुई–चार लाख कमाउने सपना देखाउनेहरुबाट धेरै अपेक्षा ? ¬नगरे पनि हुन्छ है भनेर उल्टै ‘माइग्रेन बढ्छ’ भन्छन् हरि दाइ । 

प्रजातन्त्र प्राप्त भएको ३५ वर्ष बितिसक्यो । प्रजातन्त्रलाई दुहुने काम मात्र भो । जनतालाई आधुनिक दास स्वीकार भो । अब त नयाँ–नयाँ कुरा पो चाहियो नि । त्यसका लागि नयाँ–नयाँ मान्छे चाहियो । यही ३५ वर्षदेखि मस्त मारिरहेका दुई दललाई सरकार त्यसका लागि नयाँ–नयाँ मान्छे चाहियो । त्यही ३५ वर्षदेखि मस्त मारिरहेका दुई दलले सरकार हाँकिरहेका छन् । अनि यिनैले फेरि हावादार भाषण गर्दछन् । जनतालाई गाँसको ग्यारेण्टी हुन पर्ने कि नपर्ने ? वासको ग्यारेण्टी गर्ने कसले ? राज्य छ भन्ने भान कसले गराउने ? यो हुन्न वा त्यो हुन्न भन्ने हो भने भने हुन्छ के भन्ने कुरा पनि देखाउनुप¥यो । उता लाल झण्डाहरुले पनि भरत दाइ चिर्पटहरुलाई कुनै न कुनै वाणले ठोकिरहेका छन् । 

दुई बूढाहरुले पार्टी हाँकेका छन् अनि अहिले सरकार पनि हाँकिरहेका छन् । युवाहरुलाई विदेश पठाएर रेमिट्यान्समा आँखा गाढी रहेका छन् । कहिले बाख्रा काण्ड त केहीले के काण्डमा मुछिनेले अहिले फेरि डाँडामा बसेर ल्यापटप चलाएर महिनामा लाखौं कमाउने सपना देखाउनु त ‘महापाप’ हो नि !डाँडैमा बसेर लाखौं लाख कमाउँछन् भन्नु सकारात्मक कुरा होला होस् । तर, जनतालाई भ्रममा पार्न आफूले मात्र यो देशको ठेक्का हान्न खोज्नेहरुको विकल्प खोज्नु पर्दछ । विकल्प रोज्नु पर्दछ । परम्परागत दास प्रथा मात्र होइन अहिलेको आधुनिक दासबाटसमेत नागरिक मुक्त हुन सिक्नुपर्दछ । चाहे हो गुठीभित्र होस् वा अस्पतालभित्र नै किन नहोस् । दास दास नौ हो सामन्त सामन्त नै हो । सामन्तको अन्त्य गर्नका लागि पनि डाँडा मै बसेर प्रविधिको प्रयोग र गर्नु उचित पो हुन्थ्यो कि ?
 


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १०:०७
प्रतिक्रिया दिनुहोस्
थप विचार
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ
वैदेशिक रोजगारीः रहर होइन, बाध्यताको कठोर यथार्थ सोमबार, जेठ ११, २०८३
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम
हण्टा भाइरस संक्रमण र विपद्को जोखिम आइतबार, जेठ १०, २०८३
विश्व फुटबलको महाकुम्भ मेला
विश्व फुटबलको महाकुम्भ मेला शुक्रबार, जेठ ८, २०८३
केराको महँगी र पनामा रोगको कहर
केराको महँगी र पनामा रोगको कहर बिहीबार, जेठ ७, २०८३
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता सोमबार, जेठ ४, २०८३
नीति तथा कार्यक्रमले खोजेको समृद्धि 
नीति तथा कार्यक्रमले खोजेको समृद्धि  आइतबार, जेठ ३, २०८३
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा
मजदुर आन्दोलनको विरासत र श्रमको मर्यादा शुक्रबार, जेठ १, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP