Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  • अमेरिकी राष्ट्रपतिको बाइडनद्वारा कार्यकालको अन्तिममा छोरा हन्टरलाई माफी 
अमेरिकी राष्ट्रपतिको बाइडनद्वारा कार्यकालको अन्तिममा छोरा हन्टरलाई माफी 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १७, २०८१

वासिङ्टन - अमेरिकी राष्ट्रपति जो बाइडनले दुई आपराधिक मुद्दामा सजाय भोगिरहेका आफ्ना छोरा हन्टरलाई आइतबार आधिकारिक माफी दिएका छन्  । 

“हन्टरको मुद्दाको तथ्यलाई हेर्ने कुनै पनि तर्कसङ्गत व्यक्ति अन्य कुनै निष्कर्षमा पुग्न सक्दैन, हन्टरलाई मेरो छोरा भएको कारण मात्र दोषी ठहराइयो र यो गलत हो,” राष्ट्रपति बाइडेनले एक विज्ञप्तिमा भनेका छन् । 

विशेष गरी यस्तो समयमा जब भावी राष्ट्रपति डोनाल्ड ट्रम्पले एफबीआई र न्याय विभागमा वफादारहरू नियुक्त गर्ने क्रम अघि बढिरहेका बेला चालिएको यो कदमले अमेरिकी न्यायिक प्रणालीको स्वतन्त्रतामाथि नयाँ अनुसन्धान अघि बढाउने निश्चित छ । 

‘बाइडेन जुनियर’लाई यसै वर्षको सुरुमा बन्दुक किन्दा लागूऔषधको प्रयोगबारे झूट बोलेको अभियोगमा दोषी ठहर गरिएको थियो र उनले कर छलीको छुट्टै मुद्दामा पनि आफ्नो दोष स्वीकार गरेको छ तर उनले सजाय भोगेका छैनन् । 

Hardik health

जनवरी २० मा ट्रम्पले कार्यभार सम्हाल्नुअघि आफ्नो कार्यकालको अन्तिम हप्तामा रहेका जो बाइडेनले पटक–पटक आफ्नो छोरालाई माफी नदिने बताउँदै आएका थिए । “मैले न्याय विभागको निर्णय प्रक्रियामा हस्तक्षेप नगर्ने भनेको थिएँ र मैले मेरो छोरालाई अन्यायपूर्ण तरिकाले मुद्दा चलाएको देखेपनि आफ्नो वचन कायम राखेको छु,” राष्ट्रपति बाइडेनले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनले भनेका छन्, “काङ्ग्रेस  (संसद्)मा मेरा धेरै राजनीतिक प्रतिद्वन्द्वीहरूले उनीहरूलाई ममाथि आक्रमण गर्न र मेरो चुनावको विरोध गर्न उक्साएपछि मात्र उहाँको मुद्दामा आरोप लगाइएको हो।” “म न्याय प्रणालीमा विश्वास गर्छु, तर जसरी मैले यससँग कुस्ती खेलेको छु, मलाई यो पनि विश्वास छ कि कच्चा राजनीतिले यो प्रक्रियालाई सङ्क्रमित गरेको छ र यसले न्यायको तुषारापात गराएको छ।

सर्वोच्च अदालतले राष्ट्रपति पदीय उन्मुक्तिसम्बन्धी व्यापक फैसला सुनाएपछि नवनिर्वाचित राष्ट्रपति ट्रम्पविरुद्ध फौजदारी मुद्दाहरू रोकिएका बेला यो माफी आएको हो ।  गत मे महिनामा बाइडेनलाई गलत व्यापारिक रेकर्ड बनाएको अभियोगमा ऐतिहासिक दोषी ठहर गरिए पनि राष्ट्रपति बाइडेनका रिपब्लिकन प्रतिद्वन्द्वीले हन्टर बाइडेनलाई जेल बस्नुपर्ने बाध्यता भने थिएन । 

अमेरिकी राष्ट्रपतिहरूले यसअघि पनि परिवारका सदस्य र अन्य राजनीतिक सहयोगीहरूलाई सहयोग गर्न क्षमादानको प्रयोग गर्दै आएका थिए। बिल क्लिन्टनले आफ्नो सौतेनी भाइलाई पुरानो कोकिनको आरोपको लागि माफी दिएका थिए र ट्रम्पले कर छलीको लागि आफ्ना सम्धी (ज्वाईँका पिता)लाई माफी दिएका थिए । यद्यपि दुबै अवस्थामा ती व्यक्तिहरूले पहिले नै आफ्नो जेल सजाय भुक्तान गरिसकेका थिए ।

ट्रम्पले सन् २०२० को चुनावमा आफ्नो पराजयलाई उल्टाउन जनवरी ६, २०२१ मा अमेरिकी संसद भवनमा भएको भीषण दङ्गामा आक्रमण गर्ने समर्थकलाई माफी दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।  उहाँले आइतबार अबेर सामाजिक सञ्जालमा लेख्नुभएको छ, “यस्तो दुव्र्यवहार र न्यायमाथिको तुषारापात! के जो (जो बाइडेन)ले हन्टरलाई दिएको क्षमादानमा जे–६ बन्धकहरू पनि सामेल छन्, जो अहिले वर्षौंदेखि जेलमा छन्?” हन्टर बाइडनलाई गत सेप्टेम्बरमा कर छलीको अभियोगमा १७ वर्षको जेल सजायको घोषणा गरिएको थियो । अवैध बन्दुक राखेको छुट्टै अभियोगमा उनलाई २५ वर्षको जेल सजाय सुनाइएको थियो ।

बाइडेनका वकिलले हन्टर राष्ट्रपतिका छोरा भएकै कारण अदालतमा उपस्थित गराइएको बताउनुभएको छ । हन्टरले पूराना करहरू भुक्तान गरेको छ र अधिकारीहरूले लगाएको जरिवाना पनि । यसपहिले हन्टर बाइडेनलाई जेलमा जान नपर्ने गरी एउटा सम्झौता गराइएको थियो तर त्यो सम्झौता अन्तिम समयमा रद्द भएको थियो ।उनको मुद्दा लामो समयदेखि बाइडेन परिवारको पक्षमा काँडाको रूपमा रहेको छ ।  विशेष गरी, यो चुनावी वर्षको दौडानमा रिपब्लिकनहरूले हन्टरलाई धेरै नरम व्यवहार देखाइएको आरोप लगाएका थिए ।


प्रकाशित मिति: सोमबार, मंसिर १७, २०८१  १४:५१
प्रतिक्रिया दिनुहोस्
थप विश्व
परेवाको दिशाबोधमा कलेजोको भूमिका
परेवाको दिशाबोधमा कलेजोको भूमिका शुक्रबार, जेठ १५, २०८३
रुसी ड्रोन रोमानियामा खस्यो
रुसी ड्रोन रोमानियामा खस्यो शुक्रबार, जेठ १५, २०८३
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी
ट्रम्पको तस्बिर र हस्ताक्षर अंकित २५० डलरको नयाँ नोट छाप्ने तयारी शुक्रबार, जेठ १५, २०८३
इरान-अमेरिका युद्धविराम विस्तार
इरान-अमेरिका युद्धविराम विस्तार शुक्रबार, जेठ १५, २०८३
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट
ब्लू ओरिजिनको रकेट परीक्षणमै विस्फोट शुक्रबार, जेठ १५, २०८३
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी
फिफाले ‘बहुप्रवेशी भिसा’ उपलब्ध गराउनेमा इरान आशावादी बिहीबार, जेठ १४, २०८३
कुवेतमा मिसाइल-ड्रोन हमला
कुवेतमा मिसाइल-ड्रोन हमला बिहीबार, जेठ १४, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP