Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #दूध_दुहुने_रियालिटी शो
  • #‘शिवांश’
  • #फोक्सिङटार
  • #क्यालिस्थेनिक्स
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सही नेतृत्व चुन्ने अवसर नगुमाऔं
सही नेतृत्व चुन्ने अवसर नगुमाऔं
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, मंसिर १६, २०८१

नेपाली जनताले मतदानमार्फत आफ्ना प्रतिनिधि चुन्न थालेको ७३ वर्ष भयो । वि.सं. २००८ सालमा काठमाडौं मेट्रोपोलिटानको चुनावपछि लगातार जनताले आमचुनाव, मध्यावधि चुनाव र उपचुनावमार्फत जनप्रतिनिधि छनोट गर्दै आएका छन् । आज पनि उपचुनावमार्फत स्थानीय तहमा रिक्त ४१ पदमा जनप्रतिनिधि चुन्दै छन् । दुई लाख २६ हजार मतदाता मतदान प्रक्रियामा सहभागी हुँदै छन् । 

चुनावमा झण्डै साढे सात दशकयता प्रकट गर्दै आएको अभिमतको प्रवृत्तिलाई हेर्दा जहिल्यै जनता विकल्पको खोजीमा रहेको देखिन्छ । एक दललाई एउटा चुनावमा रोज्दा अर्कोपटक अर्को दललाई रोजेको देखिन्छ । कहिलेकाहीँ त स्वतन्त्र उम्मेदवारलाई रोजेको दृष्टान्त छ ।जस्तो, २०१५ र २०४८ मा जनताले कांग्रेसलाई लगातार पहिलो दल बनाए । २०५१ मा एमालेलाई पहिलो दल बनाए । २०५६ मा फेरि कांग्रेसलाई, २०६४ मा माओवादीलाई, २०७० मा कांग्रेसलाई, २०७४ मा वाम गठबन्धनलाई र फेरि २०७९ मा कांग्रेसलाई जनताले पहिलो दल बनाए । अनि, गत निर्वाचनमा जनताबाट लोकप्रियताको मत रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले पायो । 

यी तथ्यहरूले जनता जहिल्यै विकल्पको खोजीमा छन् भन्ने पुष्टि हुन्छ । विडम्बना ! विकल्पको रूपमा अघि सारेका दलहरू भने कहिल्यै सुध्रिएनन् । जनताको भावना र आकांक्षाअनुसार सरकारमा गएर काम गरेनन् । अर्थात् जनजीविकाको मुद्दा सरकारको प्राथमिकतामा कहिल्यै परेन । ‘डेलिभरी’ दिन सकेनन् । सोहीकारण यसपटक उपचुनावमा मतदानमार्फत जनताले ठूलो विद्रोह गर्नुपर्ने छ । नसुध्रिएका दलहरूलाई सवक सिकाउने अवसर हो यो ।

Hardik health

यदि, दलहरू सुध्रिएको हुन्थे भने कांग्रेस–एमाले नेतृत्वको दुुईतिहाइ बहुमतको वर्तमान सरकारले जनतामा आशा जगाउने गरी काम गरेको हुन्थ्यो । भ्रष्टाचार न्यूनीकरण, सार्वजनिक सेवा प्रवाहमा सुुधार, रोजगारीका अवसर सिर्जना र विधिको शासनको प्रत्याभूति दिलाएको हुन्थ्यो । तर, यसप्रति पूर्णतः सरकारको बेवास्ता रह्यो । यसले गर्दा जनताको चाहना र भावनाविपरीत अघि बढेका दलहरूलाई रोक्न जनताले यो उपचुनावमा मतदानमार्फत नेताहरूको मुटुमा कम्पन पैदा हुनेगरी विद्रोह गर्न जरुरी छ, जसले जनमतमाथि सत्ताको लडाइँ गर्ने दशकौंदेखिको परम्परालाई ‘ब्रेक’ गरोस् । जनताप्रति उत्तरदायी बन्न दलहरूलाई दबाब परोस् । अहिले भने खुलमखुला ‘स्वार्थ समूह’को चंगुलमा दलहरू छन् । तिनै दलहरू सत्तामा पुगेपछि स्वार्थ समूहको सेवक बन्ने गरेको स्थिति छ । 

जबकि, अभिमत प्रकट गर्ने जनताप्रति दलहरू र ती दलहरूले गठन गर्ने सरकार बफादार हुनुपर्ने हो । जनताको सेवक वा अभिभावक हुनुपर्ने हो । तर, जनता यस्तो अनुभूति गर्नबाट दशकौंदेखि वञ्चित छन् । त्यसैले यसपटकको उपचुनावमा मतदाताले कुनै दल वा समूहको प्रभावमा नपरी स्वविवेकीय रुपमा मतदान गर्नुपर्दछ । किनभने यो सही नेतृत्व चुन्ने राम्रो अवसर हो, यो अवसर नगुमाऔं ।
 


प्रकाशित मिति: आइतबार, मंसिर १६, २०८१  १२:२२
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
संयमता र सहिष्णुता नै सर्वधर्म
संयमता र सहिष्णुता नै सर्वधर्म बुधबार, पुस २३, २०८२
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस्
जाँचबुझ आयोगको प्रतिवेदन ‘कर्मकाण्डी’ नबनोस् मंगलबार, पुस २२, २०८२
अमेरिकाको दादागिरी खेदजनक
अमेरिकाको दादागिरी खेदजनक सोमबार, पुस २१, २०८२
चिसोबाट जोगिऔं
चिसोबाट जोगिऔं आइतबार, पुस २०, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP