Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • सभापति देउवापत्नी आरजु राणाका व्यावसायिक साझेदार उमेश श्रेष्ठ कोषाध्यक्षमा मनोनीत
कांग्रेसले तीन वर्षपछि पायो कोषाध्यक्ष सभापति देउवापत्नी आरजु राणाका व्यावसायिक साझेदार उमेश श्रेष्ठ कोषाध्यक्षमा मनोनीत
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १०, २०८१
  • कांग्रेस कोषाध्यक्ष बन्न ज्ञानेन्द्रबहादुर कार्की, उद्योगी विनोद चौधरी, देउवापत्नी आरजु राणासम्म लबिइङमा थिए
  • आर्थिक क्षेत्रमा अनुभवी र इमान्दार भएकाले पनि देउवाले उक्त पद श्रेष्ठलाई सुम्पिएको दाबी
  •  उतराद्र्धकालमा आफूलाई सहयोग गरेकालाई धमाधम विभिन्न पदमा नियुक्ति दिँदै देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको कोषाध्यक्षमा उमेश श्रेष्ठलाई मनोनीत गरेका छन् । आइतबार सभापति देउवाले पार्टी विधानको धारा २१ को उपधारा (४) बमोजिम श्रेष्ठलाई कोषाध्यक्ष पदमा मनोनीत गरेका हुन् ।

विधानअनुसार महाधिवेशन भएको छ महिनाभित्र कोषाध्यक्ष मनोनीत गर्नुपर्ने नियम भए देउवाले झण्डै तीन वर्षपछि पदाधिकारीमा पूर्णता दिएका हुन् । २०७८ मंसिर २९ गते भएको १४औं महाधिवेशनबाट देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।

कांग्रेस कोषाध्यक्ष बन्न पूर्वअर्थमन्त्रीसमेत रहेका ज्ञानेन्द्रबहादुर कार्कीदेखि उद्योगी विनोद चौधरीसम्मले लबिइङ गरेका थिए । यसैगरी देउवापत्नी आरजु राणासमेत कोषाध्यक्ष बनेर पदाधिकारी बन्ने लाइनमा थिइन् ।कार्की १४औं महाधिवेशनमा महामन्त्रीका आकांक्षीसमेत थिए । तर, गुट व्यवस्थापनका कारण प्रदीप पौडेललाई संस्थापनपक्षबाट महामन्त्रीको उम्मेदवार बनाउँदा कार्की बाहिरिएका थिए । महामन्त्रीको उम्मेदवार बन्न नपाएपछि कार्की देउवासँग रुष्ट बनेका थिए । पछि कोषाध्यक्ष बन्न उनले लबिइङ गरे पनि उनको कुनै सुनुवाइ भएन ।

उनीझैं व्यवसायी चौधरीसमेत जसरी पनि कोषाध्यक्ष बन्ने लाइनमा थिए । उनले आफूनिकट सञ्चारकर्मी डाकेर उक्त पदको दाबी गर्दै समाचारसमेत लेखाउँथे । देउवाले लामो समय पद रिक्त राखेपछि कतिपयले आरजुलाई यो पद दिने शंकासमेत गर्ने गरेका थिए ।

Hardik health

यद्यपि, देउवाले आरजुकै व्यावसायिक साझेदार श्रेष्ठलाई कोषाध्यक्ष बनाएका छन् । आरजु र श्रेष्ठको हाइड्रोदेखि शैक्षिक संस्थासम्म संयुक्त लगानी रहेको छ । २०७९ मंसिरको प्रतिनिधिसभा चुनावमा चितवनबाट उठेका श्रेष्ठले रवि लामिछानेसँग पराजय बेहोरेका थिए । उनी समानुपातिक सांसद भने पहिल्यै भइसकेका थिए । २०७८ साउनमा देउवा नै सभापति भएको बेला स्वास्थ्य राज्यमन्त्री भएका श्रेष्ठ सोही वर्ष असोजमा विनाविभागीय मन्त्री बनेका थिए ।शिक्षा क्षेत्रमा लामो समय बिताएका श्रेष्ठ निजी तथा आवासीय विद्यालय संगठन (प्याब्सन) र निजी उच्च माध्यमिक विद्यालयहरुको संगठन (हिसान) का पूर्वअध्यक्ष हुन् ।

कांग्रेस कोषाध्यक्ष बन्न निर्वाचित केन्द्रीय सदस्य हुनुपर्छ । सभापतिको विश्वासयोग्य भएकोले उनलाई उक्त पदमा चयन गरेको कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्मा बताउँछन् । ‘लामो अनुभव र सभापतिसँग विश्वासमा रहेर काम गर्नसक्ने पात्र उहाँ हुनुहुन्छ,’ विश्वकर्माले भने । आर्थिक क्षेत्रमा अनुभवी र इमान्दार भएकाले पनि देउवाले उक्त पद श्रेष्ठलाई पुरस्कार दिएको बताइन्छ । देउवाले आफ्नो उतराद्र्धकालमा आफूलाई सहयोग गरेकालाई धमाधम विभिन्न नियुक्ति दिइरहेका छन् । विधानतः अब देउवा एक वर्षसम्ममात्र सभापति रहन पाउने छन् । त्यसपछि केन्द्रीय समितिमा सबैभन्दा शक्तिशाली मानिएका देउवा कांग्रेसको शक्तिघरबाट ‘एक्जिट’ हुने छन् ।

आफूले पाएको जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने श्रेष्ठले बताए । ‘जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्नका लागि सबैको साथ र सहयोग अपेक्षा गर्दछु,’ श्रेष्ठले भने ।  यसअघि कांग्रेसमा कोषाध्यक्ष निर्वाचित हुने व्यवस्था थियो । तर, १४औं महाधिवेशनमा भने कोषाध्यक्षको निर्वाचन भएन । २०७५ सालमा नवौं पटक संशोधित विधानले कोषाध्यक्ष केन्द्रीय समितिमा निर्वाचित केन्द्रीय सदस्यहरूबाट सभापतिले नाम प्रस्ताव गर्ने र केन्द्रीय समितिबाट निर्वाचित हुने व्यवस्था गरेको छ । कांग्रेस विधानको दफा २१ को ४ मा ‘केन्द्रीय सभापतिले केन्द्रीय कार्यसमितिका निर्वाचित सदस्यमध्येबाट नाम प्रस्ताव गरी निर्वाचित केन्द्रीय कार्यसमितिबाट निर्वाचित कोषाध्यक्ष’ रहने व्यवस्था छ । 

कोषाध्यक्षलाई के छ अधिकार ? 
कांग्रेसको विधानअनुसार कोषाध्यक्षलाई पार्टीलाई आवश्यक स्रोत–साधनको व्यवस्था गर्ने, पार्टीलाई प्राप्त हुने शुल्क र अन्य सहयोग संकलन गर्ने अधिकार छ । यस्तै केन्द्रीय कार्यसमितिले निर्णय गरेको बैंकमा पार्टीका नाममा खाता खोल्ने र केन्द्रीय कार्यसमितिको निर्णयअनुसार सञ्चालन गर्ने, सदस्यता शुल्क र अन्य सहयोग रकम संकलन गर्ने तथा अभिलेख राख्ने जिम्मेवारी कोषाध्यक्षकै हुन्छ । 

संकलित रकम पार्टीका विभिन्न काम र निकायको खर्चका लागि निर्णयअनुसार भुक्तानी गर्ने र त्यसको हिसाब राख्ने, पार्टीको वार्षिक आर्थिक प्रतिवेदन केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसमितिमार्फत केन्द्रीय महासमिति र केन्द्रीय महाधिवेशनमा प्रस्तुत गर्ने, केन्द्रीय कार्यसमितिले पारित गरेको लेखा परीक्षणसम्बन्धी प्रतिवेदन केन्द्रीय महाधिवेशन र केन्द्रीय महासमितिमा प्रस्तुत गर्ने अधिकार विधानले कोषाध्यक्षलाई दिएको छ । 
 


प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १०:३७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गोरखा २ बाट उम्मेदवार  पूर्वप्रधानमन्त्री भट्टराईले उम्मेदवारी फिर्ता लिने
गोरखा २ बाट उम्मेदवार पूर्वप्रधानमन्त्री भट्टराईले उम्मेदवारी फिर्ता लिने शुक्रबार, माघ ९, २०८२
कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली
कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली शुक्रबार, माघ ९, २०८२
स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस
स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस शुक्रबार, माघ ९, २०८२
मधेसमा गगनको अग्निपरीक्षा
मधेसमा गगनको अग्निपरीक्षा बुधबार, माघ ७, २०८२
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार बुधबार, माघ ७, २०८२
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी मंगलबार, माघ ६, २०८२
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP