Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेफिन
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #विश्व क्षयरोग दिवस
  • #अरनिको_राजमार्ग
  • #धुलिखेल–खावा
  • #नेपाली_कांग्रेस
  • #विश्व पानी दिवस
  • #ई-पेन्सन
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायीले गराए श्रममन्त्रीको ध्यानाकर्षण 
हवाई कम्पनीको लुटधन्दा व्यवसायीले गराए श्रममन्त्रीको ध्यानाकर्षण 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २२, २०८१
  •  दैनिकजसो भाडा बढाउँदै हवाई कम्पनी
  •  वैदेशिक रोजगारीमा जाने कामदार महँगो भाडादरको मारमा
  •  मलेसिया तथा खाडी मुलुकहरुमा जाने कामदार प्रभावित
  •  हवाई माफियाले कृत्रिम अभाव खडा गरी चर्को भाडा असुलिरहेको वैदेशिक रोजगारी व्यवसायी संघको भनाइ

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय हवाई उडानको भाडादरमा अस्वाभाविक वृद्धि र कृत्रिम अभाव सिर्जना गरिएको भन्दै यसको नियन्त्रणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारले अत्यन्त महँगो दरमा हवाई टिकट खरिद गर्नु परेको र हवाई कम्पनीहरुले दिनदिनै भाडा वृद्धि गरिरहेको भन्दै संघले बुधबार एक ज्ञापनपत्र बुझाउँदै मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो । 

नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्य मुलुकमा दैनिक करिब १५ सय नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेको तथ्य प्रस्तुत गर्दै उनीहरुकै कारण एयरलाइन्सहरुको व्यापार वृद्धि भएको संघले उल्लेख गरेको छ । संघले बुझाएको ज्ञापनपत्रमा सीमित एयरलाइन्सहरुको मिलेमतोमा कृत्रिम अभाव खडा गरी कालोबजारी गरेकाले अस्वाभाविकरुपमा टिकटको मूल्यवृद्धि गरेर सिण्डिकेट लागू गरिएको उल्लेख छ ।

Hardik health

‘हवाई कम्पनीहरुले समान्यतः ३० देखि ३५ हजार रुपैयाँमा नियमित पाउने टिकटलाई अहिले ७० देखि ८० हजार रुपैयाँ पु¥याई दोब्बर मूल्यको टिकटमा कामदार जान बाध्य भएकोले उक्त कालोबजारीलाई रोकेर सस्तो र सुलभ एवं नियमित टिकटको मूल्यमा जान पाउने व्यवस्था नगरिए कामदारमाथि चर्को आर्थिक भार पर्ने छ, जसका कारण वैदेशिक रोजगारीको अवसरसमेत गुम्ने र यसले विदेशी मुद्रा सञ्चिति एवं राष्ट्रिय अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने विषयमा माननीय मन्त्रीज्यूलाई अवगत गराइन्छ,’ संघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । 

नेपालजस्तै मलेसिया र खाडी राष्ट्रहरुमा कामदार पठाउने भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसियलगायत सार्क राष्ट्रहरुबाट पठाउँदा यति धेरै हवाई भाडा नभएको उल्लेख गर्दै संघले भारतको दिल्लीबाट दुबईको २६ हजार ६२३ देखि ३० हजार ४९४ रुपैयाँ र बंगलादेशबाट दुबईको २३ हजार ३२९ देखि २६ हजार २१४ रुपैयाँ हवाई भाडा रहेकोसमेत मन्त्री भण्डारीलाई जानकारी गराएको छ । हवाई माफियाले कृत्रिम अभाव खडा गरी नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई चर्को भाडा असुलिरहेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

साथै, पर्यटक आउने मुख्य समयमा अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नतिको बहानामा दैनिक १० घण्टा बन्द गर्नुले पनि चर्को हवाई भाडाको मार खेप्नुपरेको उनको भनाइ छ । स्वदेशी विमानस्थलबाट नेपाली कामदार पठाउन हवाई टिकट अत्यधिक महँगो भएका कारण सहजीकरण गरी सर्वसुलभ र नियमित शुल्कमा टिकट पाउने व्यवस्था मिलाउन पनि भण्डारीले सरकारसँग आग्रह गरे । 

संघले यसअघि नै वैदेशिक रोजगारीका मुख्य गन्तव्य मलेसियालगायत खाडी मुलुकहरुमा उडान भर्ने एयरलाइन्सहरुले एकतर्फीरुपमा हवाई भाडामा अस्वाभाविक वृद्धि गरेकोप्रति विरोध जनाउँदै आएको छ । संघले गत भदौ पहिलो हप्ता पनि एक विज्ञप्ति जारी गर्दै निरन्तर अन्तर्राष्ट्रिय हवाई भाडा बढिरहेकोप्रति विरोध गरेको थियो । छ महिना अगाडिदेखि नै सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउँदासमेत समस्या समाधान नभई निरन्तर अन्तर्राष्ट्रिय हवाई भाडा बढिरहेकोले श्रममन्त्री भण्डारीलाई समस्या अवगत गराउन ज्ञापनपत्र बुझाइएको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

उनका अनुसार महँगो हवाई भाडाका कारण श्रम स्वीकृति लिई भिसा प्राप्त गरेका कामदारलाई ‘एनओसी लेटर’ उपलब्ध गराई न्यूनतम शुल्कमा छिमेकी राष्ट्र भारतको विमानस्थल प्रयोग गरेर पठाउने व्यवस्था मिलाउन मन्त्री भण्डारीसँग आग्रहसमेत गरिएको छ ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
आठ महिनामा चार हजारभन्दा बढी उजुरी, ८० प्रतिशतभन्दा बढी व्यक्तिगत ठगीका
आठ महिनामा चार हजारभन्दा बढी उजुरी, ८० प्रतिशतभन्दा बढी व्यक्तिगत ठगीका बुधबार, चैत ११, २०८२
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार
ठगीमा परेका ५१ नेपालीको कम्बोडियाबाट उद्धार बुधबार, चैत ११, २०८२
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून 
विभागमा पुनः श्रम स्वीकृति लिनेको चाप, नयाँ न्यून  मंगलबार, चैत १०, २०८२
साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर
साथीहरूले नआउ भन्छन्, नजाऊ जागिर खोसिने डर सोमबार, चैत ९, २०८२
द्वन्द्वको मारमा वैदेशिक रोजगार, खाडीमा सुरक्षा चुनौती 
द्वन्द्वको मारमा वैदेशिक रोजगार, खाडीमा सुरक्षा चुनौती  सोमबार, चैत ९, २०८२
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने
नेपाली मूलका नागरिकका लागि विमानस्थलमा अलग्गै डेस्क राखिने सोमबार, चैत ९, २०८२
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग  शुक्रबार, चैत ६, २०८२
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
खुल्याे श्रम स्वीकृति
खुल्याे श्रम स्वीकृति
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
'कुलिङ पिरियड' सुरु भएको अर्थमन्त्री रामेश्वर खनालको घोषणा
युद्धबीच खाडीमा श्रमिकको माग 
युद्धबीच खाडीमा श्रमिकको माग 
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP