Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
  • #दराज
  • #बोराबाध
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • व्यवसायीले गराए श्रममन्त्रीको ध्यानाकर्षण 
हवाई कम्पनीको लुटधन्दा व्यवसायीले गराए श्रममन्त्रीको ध्यानाकर्षण 
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक २२, २०८१
  •  दैनिकजसो भाडा बढाउँदै हवाई कम्पनी
  •  वैदेशिक रोजगारीमा जाने कामदार महँगो भाडादरको मारमा
  •  मलेसिया तथा खाडी मुलुकहरुमा जाने कामदार प्रभावित
  •  हवाई माफियाले कृत्रिम अभाव खडा गरी चर्को भाडा असुलिरहेको वैदेशिक रोजगारी व्यवसायी संघको भनाइ

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघले अन्तर्राष्ट्रिय हवाई उडानको भाडादरमा अस्वाभाविक वृद्धि र कृत्रिम अभाव सिर्जना गरिएको भन्दै यसको नियन्त्रणका लागि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीको ध्यानाकर्षण गराएको छ ।

नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारले अत्यन्त महँगो दरमा हवाई टिकट खरिद गर्नु परेको र हवाई कम्पनीहरुले दिनदिनै भाडा वृद्धि गरिरहेको भन्दै संघले बुधबार एक ज्ञापनपत्र बुझाउँदै मन्त्री भण्डारीको ध्यानाकर्षण गराएको हो । 

नेपालबाट मलेसिया र मध्यपूर्वका गन्तव्य मुलुकमा दैनिक करिब १५ सय नेपाली कामदार वैदेशिक रोजगारीमा जाने गरेको तथ्य प्रस्तुत गर्दै उनीहरुकै कारण एयरलाइन्सहरुको व्यापार वृद्धि भएको संघले उल्लेख गरेको छ । संघले बुझाएको ज्ञापनपत्रमा सीमित एयरलाइन्सहरुको मिलेमतोमा कृत्रिम अभाव खडा गरी कालोबजारी गरेकाले अस्वाभाविकरुपमा टिकटको मूल्यवृद्धि गरेर सिण्डिकेट लागू गरिएको उल्लेख छ ।

Hardik health

‘हवाई कम्पनीहरुले समान्यतः ३० देखि ३५ हजार रुपैयाँमा नियमित पाउने टिकटलाई अहिले ७० देखि ८० हजार रुपैयाँ पु¥याई दोब्बर मूल्यको टिकटमा कामदार जान बाध्य भएकोले उक्त कालोबजारीलाई रोकेर सस्तो र सुलभ एवं नियमित टिकटको मूल्यमा जान पाउने व्यवस्था नगरिए कामदारमाथि चर्को आर्थिक भार पर्ने छ, जसका कारण वैदेशिक रोजगारीको अवसरसमेत गुम्ने र यसले विदेशी मुद्रा सञ्चिति एवं राष्ट्रिय अर्थतन्त्रमासमेत नकारात्मक असर पर्ने विषयमा माननीय मन्त्रीज्यूलाई अवगत गराइन्छ,’ संघले बुझाएको ज्ञापनपत्रमा भनिएको छ । 

नेपालजस्तै मलेसिया र खाडी राष्ट्रहरुमा कामदार पठाउने भारत, बंगलादेश, श्रीलंका, पाकिस्तान, इन्डोनेसियलगायत सार्क राष्ट्रहरुबाट पठाउँदा यति धेरै हवाई भाडा नभएको उल्लेख गर्दै संघले भारतको दिल्लीबाट दुबईको २६ हजार ६२३ देखि ३० हजार ४९४ रुपैयाँ र बंगलादेशबाट दुबईको २३ हजार ३२९ देखि २६ हजार २१४ रुपैयाँ हवाई भाडा रहेकोसमेत मन्त्री भण्डारीलाई जानकारी गराएको छ । हवाई माफियाले कृत्रिम अभाव खडा गरी नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदारलाई चर्को भाडा असुलिरहेको संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

साथै, पर्यटक आउने मुख्य समयमा अन्तर्राष्ट्रिय विमानस्थललाई स्तरोन्नतिको बहानामा दैनिक १० घण्टा बन्द गर्नुले पनि चर्को हवाई भाडाको मार खेप्नुपरेको उनको भनाइ छ । स्वदेशी विमानस्थलबाट नेपाली कामदार पठाउन हवाई टिकट अत्यधिक महँगो भएका कारण सहजीकरण गरी सर्वसुलभ र नियमित शुल्कमा टिकट पाउने व्यवस्था मिलाउन पनि भण्डारीले सरकारसँग आग्रह गरे । 

संघले यसअघि नै वैदेशिक रोजगारीका मुख्य गन्तव्य मलेसियालगायत खाडी मुलुकहरुमा उडान भर्ने एयरलाइन्सहरुले एकतर्फीरुपमा हवाई भाडामा अस्वाभाविक वृद्धि गरेकोप्रति विरोध जनाउँदै आएको छ । संघले गत भदौ पहिलो हप्ता पनि एक विज्ञप्ति जारी गर्दै निरन्तर अन्तर्राष्ट्रिय हवाई भाडा बढिरहेकोप्रति विरोध गरेको थियो । छ महिना अगाडिदेखि नै सम्बन्धित निकायहरुलाई ध्यानाकर्षण गराउँदासमेत समस्या समाधान नभई निरन्तर अन्तर्राष्ट्रिय हवाई भाडा बढिरहेकोले श्रममन्त्री भण्डारीलाई समस्या अवगत गराउन ज्ञापनपत्र बुझाइएको संघका महासचिव मेघनाथ भुर्तेलले जानकारी दिए ।

उनका अनुसार महँगो हवाई भाडाका कारण श्रम स्वीकृति लिई भिसा प्राप्त गरेका कामदारलाई ‘एनओसी लेटर’ उपलब्ध गराई न्यूनतम शुल्कमा छिमेकी राष्ट्र भारतको विमानस्थल प्रयोग गरेर पठाउने व्यवस्था मिलाउन मन्त्री भण्डारीसँग आग्रहसमेत गरिएको छ ।
 


प्रकाशित मिति: बिहीबार, कात्तिक २२, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए
विदेशमा रहेका नेपालीले तीन महिनामा पाँच खर्ब ५३ अर्ब पठाए मंगलबार, मंसिर १६, २०८२
कुवेतमा एकल पुरुष कामदारलाई नयाँ आवासीय क्षेत्र 
कुवेतमा एकल पुरुष कामदारलाई नयाँ आवासीय क्षेत्र  मंगलबार, मंसिर १६, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने व्यक्ति पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने व्यक्ति पक्राउ सोमबार, मंसिर १५, २०८२
शुल्क वृद्धिविरुद्ध संघ गृहमा, आज श्रममा छलफल
शुल्क वृद्धिविरुद्ध संघ गृहमा, आज श्रममा छलफल सोमबार, मंसिर १५, २०८२
जापानमा कार्यस्थलमा हुने दुर्घटनाबाट घाइते र मृत्यु हुनेको संख्या बढ्दो 
जापानमा कार्यस्थलमा हुने दुर्घटनाबाट घाइते र मृत्यु हुनेको संख्या बढ्दो  सोमबार, मंसिर १५, २०८२
शुल्क वृद्धि फिर्ताको मागसहित संघले मन्त्रालयलाई पठायो पत्र
शुल्क वृद्धि फिर्ताको मागसहित संघले मन्त्रालयलाई पठायो पत्र आइतबार, मंसिर १४, २०८२
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा एशोसियसनको आपत्ति शुक्रबार, मंसिर १२, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
११ वर्षे नीतिक आचार्यको बालकथा संग्रह 'कङ्गारुको एकता' सार्वजनिक 
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP