Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #प्रशान्त तामाङ
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #मकर
  • #फोक्सिङटार
  • #फोनिज संवाद
  • #क्यालिस्थेनिक्स
  • #जिता_मर्ना
  • #गगनकुमार थापा
Search Here
पर्यटन
  • Home
  • पर्यटन
  • मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
मुन्दुम पदमार्गमा पर्यटकको चाप बढ्दो
युवराज विष्ट
युवराज विष्ट आइतबार, कात्तिक ११, २०८१

भोजपुर-  सरकारबाट सय पर्यटकीय गन्तव्यभित्र पर्न सफल मुन्दुम पदमार्ग पर्यटकको आकर्षणको केन्द्रका रुपमा स्थापित हुन थालेको छ । पूर्वी क्षेत्रको एकमात्र सहज र सरल पदमार्गका रुपमा लिइने यो क्षेत्रमा पर्यटकको अवागमन बढेको हो ।

छोटो समयमा यो पदमार्गमा आउने पर्यटकको सङ्ख्या उल्लेख्य रुपमा बढेपछि टेम्केमैयुङ गाउँपालिकाले यसको थप विकास तथा विस्तारमा जोड दिएको छ । यहाँ आउने पयर्टकलाई सहजता थप्नका लागि गर्नुपर्ने काम तथा यो पदमार्गको पछिल्लो अवस्थाका विषयमा जानकारी लिने उद्देश्यले सरोकारवाला पक्षले स्थलगत रुपमा अनुगमन गरेका छन् ।

यो समयमा पयर्टकको चाप बढ्न थालेपछि उनीहरुलाई यात्राको क्रममा कुनै समस्या नहोस् भन्नका लागि यो पदमार्गको दुई हजार तीन सय ५१ मिटर उचाइ रहेको चखेवाभञ्ज्याङदेखि जिल्लाको सबैभन्दा अग्लो चार हजार एक सय ५३ मिटर उचाइमा रहेको सिलिचुङ चुचुरोसम्मको स्थलगत अनुगमन गरिएको हो । 

मुन्दुम पदमार्गको थप विकास तथा यहाँ घुम्न आउने पर्यटकलाई सहजताका लागि गर्नुपर्ने कामको अध्ययन, अनुसन्धानका लागि कार्यक्रम तयार गरेर स्थलगत रुपमा पदयायात्रामार्फत अनुगमन गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले बताए।

Hardik health

 “मुन्दुम ट्रेल पर्यटकको रोजाइको गन्तव्यका रुपमा स्थापित भइरहेको छ”, अध्यक्ष बस्नेतले भन‍े, “गाउँपालिकाले यहाँको थप विकास तथा विस्तारमा जोड दिइरहेको छ, यहाँ आउने पर्यटकलाई थप सहजता थप्नका लागि गर्नुपर्ने कामको विषयमा जानकारी लिन सरोकारवाला पक्षसहित चखेवाबाट सिलिचुङ चुचुरोसम्म स्थलगत अनुगमन गरेका छौँ, अब यात्राको क्रममा देखिएको समस्याका समाधानमा जोड दिन्छौँ ।”

सो गाउँपालिका प्राकृतिक रुपमा सुन्दर रहेकाले पर्यटन र कृषिको विकासमा प्राथमिकताका साथ काम भइरहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले बताउनुभयो । मुन्दुम पदमार्गको यात्राका क्रममा पदयात्रीलाई पर्नसक्ने समस्याको खोजी तथा यो पदमार्गलाई थप व्यवस्थित बनाउन स्थलगत रुपमा अनुगमन गरिएको उपाध्यक्ष राईले जानकारी दिए । स्थलगत अनुगमनका क्रममा देखिएका समस्याको समाधानमा गाउँपालिकाले क्रमिक रुपमा काम गर्ने उनको भनाइ छ । 

मुन्दुम पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर चखेवामा पर्यटन सूचना केन्द्रसमेत निर्माण गरिएको उनले जानकारी दिए । यो सूचना केन्द्रबाट पर्यटकलाई पदमार्गको विषेशता, यसको भौगोलिक अवस्था, यात्राका क्रममा घुम्नुपर्ने स्थान, यात्रामा लाग्ने समय, आवासको व्यवस्थासँगै पर्यटकको सुरक्षित र सहज यात्राका विषयमा आवश्यक जानकारी प्रदान गरिने उपाध्यक्ष राईले बताए।

“यो पदमार्ग घुम्न आउने पर्यटकलाई सहज आवगनका लागि काम गरिरहेका छौँ”, उपाध्यक्ष राईले भने, “गाउँपालिकाले कृषि र पर्यटनलाई मुख्य आधार बनाएर काम गरिरहेको अवस्था छ, यो पदमार्गलाई थप व्यवस्थित बनाउन गर्न सकिने कामको पहिचान गर्न स्थलगत रुपमा अनुगमन गरेका छौँ ।”

अग्ला हिमशृङ्खला, पहाडका अग्ला डाँडा, तराईका समथर फाँटको मनोरमदृश्य अवलोकन गर्दै पदयात्रा गर्न सकिने भएकाले मुन्दुम पदमार्गमा पर्यटकको सङ्ख्या बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकेन पौडेलले जानकारी दिए । यहाँको प्राकृतिक सौन्दर्यताको उजागरसँगै प्रचारप्रसारको क्षेत्रमा गाउँपालिकाले योजनाबद्ध रुपमा काम गरिरहेको उहाँले जानकारी दिए ।

पदमार्गको आसपासमा निर्माण भएका किरातको संस्कार, संस्कृति झल्काउने विभिन्न संरचना, ठूलाठूला घाँसेमैदान, स्थानीय गोठवालाले पालेका चौँरी, भेडीगोठलगायतले यात्रा गर्ने पर्यटकलाई आनन्दित पार्ने प्रशासकीय अधिकृत पौडेलले बताए । “यो मार्ग छोटो समयमा पर्यटकको रोजाइको गन्तव्य बन्न सफल भएको छ”, प्रशासकीय अधिकृत पौडेलले भने, “यहाँ पर्यटकलाई आकर्षित गर्ने धेरै क्षेत्रहरु छन्, गाउँपालिकाले यसको थप विकाससँगै प्रचारप्रसारमा जोड दिएको अवस्था छ ।” उकालोओरालो हुँदै फैलिएको यो पदमार्गको यात्राका क्रममा चारपाटे, म्यारापिक, नुप्से, सगरमाथा, ल्होत्से, ल्होत्सेसार, पिक ३८, चाम्लाङ, मकालु, कञ्चनजङ्घा, कुम्भकर्णलगायत दुई दर्जनभन्दा बढी सुन्दर हिमशृङ्खला एकसाथ हेर्न सकिने पर्यटन व्यवसायी विवेक कुलुङले जानकारी दिए । 

यो पदमार्गमा बढीमात्रामा भदौ, असोज, कात्तिक र मङ्सिर महिनामा पर्यटक आउने स्थानीयको भनाइ छ । प्राकृतिक सुन्दरताले मनमोहक दृश्यावलोकन गर्न, हावापानीका हिसाबले हिमालमा जस्तो ठण्डा र तराई जस्तो गर्मी नहुने सन्तुलित हावापानी रहेकाले यो क्षेत्र पर्यटकको रोजाइमा पर्ने गरेको टेम्कमैयुङ–३ का वडाध्यक्ष पूर्णप्रसाद राईले बताए । बर्सेनि यो पदमार्गको भ्रमण गर्नेको सङ्ख्या बढ्दै गएको उनको भनाइ छ । किरात राईहरुको संस्कृतिसँग जोडिएकाले यो पदमार्गको नामकरण किरात राईहरुको ‘मुन्दुम’ संस्कारबाट राखिएको छ ।


प्रकाशित मिति: आइतबार, कात्तिक ११, २०८१  १५:५३
प्रतिक्रिया दिनुहोस्
थप पर्यटन
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण
पर्यटकीय गन्तव्य बन्दै रसुवा, छ महिनामा ३२ हजार बढीले गरे भ्रमण बिहीबार, माघ १, २०८२
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती
पुष्पलाल मध्यपहाडी लोकमार्ग : यात्रु र चालकलाई सास्ती बिहीबार, माघ १, २०८२
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा
पर्वतारोहण संघलाई एकाधिकार दिन मिल्दैनः मन्त्री सिन्हा मंगलबार, पुस २९, २०८२
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित 
बंगाल ट्राभल मार्ट–२०२६ मा नेपाल पर्यटन बोर्ड सम्मानित  सोमबार, पुस २८, २०८२
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण
चन्दा र श्रमदानबाट घार देउरालीमा दृष्यावलोकन केन्द्र निर्माण सोमबार, पुस २८, २०८२
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण
कृत्रिम खुट्टाकै सहारामा सातै महादेशका शिखर आरोहण सोमबार, पुस २८, २०८२
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP