Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजेन्द्रको पनि महाधिवेशन गुजार्ने रणनीतिमा
राजेन्द्रको पनि महाधिवेशन गुजार्ने रणनीतिमा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौं– विधानअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अबको महाधिवेशन अर्को मंसिरमा गर्नुपर्ने हुन्छ । तर पार्टी नेतृत्व हाँकिरहेका अध्यक्ष राजेन्द्र लिङ्देन यो महाधिवेशन आम निर्वाचनपछि धकेल्ने सुरमा छन् । आम निर्वाचन २०८४ मा हुने छ । लिङ्देनले निकट नेताहरूमार्फत् पार्टी महाधिवेशन आम निर्वाचनपछि मात्रै हुन्छ भन्न लगाउन थालेका छन् ।

पछिल्लोपटक मंगलबार सल्यानको सल्लिबजारमा उनीनिकट सहायकमन्त्री तथा केन्द्रीय निर्वाचन समिति सदस्य सचिव श्यामबहादुर शाहीले पार्टी महाधिवेशन दुई अढाई वर्षपछि हुने बताए । शाहीले महाधिवेशन नियमित समयमा नहुने भनिरहँदा अध्यक्ष लिङ्देन एउटै मञ्चमा थिए । शाहीपछि बोलेका लिङ्देनले महाधिवेशनबारे केही बोलेनन् । बरु, पार्टीका अर्का सहायक महामन्त्री ऋषि देवकोटाले मञ्चबाटै शाहीको बोलीको विरोध गरेका थिए । यसपछि ‘राप्रपाको कर्णाली यात्रा’मा बोल्न दिन शाहीले छाडिएको देवकोटाले बताए ।

देवकोटा भन्छन्, ‘निर्वाचन समिति सचिवको कार्यभार भनेको निष्पक्ष र स्वतन्त्रतापूर्वक निर्वाचन गराउने हो । राजनीतिक भाषा प्रयोग गरेर यतिबेला र उतिबेला निर्वाचन हुन्छ भन्न नैतिकरूपमा मिल्दैन’, उनले प्रभावसँग भने । शाहीको अभिव्यक्तिप्रति महामन्त्री डा. धवलशम्शेर जबरा पक्षले विरोध जनाउँदै आएका छन् । धवलनिकट नेता जनकराज पाठकले केन्द्रीय निर्वाचन समितिमा मौखिक उजुरी दिएका छन् । समितिका संयोजक तोरण गुरुङले यसबारे छलफल गर्ने भनेका छन् ।

राप्रपाको महामन्त्री धवल पक्षले आगामी वर्षको मंसिरमै निर्वाचन हुनुपर्ने भन्दै आएको छ । तर, केन्द्रीय समितिले एक वर्ष थप्न मिल्ने व्यवस्था राप्रपाको विधानमा छ । यदि उक्त अवधिमा पनि महाधिवेशन हुन नसके संविधानतः ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने प्रावधान छ । अध्यक्ष लिङ्देन भने यी दुवै सुविधाको प्रयोग गरेरमात्रै महाधिवेशन गराउने पक्षमा देखिएका छन् । यसप्रति धवल पक्षको विरोध छ । धवलपक्षीय नेता सापकोटाले भने, ‘अध्यक्षज्यूले आफ्ना गोजीका नेतामार्फत् महाधिवेशन सार्नुपर्ने भन्न लाउने गर्न थाल्नुभएको छ । यो गलत हो । नियमित समयमै महाधिवशेन गर्नुपर्छ ।’ लिङ्देनले आफ्नो कार्यकाललाई लम्ब्याउन चाहेको भन्दै धवलपक्ष असन्तुष्ट छ । तर, केन्द्रीय समितिमा बहुमत पु¥याउन भने लिङ्देनलाई सहज छैन ।

Hardik health

पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको अवधारणाअनुसार हालै ‘नवीन राप्रपा’ अभियानअन्तर्गत लिङ्देनले २० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । फेरि, थप २० जनालाई मनोनीत गर्ने तयारी छ । यसरी पछिल्ला पटक थपिएकामध्ये धेरै जना लिङ्देन कित्तामा देखिएका छन् । केन्द्रीय समितिमा बहुमत पु¥याएर महाधिवेशन पर धकेल्न चाहेका लिङ्देनका लागि उनीहरू सहयोगी बन्ने भन्दै विरोध पनि हुँदै आएको छ ।

राप्रपा महाधिवेशन २०७८ को मंसिर ११ गते भएको थियो । यस आधारमा महाधिवेशनको नियमित अवधि सकिन लाग्दा आफूनिकट नेता शाहीमार्फत महाधिवेशनबारे लिङ्देनले बोल्न लगाएको धेरैको विश्लेषण छ । यसरी एकातिर महाधिवेशनबारे मतभेद देखिन थाल्दा अर्कातिर पार्टीमा लिङ्देन स्वेच्छाचारी बन्दै गएको टिप्पणी भइरहेको छ । कारण, भारतको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा गिजाको क्यान्सरको उपचार गराइरहेकै बखत लिङ्देनले महामन्त्री धवललाई संगठन विभाग प्रमुख पदबाट हटाइदिएका थिए । उनको ठाउँमा आफूनिकट उपाध्यक्ष बुद्धिमान तामाङलाई ल्याएका छन् ।

यसले पार्टीमा मतभेद झनै चुलिएको छ । गत भदौमा काठमाडौंमा भएको पार्टीका जिल्ला अध्यक्षहरूको दुई दिने भेलामा लिङ्देन र राणा समूहको टकराव छताछुल्ल नै भएको थियो । त्यसबेला भेलामा राणा उपाध्यक्ष विक्रम पाण्डेले अध्यक्ष लिङ्देन र उनलाई देवत्वकरण गरेको भन्दै आक्रोश पोखेका थिए । ‘पार्टीमा नेतृत्वलाई बलियो बनाउनुपर्ने केही साथीहरूको धारणा सुनियो । के नेतृत्वलाई बलियो बनाउने पौष्टिक आहारा खुवाएर ? कि कसरी’, पाण्डेको भनाइ उदृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘खाली नेतृत्व बलियो बनाउनुपर्छ भन्ने सुन्छु । बनाउनुपर्ने बलियो त पार्टी होइन र ?’ लिङ्देनपक्षीय नेताहरूले बारम्बार लिङ्देनको प्रशंसा गर्दै नेतृत्वमा उनलाई थप बलियो बनाउनुपर्ने मत प्रकट गरेका थिए । उपाध्यक्ष बुद्धिमान तामाङसहितका नेताहरूले एक सिट रहेको राप्रपा लिङ्देनको नेतृत्वमा चुनावमा जाँदा १४ सिटसहित बलियो शक्तिका रुपमा देखा परेको बताएका थिए । ‘नेतृत्वलाई सहयोग गरौं ।

आलोचना मात्रै नगरौं’ । बरु उहाँ (लिङ्देन)लाई थप बलियो बनाएर अघि बढौं’, तामाङको भनाइ थियो । तामाङको यही सवालमाथि जवाफ फर्काउँदै अर्का उपाध्यक्ष पाण्डेले पौष्टिक आहारा खुवाएर नेतृत्वलाई बलियो पार्नुपर्ने भन्दै सोधेका हुन् । लिङ्देनले पार्टीलाई संस्थागतरुपमा सञ्चालन गर्न नसकेको, राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डालाई सशक्त ढंगले अघि बढाउन नसकेको, युवा वर्गलाई पार्टीमा स्थान दिन कञ्जुस गरेको र केही नेता कार्यकर्तालाई काखी च्यापेर र बहुसंख्यक नेता कार्यकर्तालाई टाढा पारेको भन्दै आलोचना परेको हो । त्यसरी नै लिङ्देनअघि बढे पार्टीलाई २०८४ मा हुने चुनावमा घाटा हुने उनको भनाइ थियो । गत वर्षको चैत तेस्रो साता लिङ्देनको नेतृत्वमा काठमाडौंमा राप्रपाले प्रदर्शन गरेको थियो ।

त्यसपछि राप्रपा थला प¥यो । भन्न चाहिँ राप्रपाले व्यवस्था परिवर्तनका लागि सत्तापलट हुनेगरिको आन्दोलन गर्ने चेतावनी दिएको थियो । तर, आन्दोलनलाई राप्रपाले धान्न सकेन । यसपछि समीक्षा बैठकमा लिङ्देनलाई सरकार विरोधी प्रदर्शनलाई सशक्त बनाउन नसकेको भन्दै कतिपय नेताले विरोध जनाएका थिए । पार्टीका नेता ठाकुरमोहन श्रेष्ठलाई पार्टी कार्यालयमै कुटपिट गर्नेलाई पनि लिङ्देनले उन्मुक्ति दिएको भनिएको थियो । सत्तामा जान बारम्बार प्रयास गर्ने लिङ्देन कदमको पनि विरोध जबरा समूहले गर्दै आएको छ । रवीन्द्र मिश्र सुकुम्बासी ! पूर्वपत्रकारसमेत रहेका रवीन्द्र मिश्रको राप्रपा प्रवेश तीन वर्ष हुनै लागेको छ । उनी पार्टीको वरिष्ठ उपाध्यक्ष छन् । पार्टी कार्यालयमा रहेको अभिलेखमा उनको पदीय जिम्मेवारी वरिष्ठ उपाध्यक्षकै हो ।

तर, सरकारको निकाय निर्वाचन आयोगले मिश्रलाई वरिष्ठ उपाध्यक्षको रुपमा चिन्दैन । कारण, उनको नाम निर्वाचन आयोगमा राप्रपाले बुझाएको दलीय विवरण अद्यावधिक छैन । ‘उहाँ आउनुभएको तीन वर्ष भइसक्यो । पद पनि वरिष्ठ उपाध्यक्ष हो तर उहाँलाई निर्वाचन आयोगले चिन्दैन’, बैठकमा सहभागी एक नेताले भने, ‘यसरी उहाँहरूलाई सुकुम्बासी कहिलेसम्म बनाइराख्ने ? जवाफ चाहियो ।’


प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘उपत्यकाको एकीकृत विकासमा जोड’
‘उपत्यकाको एकीकृत विकासमा जोड’ बुधबार, माघ २१, २०८२
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा बुधबार, माघ २१, २०८२
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो बुधबार, माघ २१, २०८२
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती मंगलबार, माघ २०, २०८२
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल सोमबार, माघ १९, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP