Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #नेपाली कांग्रेस
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #पुतली_नाच
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #सोनाम_ल्होछार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राजेन्द्रको पनि महाधिवेशन गुजार्ने रणनीतिमा
राजेन्द्रको पनि महाधिवेशन गुजार्ने रणनीतिमा
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, कात्तिक ९, २०८१

काठमाडौं– विधानअनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को अबको महाधिवेशन अर्को मंसिरमा गर्नुपर्ने हुन्छ । तर पार्टी नेतृत्व हाँकिरहेका अध्यक्ष राजेन्द्र लिङ्देन यो महाधिवेशन आम निर्वाचनपछि धकेल्ने सुरमा छन् । आम निर्वाचन २०८४ मा हुने छ । लिङ्देनले निकट नेताहरूमार्फत् पार्टी महाधिवेशन आम निर्वाचनपछि मात्रै हुन्छ भन्न लगाउन थालेका छन् ।

पछिल्लोपटक मंगलबार सल्यानको सल्लिबजारमा उनीनिकट सहायकमन्त्री तथा केन्द्रीय निर्वाचन समिति सदस्य सचिव श्यामबहादुर शाहीले पार्टी महाधिवेशन दुई अढाई वर्षपछि हुने बताए । शाहीले महाधिवेशन नियमित समयमा नहुने भनिरहँदा अध्यक्ष लिङ्देन एउटै मञ्चमा थिए । शाहीपछि बोलेका लिङ्देनले महाधिवेशनबारे केही बोलेनन् । बरु, पार्टीका अर्का सहायक महामन्त्री ऋषि देवकोटाले मञ्चबाटै शाहीको बोलीको विरोध गरेका थिए । यसपछि ‘राप्रपाको कर्णाली यात्रा’मा बोल्न दिन शाहीले छाडिएको देवकोटाले बताए ।

देवकोटा भन्छन्, ‘निर्वाचन समिति सचिवको कार्यभार भनेको निष्पक्ष र स्वतन्त्रतापूर्वक निर्वाचन गराउने हो । राजनीतिक भाषा प्रयोग गरेर यतिबेला र उतिबेला निर्वाचन हुन्छ भन्न नैतिकरूपमा मिल्दैन’, उनले प्रभावसँग भने । शाहीको अभिव्यक्तिप्रति महामन्त्री डा. धवलशम्शेर जबरा पक्षले विरोध जनाउँदै आएका छन् । धवलनिकट नेता जनकराज पाठकले केन्द्रीय निर्वाचन समितिमा मौखिक उजुरी दिएका छन् । समितिका संयोजक तोरण गुरुङले यसबारे छलफल गर्ने भनेका छन् ।

राप्रपाको महामन्त्री धवल पक्षले आगामी वर्षको मंसिरमै निर्वाचन हुनुपर्ने भन्दै आएको छ । तर, केन्द्रीय समितिले एक वर्ष थप्न मिल्ने व्यवस्था राप्रपाको विधानमा छ । यदि उक्त अवधिमा पनि महाधिवेशन हुन नसके संविधानतः ६ महिनाभित्र महाधिवेशन गर्नुपर्ने प्रावधान छ । अध्यक्ष लिङ्देन भने यी दुवै सुविधाको प्रयोग गरेरमात्रै महाधिवेशन गराउने पक्षमा देखिएका छन् । यसप्रति धवल पक्षको विरोध छ । धवलपक्षीय नेता सापकोटाले भने, ‘अध्यक्षज्यूले आफ्ना गोजीका नेतामार्फत् महाधिवेशन सार्नुपर्ने भन्न लाउने गर्न थाल्नुभएको छ । यो गलत हो । नियमित समयमै महाधिवशेन गर्नुपर्छ ।’ लिङ्देनले आफ्नो कार्यकाललाई लम्ब्याउन चाहेको भन्दै धवलपक्ष असन्तुष्ट छ । तर, केन्द्रीय समितिमा बहुमत पु¥याउन भने लिङ्देनलाई सहज छैन ।

Sonam Lhosar
Hardik health

पार्टी वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रको अवधारणाअनुसार हालै ‘नवीन राप्रपा’ अभियानअन्तर्गत लिङ्देनले २० जनालाई केन्द्रीय सदस्य मनोनीत गरेका छन् । फेरि, थप २० जनालाई मनोनीत गर्ने तयारी छ । यसरी पछिल्ला पटक थपिएकामध्ये धेरै जना लिङ्देन कित्तामा देखिएका छन् । केन्द्रीय समितिमा बहुमत पु¥याएर महाधिवेशन पर धकेल्न चाहेका लिङ्देनका लागि उनीहरू सहयोगी बन्ने भन्दै विरोध पनि हुँदै आएको छ ।

राप्रपा महाधिवेशन २०७८ को मंसिर ११ गते भएको थियो । यस आधारमा महाधिवेशनको नियमित अवधि सकिन लाग्दा आफूनिकट नेता शाहीमार्फत महाधिवेशनबारे लिङ्देनले बोल्न लगाएको धेरैको विश्लेषण छ । यसरी एकातिर महाधिवेशनबारे मतभेद देखिन थाल्दा अर्कातिर पार्टीमा लिङ्देन स्वेच्छाचारी बन्दै गएको टिप्पणी भइरहेको छ । कारण, भारतको मुम्बईस्थित टाटा मेमोरियल अस्पतालमा गिजाको क्यान्सरको उपचार गराइरहेकै बखत लिङ्देनले महामन्त्री धवललाई संगठन विभाग प्रमुख पदबाट हटाइदिएका थिए । उनको ठाउँमा आफूनिकट उपाध्यक्ष बुद्धिमान तामाङलाई ल्याएका छन् ।

यसले पार्टीमा मतभेद झनै चुलिएको छ । गत भदौमा काठमाडौंमा भएको पार्टीका जिल्ला अध्यक्षहरूको दुई दिने भेलामा लिङ्देन र राणा समूहको टकराव छताछुल्ल नै भएको थियो । त्यसबेला भेलामा राणा उपाध्यक्ष विक्रम पाण्डेले अध्यक्ष लिङ्देन र उनलाई देवत्वकरण गरेको भन्दै आक्रोश पोखेका थिए । ‘पार्टीमा नेतृत्वलाई बलियो बनाउनुपर्ने केही साथीहरूको धारणा सुनियो । के नेतृत्वलाई बलियो बनाउने पौष्टिक आहारा खुवाएर ? कि कसरी’, पाण्डेको भनाइ उदृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘खाली नेतृत्व बलियो बनाउनुपर्छ भन्ने सुन्छु । बनाउनुपर्ने बलियो त पार्टी होइन र ?’ लिङ्देनपक्षीय नेताहरूले बारम्बार लिङ्देनको प्रशंसा गर्दै नेतृत्वमा उनलाई थप बलियो बनाउनुपर्ने मत प्रकट गरेका थिए । उपाध्यक्ष बुद्धिमान तामाङसहितका नेताहरूले एक सिट रहेको राप्रपा लिङ्देनको नेतृत्वमा चुनावमा जाँदा १४ सिटसहित बलियो शक्तिका रुपमा देखा परेको बताएका थिए । ‘नेतृत्वलाई सहयोग गरौं ।

आलोचना मात्रै नगरौं’ । बरु उहाँ (लिङ्देन)लाई थप बलियो बनाएर अघि बढौं’, तामाङको भनाइ थियो । तामाङको यही सवालमाथि जवाफ फर्काउँदै अर्का उपाध्यक्ष पाण्डेले पौष्टिक आहारा खुवाएर नेतृत्वलाई बलियो पार्नुपर्ने भन्दै सोधेका हुन् । लिङ्देनले पार्टीलाई संस्थागतरुपमा सञ्चालन गर्न नसकेको, राजसंस्था र हिन्दुराष्ट्रको एजेन्डालाई सशक्त ढंगले अघि बढाउन नसकेको, युवा वर्गलाई पार्टीमा स्थान दिन कञ्जुस गरेको र केही नेता कार्यकर्तालाई काखी च्यापेर र बहुसंख्यक नेता कार्यकर्तालाई टाढा पारेको भन्दै आलोचना परेको हो । त्यसरी नै लिङ्देनअघि बढे पार्टीलाई २०८४ मा हुने चुनावमा घाटा हुने उनको भनाइ थियो । गत वर्षको चैत तेस्रो साता लिङ्देनको नेतृत्वमा काठमाडौंमा राप्रपाले प्रदर्शन गरेको थियो ।

त्यसपछि राप्रपा थला प¥यो । भन्न चाहिँ राप्रपाले व्यवस्था परिवर्तनका लागि सत्तापलट हुनेगरिको आन्दोलन गर्ने चेतावनी दिएको थियो । तर, आन्दोलनलाई राप्रपाले धान्न सकेन । यसपछि समीक्षा बैठकमा लिङ्देनलाई सरकार विरोधी प्रदर्शनलाई सशक्त बनाउन नसकेको भन्दै कतिपय नेताले विरोध जनाएका थिए । पार्टीका नेता ठाकुरमोहन श्रेष्ठलाई पार्टी कार्यालयमै कुटपिट गर्नेलाई पनि लिङ्देनले उन्मुक्ति दिएको भनिएको थियो । सत्तामा जान बारम्बार प्रयास गर्ने लिङ्देन कदमको पनि विरोध जबरा समूहले गर्दै आएको छ । रवीन्द्र मिश्र सुकुम्बासी ! पूर्वपत्रकारसमेत रहेका रवीन्द्र मिश्रको राप्रपा प्रवेश तीन वर्ष हुनै लागेको छ । उनी पार्टीको वरिष्ठ उपाध्यक्ष छन् । पार्टी कार्यालयमा रहेको अभिलेखमा उनको पदीय जिम्मेवारी वरिष्ठ उपाध्यक्षकै हो ।

तर, सरकारको निकाय निर्वाचन आयोगले मिश्रलाई वरिष्ठ उपाध्यक्षको रुपमा चिन्दैन । कारण, उनको नाम निर्वाचन आयोगमा राप्रपाले बुझाएको दलीय विवरण अद्यावधिक छैन । ‘उहाँ आउनुभएको तीन वर्ष भइसक्यो । पद पनि वरिष्ठ उपाध्यक्ष हो तर उहाँलाई निर्वाचन आयोगले चिन्दैन’, बैठकमा सहभागी एक नेताले भने, ‘यसरी उहाँहरूलाई सुकुम्बासी कहिलेसम्म बनाइराख्ने ? जवाफ चाहियो ।’


प्रकाशित मिति: शुक्रबार, कात्तिक ९, २०८१  १२:५७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
तनहुँमा प्रतिनिधिसभा निर्वाचन: काग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो
तनहुँमा प्रतिनिधिसभा निर्वाचन: काग्रेस बाहेक प्रमुख दलका उम्मेदवारको टुङ्गो आइतबार, माघ ४, २०८२
बालेन  र अभियन्ता सुधन  रास्वपाको कार्यालय जाँदै
बालेन र अभियन्ता सुधन रास्वपाको कार्यालय जाँदै आइतबार, माघ ४, २०८२
आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट
आयोगको निर्णयविरुद्ध सर्वोच्चमा रिट आइतबार, माघ ४, २०८२
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार
एमालेले टुङ्ग्यायो स्याङ्जाका दुई उम्मेदवार आइतबार, माघ ४, २०८२
प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार
प्रतिनिधिसभा निर्वाचनः एमाले अध्यक्ष ओली झापा–५ को उम्मेदवार आइतबार, माघ ४, २०८२
उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै
उम्मेदवार टुङ्गो लगाउन रास्वपाको केन्द्रीय समितिको बैठक बस्दै आइतबार, माघ ४, २०८२
एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो
एमालेले इलामबाट नेम्वाङ र कागतेलाई उम्मेदवार बनायो आइतबार, माघ ४, २०८२
Sonam Lhosar Sonam Lhosar
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP