Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • सर्वोच्चमा प्रकाशमानका चुनौती
सर्वोच्चमा प्रकाशमानका चुनौती
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २१, २०८१

आइतबार राष्ट्रपति रामचन्द्र पौडेलबाट शपथ लिएसँगै सर्वोच्च अदालतले प्रकाशमान सिंहलाई ३१औं प्रधानन्यायाधीशका रुपमा पाएको छ । सर्वोच्च अदालतको नेतृत्वमा आउनासाथ हरेक प्रधानन्यायाधीशको चुनौतीको विषय हो– न्यायालयमाथिको विश्वासमा कमी हुन नदिनु ।

‘सानालाई ऐन, ठूलालाई चैन’ चर्चित नेपाली उखानको प्रसंग बेलाबेला न्याय सम्पादनका बेला मिलेको आरोप जिल्ला अदालतदेखि सर्वोच्चसम्मलाई लाग्छ । अझ पछिल्लो समय न्यायमा ढिलाइ हुँदा ‘मरेपछि ओखती’ भन्ने उखान पनि चर्चामा आउँछ । सर्वोच्चमा अहिले १० वर्षदेखिका मुद्दा छन् । यस्तो मुद्दा करिब २६ हजारको संख्यामा रहेको बताइन्छ । १० जना प्रधानन्यायाधीश फेरिँदा पनि काभ्रेकी पूर्णिमाया लामाको मुद्दाको किनारा लागेको छैन । पूर्णिमायाको श्रीमान् अर्जुन लामाको हत्या अभियोगमा सर्वोच्चमा दायर मुद्दाको ६३औं पटक पेशी तोकियो । तर, यो मुद्दालाई सर्वोच्चले वारपार गर्न सकेको छैन । यस्ता सयौं मुद्दा छन् जसका कारण अरू मुद्दाको सम्पादनमा ढिलाइ हुने छ ।

कुनै बेला नेपाल बार एसोसिएसनका अध्यक्ष रहेका बेला राउतले अदातलभित्र विकृति भएको भन्दै औंला उठाएका थिए । अहिले राउत आफैं नेतृत्वमा पुगेका छन् । अहिले बारसँग सर्वोच्चको ¥याङठ्याङ नमिल्ने लगभग पक्का देखिन्छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरेले राउतलाई साथ नदिने छनक देखाइसकेका छन् ।न्यायाधीश नियुक्तिमा असन्तुष्टि जनाउँदै घिमिरेले विरोध गर्दा सर्वोच्चमा उनीमाथि अवहेलनाको मुद्दासमेत परेको थियो । यद्यपि, घिमिरेविरुद्ध परेको उक्त रिट फिर्ता लिने भएको छ । आफ्नाविरुद्धको उजुरीमा परेका सांसदहरुको प्रश्नमाथि जवाफ दिने क्रममा राउतले फैसलाको पूर्णपाठ पढ्न सुझाउँदै कूटनीतिक जवाफ दिएर सर्वोच्चको नेतृत्वमा पुगिसकेका छन् । राउतविरुद्ध संसदीय सुनुवाइ समितिमा छ वटा उजुरी परेका थिए । 

Hardik health

न्यायाधीश नियुक्ति जहिल्यै विवादित बन्छ । सर्वोच्चमा आवश्यक चारजना न्यायाधीशको नियुक्ति राउतका लागि अर्को काउसोको विषय बन्ने छ । न्यायाधीश नियुक्ति गर्ने न्याय परिषद् ऐनको प्रावधानप्रति नेपाल बारको विरोध छ । बारले वर्तमान न्याय परिषद् ऐन खारेजीको माग गरेको छ । बेञ्च र बारबीच तीक्ततापूर्ण सम्बन्ध रहेकाले त्यसलाई सुधार गर्नुपर्ने अहिलेको अवस्थामा राउतले भरपर्दो भूमिका निभाउनुपर्ने देखिन्छ । अर्को महŒवपूर्ण विषय भनेको न्यायालयलाई बिचौलियामुक्त बनाउनु । चैत १६, २०८२ सम्म सर्वोच्चको नेतृत्वमा रहँदा माथिका चुनौतीमाथि सुधार गर्नसके राउत सफल भएको ठहरिने छ ।
 


प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १२:४४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
बालेन-हर्कको दोहोरो धोका
बालेन-हर्कको दोहोरो धोका सोमबार, माघ ५, २०८२
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस्
रविको संरक्षणमा कानुनको बलिदान रोकियोस् आइतबार, माघ ४, २०८२
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ?
विदेशमा जल्नुपर्ने बाध्यता कहिलेसम्म ? बिहीबार, माघ १, २०८२
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर
‘ग्रेसफुल एक्जिट’का लागि देउवालाई अन्तिम अवसर सोमबार, पुस २८, २०८२
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ
निर्वाचन सुरक्षा चुनौतीमा ध्यान देऊ आइतबार, पुस २७, २०८२
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस्
कांग्रेसमा आवाज थुन्ने प्रयास बन्द होस् शुक्रबार, पुस २५, २०८२
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ
नैतिकताको प्रश्नमा कुलमानको ढिलो जवाफ बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP