Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • बालबालिकाको अवैध ओसारपसार कायमै
बालबालिकाको अवैध ओसारपसार कायमै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ ३०, २०८१

काठमाडौं -  गरिब, अशिक्षा र आधारभूत सेवासुविधाको अभावमा कर्णाली प्रदेशका हिमाली जिल्लाबाट अहिले पनि सयौँको सङ्ख्यामा बालबालिकाको ओसारपसार हुने गरेकाले त्यसलाई नियन्त्रण गर्न तीनै तहका सरकारहरु गम्भीर हुनुपर्नेमा जोड दिइएको छ । ६० औँ बाल दिवसको अवसरमा आधार विकास नेपाल र हिमाली नवीन समाजद्वारा यहाँ आयोजित नेपालमा संस्थागत हेरचाहमा हुने बालबालिकाको ओसारपसार विषयक गोष्ठीका सहभागी वक्ताहरुले सो धारणा राखेका हुन्  । 

नेपालमा संस्थागत हेरचाहसँग जोडिएर हुने बालबालिकाको बेचबिखन तथा ओसारपसारको नियन्त्रण तथा रोकथाम र कानूनी व्यवस्था नभएकाले देशका दुर्गम जिल्लाहरुबाट विभिन्न बहानामा वर्षेनी सयौंको सङख्यामा बालबालिकाहरु आफ्ना परिवार समाजबाट बिछोडिनुपरेको छ । यसले ती बालबालिकाको अभिभावकसँग बिताउन पाउने नैसर्गिक अधिकारबाट बञ्चित हुनुको साथै उनीहरुले शारिरीक, मानसिक यातना सहनु परेकाले यसतर्फ ध्यान दिनुपर्ने वक्ताहरुको भनाइ छ ।

सो अवसरमा कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री एवं नेपाली कांग्रेसका नेता जीवनबहादुर शाहीले कर्णाली प्रदेश जडीबुटी र खाद्यान्न उत्पादनको अपार सम्भावना रहेपनि त्यसको उपयोग गर्न नसक्दा गरिबीको अवस्था देखिएको उल्लेख गर्दै सामाजिक सोच र व्यवहारले पनि कर्णाली उपेक्षामा परेको बताए । उनले विगतमा धनीका छोराछोरी बालमन्दिरहरुमा राखिने गरेपनि अहिले विपन्न र अशिक्षित परिवारका बालबालिकालाई विभिन्न प्रलोभनमा पारी राख्ने गरिएको र त्यहाँ रहेका बालबालिकाको शैक्षिक, स्वास्थ्य अवस्था राम्रो नभएकाले उनीहरुलाई परिवारमै बस्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । 

Hardik health

आधार नेपालका देशीय प्रतिनिधि प्रल्हाद ढकालले केही बालबालिकालाई उनीहरुको गुणस्तरीय शिक्षा, स्वास्थ्य र अन्य आधारभूत सुविधा दिने नाममा सहरमा ल्याउनुभन्दा जिल्लामै त्यो अवसर दिन सकिएमा परिवार, समाज र संस्कृतिसँगको सम्बन्धबाट उनीहरु विमुख हुन नपर्ने बताए । हिमाली नवीन समाजकबा कार्यकारी निर्देशक धनबहादुर लामाले देशका अधिकांश बालगृहहरु राज्यको मापदण्डअनुसार नरहेको उल्लेख गर्दै ती बाल गृहहरुमा राखिएका बालबालिका थुप्रै समस्याहरुबाट पीडित रहेकाले उनीहरुलाई परिवारमै पुनस्थापित गर्न संस्थाले पहल गरिरहेको उल्लेख गरे । 

सो अवसरमा राष्ट्रिय बालअधिकार परिषदका कार्यक्रम प्रबन्धक नमूना भुसाल, नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता गौतम मिश्र,  कानुन व्यवसायी डा शिव पौडेल र आधार नेपालका प्रज्ञा लम्सालले बालबालिकासम्बन्धी विद्यमान कानुन, वालगृहको अवस्था र राज्यले अवलम्बन गर्नुपर्ने नीतिका बारेमा प्रस्तुतीकरण दिएका थिए । 

कार्यक्रममा केही वर्षअघि रुकुम टक्सेराबाट काठमाडौँ ल्याइएकी वर्मा बुढामगरले आफूले ११ वर्षसम्म बालगृहमा रहँदा भोग्नुपरेका पीडाका बारेमा बोलेका थिए ।  सो अवसरमा हाम्रो घर हाम्रो परिवार नामक पुस्तकको पनि लोकार्पण गरिएको थियो । 


प्रकाशित मिति: आइतबार, भदौ ३०, २०८१  १५:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपराष्ट्रपति यादवद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८२ को शुभकामना
उपराष्ट्रपति यादवद्वारा वसन्त पञ्चमी तथा सरस्वती पूजा, २०८२ को शुभकामना शुक्रबार, माघ ९, २०८२
दुई दिने वसन्त शास्त्रीय संगित महोत्सव सुरु
दुई दिने वसन्त शास्त्रीय संगित महोत्सव सुरु बिहीबार, माघ ८, २०८२
ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच पुनः वार्ता हुने
ग्रीनल्याण्डसम्बन्धी रक्षा सम्झौतामा अमेरिका र डेनमार्कबीच पुनः वार्ता हुने बिहीबार, माघ ८, २०८२
बाँकेमा  परेन उम्मेदवारविरुद्ध उजुरी
बाँकेमा परेन उम्मेदवारविरुद्ध उजुरी बिहीबार, माघ ८, २०८२
जाँचबुझ आयोगको समय २० दिन थप
जाँचबुझ आयोगको समय २० दिन थप बिहीबार, माघ ८, २०८२
चामल आयात गर्न करिब साढे २० अर्ब खर्च
चामल आयात गर्न करिब साढे २० अर्ब खर्च बिहीबार, माघ ८, २०८२
 सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई
 सरकारको प्रवक्ताको जिम्मेवारी गृहमन्त्री अर्याललाई बिहीबार, माघ ८, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP