Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #ट्रक_यातायात
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #संविधान_दिवस
  • #गिद्ध
  • #अपहरण
Search Here
राजनीति
  • Home
  • राजनीति
  • चुनावी गठबन्धन त्याग्ने होडमा ठूला दल
चुनावी गठबन्धन त्याग्ने होडमा ठूला दल
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, भदौ १९, २०८१

अब हुने चुनावमा गठबन्धन हुँदैन, एक्लाएक्लै चुनाव लड्ने हो । हामी त्यसको तयारीमा बस्नुपर्छ । मंसिरको उपचुनाव र ८४ को चुनावमा एक्लाएक्लै लड्छौं ।
केपी शर्मा ओली
अध्यक्ष, नेकपा एमाले

काठमाडौं– तीन वर्षपछि २०८४ मा हुने आमनिर्वाचनमा गठबन्धन गर्ने कि नगर्नेबारे ठूला राजनीतिक दलहरू बहसमा उत्रिएका छन् । सत्तारूढ दल नेपाली कांग्रेसले त गठबन्धन नगर्ने निर्णय नै गरिसकेको छ ।आइतबार सकिएको केन्द्रीय समिति बैठकले महामन्त्री गगनकुमार थापाको प्रस्तावअनुसार आगामी निर्वाचनमा गठबन्धन नगर्ने निर्णय गरेको हो ।

कांग्रेसले गठबन्धन नगर्ने निर्णय लिएको दुई दिनपछि नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि गठबन्धन नगर्ने घोषणा गरेका छन् । एक्लै निर्वाचन लड्ने भन्दै सोहीअनुसार तयारी थाल्न नेता कार्यकर्तालाई उनले निर्देशन नै दिए ।‘अब हुने चुनावमा गठबन्धन हुँदैन, एक्लाएक्लै चुनाव लड्ने हो । हामी त्यसको तयारीमा बस्नुपर्छ । मंसिरको उपचुनाव र ८४ को चुनावमा एक्लाएक्लै लड्छौं,’ ओलीले मंगलबार पार्टीको पोलिटब्युरो बैठकमा भने, ‘निर्वाचनपछि भने एलायन्स (गठबन्धन) हुन पनि सक्छ, परिस्थिति हेरेर ।’

एमालेले ४ मंसिर २०७९ मा भएको निर्वाचन गठबन्धनसहित लडेको थियो । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई एमालेले गठबन्धनमा समावेश गरेको थियो । अन्य केही साना राजनीतिक घटकसँग पनि एमाले गठबन्धनमा थियो । तर, पनि एमाले संसद्को दोस्रो दल बन्यो । सोही दलका अध्यक्ष तथा प्रधानमन्त्री ओलीले आगामी तीन वर्षपछि हुने चुनावमा गठबन्धन नगर्ने बताएका हुन् । 

Hardik health

चुनावी गठबन्धन नगर्ने निर्णय गरिसकेको कांग्रेस पनि गठबन्धनसहित चुनावमा गएको शक्ति हो । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलहरू कांग्रेस नेतृत्वको चुनावी गठबन्धनमा समाहित थिए । यसले गर्दा पनि ८९ सिटसहित कांग्रेस पहिलो दल बन्यो । 

तर, गठबन्धनकै कारणले पहिलो दलीय हैसियत प्राप्त गरेको कांग्रेसको केन्द्रीय समितिले पारित गरेको महामन्त्री गगन थापाको प्रतिवेदनमा भनिएको छ, ‘हाम्रो आफ्नै संगठनलाई थप ऊर्जाशील बनाउँदै आमजनताको मत र विश्वास बढाएर नेपाली कांग्रेसलाई एक्लै बहुमत ल्याउनसक्ने पार्टीको रूपमा पुनःस्थापित गर्नेछौं । हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।’

यतिबेला कांग्रेस र एमालेकै सरकार छ । चुनावी घोषणापत्रअनुसार देश विकास र समृद्धिको यात्रामा अघि बढ्नुपर्ने मूलभूत दायित्व सरकारको छ । तर, तीन वर्षपछि हुने चुनावमा गठबन्धन गर्ने कि नगर्ने बहसमा सत्तारुढ दुई दल अल्झिएका छन् । यसबारे यी दलहरूकै दोस्रो तहका नेताहरू त्यति सन्तुष्ट छैनन् । एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्य चुनावअघि निर्णय लिनुपर्ने विषयमा अहिल्यै छलफल गर्नुपर्ने कुनै कारण नभएको बताउँछिन् ।

हामी भविष्यमा हुने आवधिक निर्वाचनहरूमा आफ्नै तागतमा एक्लै लड्ने छौं र हाम्रा मतदातालाई नेपाली कांग्रेसको चुनाव चिह्न रुखमा नै मत हाल्न पाउने अवस्था सुनिश्चित गर्नेछौं ।
गगन थापा
महामन्त्री, नेपाली कांग्रेस


‘अहिले नै चुनावी गठबन्धन गर्ने कि नगर्ने भन्ने विषय छलफलमा ल्याउनु मलाई व्यक्तिगतरुपमा त्यति ठीक लागेको छैन । किनभने यो त चुनावकै मुखमा गर्दा भइहाल्छ नि,’ उनले प्रभावसँग भनिन्, ‘अहिल्यै हतारो गर्नुपर्ने थिएन ।’

एमाले चुनावमा गठबन्धन बनाएर गएको दोस्रोपटक भइसकेको छ । २०७४ मा वाम गठबन्धन र २०७९ मा वाम–राजावादी शक्तिबीच गठबन्धन गरेर चुनावमा गयो । पहिलो गठबन्धनले एमालेलाई संसद्को पहिलो दल बनायो । दोस्रोपटकको चुनावी गठबन्धनले दोस्रो नै बनायो । फेरि, संसद्मा त्रिशंकु बन्यो । सरकारमा अस्थिरता निम्तियो । कूल ३२ सिटसहित तेस्रो बनेको दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले गठबन्धन अदलबदल गरिरहे । यसपछि कांग्रेसमा चुनावी गठबन्धन नगर्नेबारे बहस चुलिएको हो । यहीबीच एमालेमा पनि चुनावी गठबन्धनले ठाउँ पायो ।

कांग्रेस नेता हृदयराम थानी चुनावअघिको गठबन्धन नेपालको सन्दर्भमा त्यति अर्थपूर्ण नभएको बताउँछन् । चुनावपछि सरकार गठनको मामिलामा भने गठबन्धन गर्न उचित हुने तर चुनावअघिको गठबन्धनलाई अभ्यासमा ल्याउन नहुने उनको भनाइ छ । ‘जनताले चाहेको सरकारमा स्थिरता हो । त्यसका लागि संसद्मा त्यही अनुसारको गणित चाहिन्छ तर गठबन्धनले कुनै दलको बहुमत आएन । सरकार अस्थिर मात्रै भइरह्यो,’ उनले भने, ‘अब एक्लै चुनाव लड्ने, जनताको अभिमत प्राप्त गर्ने र सरकार गठन गर्ने चुनावी रणनीतिमा जानुपर्ने देखियो ।’

कांग्रेस र एमालेले मात्रै होइन, माओवादी केन्द्रले पनि गठबन्धन नगर्ने उक्त दलका अध्यक्ष दाहालले बताएका छन् । त्यहीअनुसार पार्टी संगठन मजबुत बनाउन उनले निर्देशन दिइसकेका छन् । दुई ठूला दलमा चुनावी गठबन्धनविरोधी मत प्रकट भइरहेकै बेला दाहालले त्यस्तो निर्देशन दिएका हुन् । उसो त नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पनि गत पार्टी महाधिवेशनमै एक्लै चुनाव लड्नेगरी शक्ति जनताबाट आर्जन गर्न जनताकहाँ जान पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिएका थिए । 

मतदानको क्रममा मतदाता झुक्किने र दलभित्र आन्तरिक असन्तुष्टि चुलिने भएका कारण पनि चुनावी गठबन्धन उपयुक्त नहुने तर्क नेपालको थियो । अर्कातिर, अप्राकृतिक चुनावी गठबन्धन भएको र त्यसले जनतामा राम्रो सन्देश नगएको पनि दलहरूको विश्लेषण छ । राजनीतिशास्त्री प्रा. कृष्ण पोखरेल पनि चुनावी गठबन्धनलाई जनताले राम्रो नभनेकाले गठबन्धन नगर्नु जनमतको सम्बोधन हुने अर्थमा विश्लेषण गर्छन् । चुनावी गठबन्धन गर्दा मतदाता अल्मिलिएको उनले बताए । ‘एउटै मतपत्रमा मत हालिरहने बानी परेका मतदाता धेरै छन् । गठबन्धन भएपछि पहिले माओवादीलाई मत दिनेले कांग्रेसलाई दिनुपर्‍यो । कांग्रेसलाई पहिल्यैदेखि दिनेले माओवादीलाई दिनुपर्‍यो,’ उनले भने, ‘यसले मतदाताको मताधिकारको स्वतन्त्रतालाई दलहरूले कुण्ठित पारे ।’

गठबन्धन भएपछि पहिले माओवादीलाई मत दिनेले कांग्रेसलाई दिनुपर्‍यो । कांग्रेसलाई पहिल्यैदेखि दिनेले माओवादीलाई दिनुपर्‍यो । यसरी दलहरुबाट मतदाताको मताधिकारको स्वतन्त्रतालाई कुण्ठित गरिनु ठीक होइन ।
प्रा. कृष्ण पोखरेल
राजनीतिशास्त्री

चुनावी गठबन्धनको इतिहास त्यति पुरानो छैन । २०४८ सालको आमनिर्वाचन साना वाम घटकहरू संयुक्त वाम मोर्चाको नाममा गोलबद्ध भएर चुनाव लडेका थिए । त्यसपछि भने एकैचोटी २०७४ मा चुनावी गठबन्धन भयो । पछिल्लोपटक २०७९ मा भएको हो । यतिबेला भने चुनावी गठबन्धनविरोधी कित्तामा गठबन्धन गर्ने दलहरू नै उभिएका छन् । यसलाई राजनीतिशास्त्री पोखरेल उपयुक्त ठान्छन् । 


प्रकाशित मिति: बुधबार, भदौ १९, २०८१  १०:५८
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
नेतृत्व छाड्न दबाब
नेतृत्व छाड्न दबाब बुधबार, असोज १, २०८२
चुनावमा जान प्रमुख दलहरु तयार
चुनावमा जान प्रमुख दलहरु तयार मंगलबार, भदौ ३१, २०८२
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन
महासचिव पोखरेलद्वारा केन्द्रीय कार्यालय अनुगमन सोमबार, भदौ ३०, २०८२
दल विभाजनदेखि दल त्यागसम्म
दल विभाजनदेखि दल त्यागसम्म सोमबार, भदौ ३०, २०८२
चुनाव सम्पन्न गर्ने प्रधानमन्त्री कार्कीको अठोट
चुनाव सम्पन्न गर्ने प्रधानमन्त्री कार्कीको अठोट सोमबार, भदौ ३०, २०८२
रास्वपाकी नेतृ पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडिन्
रास्वपाकी नेतृ पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी छोडिन् आइतबार, भदौ २९, २०८२
प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन आठ दलको माग
प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिन आठ दलको माग आइतबार, भदौ २९, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
फरार कैदीवन्दीलाई आत्मसमर्पणको आग्रह
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP