Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #शुक्रराज शर्मा
  • #सफल _युवराज पौडेल
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #'उज्यालो नेपाल
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #जरा_उद्यान
Search Here
समाचार
  • Home
  • समाचार
  • विश्व हात्ती दिवस :  झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि
विश्व हात्ती दिवस :  झापामा हात्तीको सङ्ख्या तेब्बर वृद्धि
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २८, २०८१

बनियानी-  झापामा पछिल्लो समय परम्परागत (रैथाने) हात्तीको सङ्ख्या वृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा परम्परागत हात्तीको सङ्ख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिए  । उनका अनुसार २०७५ सालमा १०–१२सङ्ख्यामा हात्ती रहेकामा हाल उक्त सङ्ख्या ३० भन्दा धेरै छ ।

“भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि परम्परागत हात्तीको सङ्ख्या बढ्दै गएको छ”, उनले भने, “आहाराकै लागि हात्तीको बसोबास बढेको छ ।” गत वर्ष सुक्ष्म रूपमा अध्ययन गर्दा हात्तीको सङ्ख्या वृद्धि भएको पाइएको उनको भनाइ छ । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेका हात्ती हाल जिल्लाभर देखिन थालेको छ ।

जिल्लामा धान, मकैलगायत बालीको जोन–सुपरजोन घोषणा भएपछि हात्तीबाट जनधनको क्षति बढ्दै गएको उनको भनाइ छ । “यसअघि कहिलै नपुग्ने ठाउँमा हात्ती पुगिरहेको छ”, उनले भने, “महिनैपिच्छे फल्नेगरी मकैखेती हुन थालेको छ, यसले गर्दा हात्तीको उपद्रव बढेको छ ।”

हात्तीले प्रयोग गर्ने जैविकमार्गमा पुल, सडकलगायत संरचना निर्माण भएपछि हात्तीले बाटो परिवर्तन गर्दा बढी क्षति हुने गरेको छ । हात्तीले बाटो परिवर्तन गर्ने क्रममा गाउँबस्ती प्रवेश गर्दा जनधनको बढी क्षति हुने गरेको कार्यालय प्रमुख राईले बताए ।

Hardik health

मानव–हात्ती द्वन्द्व नियन्त्रणका लागि विशेष गुरुयोजना बनाउनुपर्नेमा उनले जोड दिए । “मानव–हात्ती सहअस्तित्वका लागि चरणबद्ध तरिकाले अघि बढ्नुपर्ने देखिन्छ”, उनले भने, “हात्ती नियन्त्रणका लागि गुरुयोजना छैन, तीनै तहको सरकारले यस विषयमा विशेष ध्यान दिन जरुरी छ ।”

हात्ती समस्या कम गर्नका लागि प्रकृति संरक्षण कोषसँग पहल गरिरहेको उनले बताए । हात्ती समस्या कम गर्नका लागि प्रदेशभरिको योजना निर्माण भइरहेको सुनाउँदै उनले भने, “हात्ती प्रभावित क्षेत्रको पहिचान गरी स्थानीयवासीको सामूहिक बिमा, बाली बिमा, भौतिक संरचनाको बिमा गर्न सकिए मानिस ढुक्क भएर बाँच्ने वातावरण हुने थियो ।”

हात्तीले छावा जन्माउने–हुर्काउने कार्य गरिरहेको पनि जिल्लामा परम्परागत हात्तीको सङ्ख्या वृद्धि भएको कार्यालयका वन अधिकृत देवेन्द्र उप्रेतीले बताए । गत वर्ष तत्कालीन मुख्यमन्त्री केदार कार्कीले सञ्चालन गरेको हात्ती प्रभावित क्षेत्रमा गरेको पदयात्राका क्रममा स्थानीयवासीले हात्तीले बच्चा जन्माएको, छावासहित हिँडिरहेको बताएको उनले सुनाए  ।

हात्तीलाई जंगलभित्रै राख्ने प्रयास

हात्तीलाई वनजङ¬्गलभित्रै राख्न पछिल्लो समय हात्ती आहाल, हात्तीलाई मनपर्ने फलफूल तथा बोटबिरुवा लगाउने कार्य भइरहेका छन् । जिल्लाका विभिन्न वन परिसरमा गत वर्षमात्रै जङ्गलमा आठवटा हात्ती आहाल निर्माण गरिएको छ । वनक्षेत्रमा हात्तीले मन पराउने नौ हजार नौ सय ६९ वटा बाँस र छ हजार हात्तीफलको बिरुवा रोपिएको डिभिजन वन कार्यालयका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिए । वनमा केराका बिरुवासमेत रोपिएको छ ।

जिल्लामा आर्थिक वर्ष २०६७/६८ देखि आव २०८०/८१ सम्म ६७ जनाको हात्तीको आक्रमणबाट मृत्यु भएको छभने २१ हात्तीको मरेका छन् । मृत्यु भएका मानिसमध्ये सातजना गैरनेपाली छन् । सो अवधिमा चार हजार पाँच सय हात्तीपीडितलाई रु नौ करोड राहत वितरण गरिएको कार्यालयले जनाएको छ ।

जिल्लामा रहेका परम्परागत हात्तीमध्ये १० को नामकरण गरिएको छ । जिल्लामा रहेका हात्तीको सुनौलो दाँते जग, घुमन्ते युव गज, कानदुले गज, घुमन्ते राज गज, तालबेताल गज, जलथले गज, ठुटे अञ्जु गज, सेते गज, एकदाह्रे सानी गज र रङ्गे गज नामकरण गरिएको छ ।
 


प्रकाशित मिति: सोमबार, साउन २८, २०८१  १२:११
#विश्व_हात्ती_दिवस
प्रतिक्रिया दिनुहोस्
थप समाचार
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता
श्रमिकको परिवारलाई २० लाख बढी आर्थिक सहायता बुधबार, माघ २१, २०८२
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी
निर्वाचनमा हुने प्रविधिको दुरुपयोग रोक्न आयोग र टिकटकबीच समझदारी बुधबार, माघ २१, २०८२
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं
काठमाडौंको योजना दिगो विकास केन्द्रित हुनुपर्छः मन्त्री चौलागाईं बुधबार, माघ २१, २०८२
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल
विधायन समिति बैठकः अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ माथि छलफल बुधबार, माघ २१, २०८२
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश
लुम्बिनीको स्थापना दिवसः सङ्घीयताको बलियो आधार नै प्रदेश बुधबार, माघ २१, २०८२
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव
राष्ट्रियता हाम्रो अस्तित्वको आधार हो: उपराष्ट्रपति यादव बुधबार, माघ २१, २०८२
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने
भैरहवा क्षेत्रमा रात्रीकालीन बजार सञ्चालनका लागि पहल गरिने बुधबार, माघ २१, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP