Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • नेकपा (एकीकृत)समाजवादिको केन्द्रिय सदस्य पदमा संगीता तामाङ निर्वाचित
नेकपा (एकीकृत)समाजवादिको केन्द्रिय सदस्य पदमा संगीता तामाङ निर्वाचित
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन २१, २०८१

काठमाडौं -  नेकपा (एकीकृत)समाजवादिको केन्द्रिय सदस्य पदमा संगीता तामाङ निर्वाचित भएकी छिन् ।पार्टिको १० औं राष्ट्रिय महाधिवेशनबाट केन्द्रिय सदस्य पदमा उनी निर्वाचित भएका हुन्। दोलखाबाट सक्रिय राजनीतिमा रहेकी उनले आफु थप सशक्त ढंगले देश र जनताको निम्ती अघी बढ्ने बताइन् ।

को हुन संगीता तामाङ ?
दोलखा बोचमा वि.सं. २०४५ मा संगिता तामाङ जन्मिएकी हुन् ।उनी  निडर स्वभाव, स्पष्ट वक्ता र कुशल नेतृत्व गर्न रुचाउने पात्र अर्थात आफू रहेको राजनीतिक दलमा प्रतिबद्ध एक सम्भावित र प्रभावशाली व्यक्तित्व रुपमा परिचित छिन् । परिवर्तका लागि विद्यार्थीदेखि नै दोलखाको सदरमुकाममा हुने विभिन्न राजनीतिक आन्दोलनको मोर्चामा उनी उभिइन् । जानेर या नजानेरै नेकपा एमालेको विद्यार्थी संगठनमा लागेकी थिइन् ।

अनेरास्ववियू दोलखाको इतिहासमा मात्रै नभएर उनी केन्द्रीय तहमा नै चर्चाको पात्र थिइन् ।विद्यालय तहमा अध्ययन गर्दादेखि नै नेपाल रेडक्रस सोसाइटि जुनियरबाट सामाजिक क्षेत्रमा हातेमालो गर्न थालेकी संगितालाई एमाले विद्यार्थी राजनीतिले थप उर्जा मिलेको थियो ।जस्ले उनको व्यक्तित्व विकाससँगै नेतृत्व विकासको नयाँ आयाम सुरु भएको थियो । त्यो समय २०५८ ताका थियो ।

Hardik health

वि.सं.२०५६ मा कक्षा ६ अध्ययन गर्दा १४ वर्षको कलिलै उमेर अनेरास्ववियू प्रारम्भिक कमिटिको अध्यक्ष भएकी थिइन् । यसरी उनको राजनीतिक यात्रा तय भएको थियो । २०६५ सालमा गौरीशकर क्याम्पस दोलखाको अनेरास्ववियूका कोषाध्यक्ष पद सम्हाल्न पुगेकी थिइन्। अनेरास्ववियू दोलखा जिल्ला अध्यक्ष हुँदै दुई कार्यकाल अनेरास्ववियू केन्द्रीय सदस्यमा निर्वाचित भई विद्यार्थी राजनीतिको माथिल्लो तहसम्म पुगेकी थिइन् ।

उर्जाशिल र क्रियाशिलताले भरिएको संगिताले तामाङ समुदायको विभिन्न संघमसंगठनमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेकी छिन् । संगिता,आदिवासी जनजाति विद्यार्थी महासंघ दोलखाको अध्यक्ष समेत भएकी थिइन् । नेपाल तामाङ विद्यार्थी घेदुङ दोलखाको अध्यक्षको भूमिका निर्वाह गरिसकेका छन्। विद्यार्थी घेदुङका केन्द्रीय उपाध्यक्ष हुँदै अहिले उनी नेपाल तामाङ घेदुङको केन्द्रीय सदस्यका रुपमा क्रियाशील पनि छन् ।

नेकपा एससम्बद्ध महिला संघ बागमती प्रदेशकी सचिवको भूमिका निर्वाह गरिसकेकी उनी वर्तमान राजनीतिमा स्थानीय जनप्रतिनिधिदेखि प्रदेश तथा संघीय जनप्रतिनिधिका राजनीतिक पृष्ठधार भएका महिला नेतृत्व हुन् । गत स्थानीय तहको निर्वाचनको निम्ती उनी भीमेश्वर नगरको उपमेयर पदको लागि निर्वाचनमा भाग लिएको थिइन् । झिनो मतका साथ(३३९५ बदर १४३ मतान्तर) उनी निर्वाचनमा पराजय भोगिन । तर पनि उनी भिमेश्वरवासीका निम्ती ढुक्ढुकी बनेकी छिन् ।
 


प्रकाशित मिति: सोमबार, साउन २१, २०८१  १२:०३
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘उपत्यकाको एकीकृत विकासमा जोड’
‘उपत्यकाको एकीकृत विकासमा जोड’ बुधबार, माघ २१, २०८२
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा बुधबार, माघ २१, २०८२
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो बुधबार, माघ २१, २०८२
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती मंगलबार, माघ २०, २०८२
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल सोमबार, माघ १९, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP