Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
राजनीति
  • Home
  • राजनीति
  • राप्रपामा दुईलाइन संघर्ष उत्कर्षमा
राप्रपामा दुईलाइन संघर्ष उत्कर्षमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २०, २०८१
  • अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर जबरा नेतृत्वको दुई समूहबीच संघर्ष
  • अध्यक्षलाई बलियो बनाउनुपर्ने लिङ्देनपक्षीय नेताहरुको भनाइमा जबरा समूहको प्रतिरोध
  • अध्यक्ष होइन, पार्टी बलियो बनाउनुपर्नेमा जबरा समूहको जोड
  • आफू कमजोरै भएर पार्टीलाई बलियो बनाउन लिङ्देन तयार  

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा दुई लाइन संघर्ष झनै चर्किएको छ । पार्टी महाधिवेशन गर्ने अवधि नजिकिँदै जाँदा अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री डा. धवलशमशेर जबराले नेतृत्व गरेको भिन्नभिन्न खेमाबीच संघर्ष बढ्दै गएको हो । 

पार्टीमा लिङ्देनले एक्लौटी गरेको भन्दै जबरा समूहले विरोध गर्दै आएको छ । लिङ्देन भने जबरा समूहलाई नसुनेझैं गरेर अघि बढिरहेका छन् ।बिहीबार र शुक्रबार काठमाडौंमा भएको पार्टीका जिल्ला अध्यक्षहरूको दुईदिने भेलामा लिङ्देन र जबरा समूहको टकराव छताछुल्ल भएको थियो । भेलामा जबरा समूहकै उपाध्यक्ष विक्रम पाण्डेले अध्यक्ष लिङ्देन र उनलाई देवŒवकरण गरेको भन्दै आक्रोश पोखेका थिए ।

पार्टीमा नेतृत्वलाई बलियो बनाउनुपर्ने केही साथीहरूको धारणा सुनियो । के नेतृत्वलाई बलियो बनाउने पौष्टिक आहारा खुवाएर ? कि कसरी । 
विक्रम पाण्डे
उपाध्यक्ष, राप्रपा

‘पार्टीमा नेतृत्वलाई बलियो बनाउनुपर्ने केही साथीहरूको धारणा सुनियो । के नेतृत्वलाई बलियो बनाउने पौष्टिक आहारा खुवाएर ? कि कसरी,’ पाण्डेको भनाइ उदृत गर्दै भेलामा सहभागी एक नेताले भने, ‘खाली नेतृत्व बलियो बनाउनुपर्छ भन्ने सुन्छु । बनाउनुपर्ने बलियो त पार्टी होइन र ?’लिङ्देनपक्षीय नेताहरूले बारम्बार लिङ्देनको प्रशंसा गर्दै नेतृत्वमा उनलाई थप बलियो बनाउनुपर्ने मत प्रकट गरेका थिए । उपाध्यक्ष बुद्धिमान तामाङसहितका नेताहरूले एक सिट रहेको राप्रपा लिङ्देनको नेतृत्वमा चुनावमा जाँदा १४ सिटसहित बलियो शक्तिका रुपमा देखापरेको बताएका थिए । 

Hardik health

‘नेतृत्वलाई सहयोग गरौं । आलोचनामात्रै नगरौं । बरु उहाँ (लिङ्देन)लाई थप बलियो बनाएर अघि बढौं,’ तामाङको भनाइ थियो । तामाङको यही सवालमाथि जवाफ फर्काउँदै अर्का उपाध्यक्ष पाण्डेले पौष्टिक आहारा खुवाएर नेतृत्वलाई बलियो पार्नुपर्ने हो ? भन्दै सोधेका हुन् । लिङ्देनले पार्टीलाई संस्थागतरुपमा सञ्चालन गर्न नसकेको, राजसंस्था र हिन्दूराष्ट्रको एजेन्डालाई सशक्त ढंगले अघि बढाउन नसकेको, युवा वर्गलाई पार्टीमा स्थान दिन कञ्जुस गरेको र केही नेता कार्यकर्तालाई काखी च्यापेर र बहुसंख्यक नेता कार्यकर्तालाई टाढा पारेको भन्दै आलोचना परेको हो । त्यसरी नै लिङ्देनअघि बढे पार्टीलाई २०८४ मा हुने चुनावमा घाटा हुने उनको भनाइ थियो । 

गत वर्षको चैत तेस्रो साता लिङ्देनको नेतृत्वमा काठमाडौंमा राप्रपाले प्रदर्शन गरेको थियो । त्यसपछि राप्रपा थला प¥यो । भन्न चाहिँ राप्रपाले व्यवस्था परिवर्तनका लागि सत्तापलट हुनेगरी आन्दोलन गर्ने चेतावनी दिएको थियो । तर, आन्दोलनलाई राप्रपाले धान्न सकेन । यसपछि समीक्षा बैठकमा लिङ्देनलाई सरकार विरोधी प्रदर्शनलाई सशक्त बनाउन नसकेको भन्दै कतिपय नेताले विरोध जनाएका थिए । पार्टीका नेता ठाकुरमोहन श्रेष्ठलाई पार्टी कार्यालयमै कुटपिट गर्नेलाई पनि लिङ्देनले उन्मुक्ति दिएको भनिएको थियो । सत्तामा जान बारम्बार प्रयास गर्ने लिङ्देन कदमको पनि विरोध जबरा समूहले गर्दै आएको छ ।

यहाँ सुनियो कि मलाई बलियो बनाउनुपर्छ भन्ने तर त्यस्तो होइन । म कमजोरै बसौंला तर पार्टीलाई बलियो बनाऔं ।
राजेन्द्र लिङ्देन
अध्यक्ष, राप्रपा


बैठकमा अध्यक्ष लिङ्देनले पाण्डेप्रति काउन्टर जवाफ फर्काएका थिए । उनले आफूलाई भन्दा पनि पार्टीलाई बलियो बनाउन पार्टी पंक्ति एकताबद्ध र प्रतिबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए । ‘यहाँ सुनियो कि मलाई बलियो बनाउनुपर्छ भन्ने तर त्यस्तो होइन । म कमजोरै बसौंला तर पार्टीलाई बलियो बनाऔं,’ लिङ्देनको भनाइ उद्धृत गर्दै अर्का नेताले बताए ।

जबरा समूहले प्रदेश खारेजीको एजेन्डाधारी दल राप्रपाले प्रदेश संसद्को नेतृत्व गर्न नहुने भन्दै पछिल्लोपटक कोशी प्रदेशमा सभामुख लिएको विषयलाई गम्भीर असहमति प्रकट गरेको थियो । अध्यक्ष लिङ्देनकै नेतृत्वमा पार्टी सरकारमा जानुलाई पनि यो समूहले अनपयुक्त भनेको थियो । तर, लिङ्देनलाई अझैसम्म उपयुक्त र अपरिहार्य भन्दै आएको छ । सरकारमा जानुको औचित्य पुष्टि हुने बताउँदै आएका छन् ।


रवीन्द्र मिश्र राप्रपामा सुकुम्बासी !
पूर्वपत्रकारसमेत रहेका रवीन्द्र मिश्रको राप्रपा प्रवेश तीन वर्ष हुनै लागेको छ । उनी पार्टीको वरिष्ठ उपाध्यक्ष छन् । पार्टी कार्यालयमा रहेको अभिलेखमा उनको पदीय जिम्मेवारी वरिष्ठ उपाध्यक्षकै हो । तर, सरकारको निकाय निर्वाचन आयोगले मिश्रलाई वरिष्ठ उपाध्यक्षको रुपमा चिन्दैन । कारण, उनको नाम निर्वाचन आयोगमा राप्रपाले बुझाएको दलीय विवरण अद्यावधिक छैन ।

राप्रपा जिल्ला अध्यक्षहरूको भेलामा जबरा समूहले नै मिश्र र उनको नेतृत्वमा विवेकशील साझा पार्टीबाट आएका नेता कार्यकर्तालाई किन राप्रपामा सुकुम्बासी बनाइयो भन्दै प्रश्न गरेको थियो । ‘उहाँ आउनुभएको तीन वर्ष भइसक्यो । पद पनि वरिष्ठ उपाध्यक्ष हो तर उहाँलाई निर्वाचन आयोगले चिन्दैन,’ बैठकमा सहभागी एक नेताले भने, ‘यसरी उहाँहरूलाई सुकुम्बासी कहिलेसम्म बनाइराख्ने ? जवाफ चाहियो ।’ मिश्र भने त्यसबेला मुसुक्क हाँसेका थिए ।



अधिवेशन तयारीमा लाग्न निर्देश
भेलाले आगामी निर्वाचन र पार्टीको महाधिवेशन एउटै समयमा पर्ने भएकाले त्यहीअनुसार तयारी गर्न पार्टीका तहगत समितिहरूलाई निर्देश गरेको छ । २०८२ वैशाख मसान्तसम्म हरेक स्थानीय तहको अधिवेशन सक्ने लक्ष्य लिएको छ ।

सक्रिय सदस्यता वितरण र पार्टी प्रवेशलाई अभियानकै रुपमा राप्रपाले लाने भएको पार्टी प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार कांग्रेस–एमालेले सरकार राम्रो नियतले गठन नगरेको राप्रपाको निष्कर्ष छ ।

‘विभिन्न काण्डहरूलाई ढाकछोप गर्न नयाँ समीकरण बनेको छ । यसले जनताको अपेक्षाकृत परिणाम दिन सक्दैन । ठूला भनिएका पार्टीहरू दलदलमा फसेको र नयाँ भनिएका पार्र्टीहरूले जनतामा आशा पैदा गर्न नसकेको अवस्थामा राप्रपाको लागि उर्बर अवसरको रुपमा लिनुपर्छ भन्ने निष्कर्ष छ,’ प्रवक्ता श्रेष्ठले बताए ।
 


प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
‘उपत्यकाको एकीकृत विकासमा जोड’
‘उपत्यकाको एकीकृत विकासमा जोड’ बुधबार, माघ २१, २०८२
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा
पाँचथरमा त्रिपक्षीय प्रतिस्पर्धा बुधबार, माघ २१, २०८२
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो
कांग्रेस, नेकपा र रास्वपाले खटाए देशभर प्रतिनिधि, एमालेको छैन टुंगो बुधबार, माघ २१, २०८२
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती
दाङ-२ः हारको निरन्तरतामा ‘ब्रेक’ लगाउन पोखरेललाई चुनौती मंगलबार, माघ २०, २०८२
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल
नयाँको चुनौती रोक्ने रणनीति बनाउँदै पुराना दल सोमबार, माघ १९, २०८२
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक
नेकपा (माओवादी) को घोषणापत्र सार्वजनिक आइतबार, माघ १८, २०८२
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन
रास्वपाको सङ्घीय निर्वाचन सम्पादन समिति गठन आइतबार, माघ १८, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP