Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
समाचार
  • Home
  • समाचार
  • उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
उद्योगमन्त्रीसँग अमेरिकी राजदूतको शिष्टाचार भेट
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १५, २०८१

काठमाडौं - उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग नेपालका लागि संयुक्तराज्य अमेरिकी राजदूत डीन आर थम्सनले आज शिष्टाचार भेट गरेका छन्  । 

उद्योग मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले दुई मुलुकले लोकतन्त्र, मानव अधिकार, सार्वभौमिक समानता जस्ता विषयमा साझा दृष्टिकोण राख्दै आएको उल्लेख गर्दै अमेरिका नेपाललाई वैदेशिक सहायता प्रदान गर्ने पहिलो मुलुक भएको बताए । । 

उनले भने, “नेपालको आर्थिक-सामाजिक विकास र लोकतान्त्रिक संस्थाहरूलाई सुदृढ गर्ने कार्यमा पु¥याएको सहयोगका लागि अमेरिकी सरकारप्रति उच्च कदर व्यक्त गर्दछु, संयुक्त राज्य अमेरिकाबाट प्राप्त विकास सहायताले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरण लगायतका विभिन्न क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याएको छ ।”

अमेरिका नेपाली वस्तु निर्यातको दोस्रो ठूलो गन्तव्य मुलुक रहँदै आएको उल्लेख गर्दै मन्त्री भण्डारीले पर्यटकको दृष्टिकोणले समेत अमेरिका महत्वपूर्ण मुलुक भएको बताए। उनले भने, “नेपाल र संयुक्त राज्य अमेरिकाबीच सन् २०११ मा व्यापार तथा लगानी कार्यढाँचा सम्झौता (टिफा) सम्पन्न भएको र उक्त सम्झौताअन्तर्गतको टिफा काउन्सिलको बैठकमा नेपाल सरकारका तर्फबाट यस मन्त्रालयले नेतृत्व गर्दै आएको छ ।”

Hardik health

सो काउन्सिलको छैटौँ बैठक सन् २०२३ को मे १९ मा काठमाडौँमा आयोजना भएको थियो । उक्त बैठकमा द्विपक्षीय व्यापार तथा लगानी प्रवद्र्धनका विभिन्न विषयमा छलफल भएको उनको भनाइ छ । उनले भने, “टिफा काउन्सिलको सातौं बैठक निकट भविष्यमा अमेरिकामा आयोजना हुने अपेक्षा लिएको छु ।”

भूकम्पपछि नेपालको आर्थिक पुनरुत्थानमा सहयोग पु¥याउन अमेरिकी सरकारले नेपाल व्यापार प्राथमिकता कार्यक्रममार्फत नेपालका ७७ वटा विभिन्न वस्तुलाई सन् २०२५ को अन्त्यसम्म शून्य भन्सार महसुलमा अमेरिकी बजार प्रवेशको सुविधा प्रदान गरेको मन्त्री भण्डारीले उल्लेख गर्दै भने, “तत्कालीन विपद्को समयमा अमेरिकी सरकारले नेपाललाई प्रदान गरेको यस सुविधाका लागि उच्च प्रशंसा गर्न चाहन्छु ।”

युएसआइडीको सहयोग एवं नेपालको निजी क्षेत्र, वित्तीय क्षेत्र र सरोकारवाला मन्त्रालयसँगको सहकार्यमा व्यापार तथा प्रतिस्पर्धी कार्यक्रम हाल कार्यान्वयनमा रहेको जनाउँदै उहाँले यस कार्यक्रममार्फत नेपालको लघु, साना तथा मझौला व्यवसायीको व्यावसायिक क्षमता विकास एवं अमेरिकी तथा युरोपेली बजारमा नेपाली वस्तु निर्यात गर्न टेवा पुग्ने विश्वास व्यक्त गरे ।

नेपालको भूपरिवेष्ठित अवस्थिति, साँघुरो उत्पादनमूलक क्षेत्र र न्यून उत्पादन क्षमता तथा उत्पादकत्वलाई मध्यनजर गरी नेपाल व्यापार प्राथमिकता कार्यक्रमलाई निरन्तरता दिनका लागि राजदूत थम्सनमार्फत मन्त्री भण्डारीले अमेरिकी सरकारसँग आग्रह गरे ।  

अमेरिकाबाट नेपालमा सूचना, सञ्चार तथा प्रविधि, ऊर्जा, कृषि लगायतका क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानी भएको उल्लेख गर्दै उनले भने, “नेपालमा गत अप्रिलमा ५० भन्दा बढी मुलुकका लगानीकर्ताको उत्साहप्रद सहभागितासहित लगानी सम्मेलन सम्पन्न भएको छ, सो सम्मेलनको पूर्वसन्ध्यामा नेपाल सरकारले विभिन्न सात वटा कानूनमा संशोधन गरी लगानी वातावरणलाई थप सहज बनाउने प्रयास गरेको छ ।”

साथै मन्त्री भण्डारीले पछिल्ला वर्षमा लगानी तथा व्यवसायसम्बन्धी प्रक्रियागत सरलीकरणमा समेत उल्लेखनिय सुधार भएको जनाउँदै नेपालमा थप अमेरिकी लगानी बढ्ने विश्वास व्यक्त गरे । जलविद्युत् तथा अन्य हरित ऊर्जा, सूचना तथा प्रविधि, पर्यटन, उत्पादनमूलक र अन्य क्षेत्रमा लगानी वृद्धिका उहाँले अमेरिका सरकारसँग अपेक्षा गरे । 

सो क्रममा राजदुत थम्सनले शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, कृषि र वातावरणलगायतका विभिन्न क्षेत्रमा सहकार्य जारी रहने बताए । विगतमा रोक्का हुने भनिएको युएसएआइडीको कार्यक्रम निरन्तर हुने जनाउँदै उनले नेपाल र अमेरिकाबीच सन् २०११ मा सम्पन्न व्यापार तथा लगानी कार्यढाँचा सम्झौता (टिफा)को बैठक आगामी सेप्टेम्बर १६ र १७ मा नेपालमै बस्ने बताए । 

साथै उनले नेपाल व्यापार प्राथमिकता कार्यक्रममार्फत नेपालका ७७ वटा विभिन्न वस्तुलाई अमेरिकी बजार प्रवेशको सुविधा सन् २०२५ को अन्त्यसम्म मात्र शून्य भन्सार महसुल लगाउने म्याद रहेकामा त्यसलाई थप गर्न पहल गर्ने आश्वासन दिए ।


प्रकाशित मिति: मंगलबार, साउन १५, २०८१  १२:४८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
निर्वाचनः ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’
निर्वाचनः ६० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो, २५ जिल्लाको ‘प्याकिङ’ बिहीबार, माघ २२, २०८२
कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह
कश्मीरसम्बन्धी राष्ट्रसङ्घीय प्रस्ताव कार्यान्वयन गर्न पाकिस्तानको आग्रह बिहीबार, माघ २२, २०८२
भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह
भ्रामक विज्ञापन प्रकाशन, प्रसारण नगर्न उम्मेदवारलाई विज्ञापन बोर्डको आग्रह बिहीबार, माघ २२, २०८२
जथाभावि राखिएका बस नियन्त्रणमा
जथाभावि राखिएका बस नियन्त्रणमा बिहीबार, माघ २२, २०८२
सात दिनभित्र घरबहाल तिर्न आठ सहकारीलाई काठमाडौँ महानगरको सूचना
सात दिनभित्र घरबहाल तिर्न आठ सहकारीलाई काठमाडौँ महानगरको सूचना बिहीबार, माघ २२, २०८२
मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु
मुक्तिनाथमा ‘स्की’ प्रतियागिता, आजदेखि प्रशिक्षण सुरु बिहीबार, माघ २२, २०८२
आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल
आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय छ : गृहमन्त्री अर्याल बिहीबार, माघ २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP