Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #रामबहादुर थापा
  • #‘कमरु फिन्फिनी’
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • लापारवाहीले निम्त्याएको दुर्घटना
लापारवाहीले निम्त्याएको दुर्घटना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १०, २०८१

नेपाली आकाश असुरक्षित रहेको भन्दै अन्तर्राष्ट्रियस्तरमै आलोचना हुँदै आएको छ । पटक–पटक हुने हवाई दुर्घटनाले यसलाई अझ मलजल गरिरहेको छ । साढे छ दशकयताको तथ्यांक हेर्दा हवाई दुर्घटना कहालीलाग्दो बनेको देखिन्छ । यहीबीच बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा प¥यो । यो जहाज दुर्घटना साढे छ दशकयता भएका १०५औं मा पर्छ ।

नेपालमा पहिलोपटक सन् १९९५ मा बाराको सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । सो दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । बुधबारको दुर्घटनामा १८ जनाको ज्यान गयो । एक जना (क्याप्टेन मनिषरत्न शाक्य) सकुशल उद्धार गरिएको छ । गम्भीर घाइते उनको उपचार भइरहेको छ । दुर्घटनाका कारण देश गहिरो शोकमा छ । आफन्तजन पीडामा छन् । आफन्तलाई गुमाउनुपर्दाको वियोगभाव त्रिवि शिक्षण अस्पताल परिसरमा भेटिएका आफन्तहरूका अनुहारमा प्रस्ट झलकिन्थ्यो । 

बुधबार नै मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाएको छ । यो जहाज दुर्घटनापछि हुने नियमित प्रक्रिया जस्तै बनेको छ । प्रत्येक दुर्घटनापछि छानबिन समिति बनाइन्छ । वर्तमान सरकारले पनि त्यही ग¥यो । तर छानबिन समितिले दिएको प्रतिवेदन कहिल्यै कार्यान्वयनमा आएको पाइँदैन । आएको भए यत्रो दुर्घटना हुँदा गठन भएका समितिहरुले हवाई सुरक्षाका लागि दिएका सुझावहरुको पालना खै ? यदि पालना भएको भए किन बारम्बार दुर्घटना दोहोरिरहन्छ ? यो गम्भीर प्रश्न बनेको छ ।   

Nada Auto Show 2026
Hardik health

उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन सरकार, नियमकारी तथा अन्य सरोकारवाला निकाय र स्वयं एयरलाइन्स सञ्चालकहरुको लापारवाही प्रस्ट देखिन्छ । बुधबार सौर्यको जहाज दुर्घटनालाई नै हेर्दा पनि लापारवाही गरिएको बुझिन्छ । जहाज प्राविधिक परीक्षण (सि–चेक) का लागि पोखराका लागि उडेको थियो । यो भनेको निश्चित घण्टा उडानपछि गरिने पूर्ण परीक्षण भएको जानकारहरुको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यांगरमा राखेर जहाजको परीक्षण गर्ने तयारी रहेको बताइएको छ । 

यसरी प्राविधिक परीक्षण वा मर्मतका लागि उडेको जहाजमा त्यति धेरै यात्रु किन चडाइयो ? नियामक निकायले कसरी अनुमति दियो ? यो गम्भीर प्रश्नको जवाफ जिम्मेवार निकायले दिनैपर्छ । जवाफ दिनेमात्रै होइन, घटनाको जिम्मेवार को बन्ने ? निमायक निकाय वा एयरलाइन्स सञ्चालक ? यसको निक्र्योल गरिनुपर्छ । लापारवाही गर्ने कार्यमा संलग्न जिम्मेवार अधिकारीहरुलाई कारबाही हुनैपर्छ । ताकि पुनः यस्तो गल्ती नदोहोरियोस् ।
 


प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन
सरकार असफल हुँदा पनि कांग्रेसले टेक्न सकेन जमिन बुधबार, भदौ ३, २०८३
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता 
वैदेशिक रोजगार क्षेत्रको बेथिति र ६० दिने सम्झौता  मंगलबार, भदौ २, २०८३
नागरिकको ज्यान पहिलो प्राथमिकता
नागरिकको ज्यान पहिलो प्राथमिकता सोमबार, भदौ १, २०८३
संसदीय मर्यादा र विधिको कसी
संसदीय मर्यादा र विधिको कसी आइतबार, साउन ३१, २०८३
ग्यास कहाँ पाइन्छ सरकार ?
ग्यास कहाँ पाइन्छ सरकार ? शुक्रबार, साउन २९, २०८३
नयाँ राजनीतिको पुरानै चरित्र
नयाँ राजनीतिको पुरानै चरित्र बिहीबार, साउन २८, २०८३
कूटनीतिमा बदलिएका वालेन्द्र
कूटनीतिमा बदलिएका वालेन्द्र बुधबार, साउन २७, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP