Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • लापारवाहीले निम्त्याएको दुर्घटना
लापारवाहीले निम्त्याएको दुर्घटना
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन १०, २०८१

नेपाली आकाश असुरक्षित रहेको भन्दै अन्तर्राष्ट्रियस्तरमै आलोचना हुँदै आएको छ । पटक–पटक हुने हवाई दुर्घटनाले यसलाई अझ मलजल गरिरहेको छ । साढे छ दशकयताको तथ्यांक हेर्दा हवाई दुर्घटना कहालीलाग्दो बनेको देखिन्छ । यहीबीच बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलपरिसरमै सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा प¥यो । यो जहाज दुर्घटना साढे छ दशकयता भएका १०५औं मा पर्छ ।

नेपालमा पहिलोपटक सन् १९९५ मा बाराको सिमरामा भारतको कलिंगा एयर दुर्घटना भएको थियो । सो दुर्घटनामा दुई जनाको मृत्यु भएको थियो । बुधबारको दुर्घटनामा १८ जनाको ज्यान गयो । एक जना (क्याप्टेन मनिषरत्न शाक्य) सकुशल उद्धार गरिएको छ । गम्भीर घाइते उनको उपचार भइरहेको छ । दुर्घटनाका कारण देश गहिरो शोकमा छ । आफन्तजन पीडामा छन् । आफन्तलाई गुमाउनुपर्दाको वियोगभाव त्रिवि शिक्षण अस्पताल परिसरमा भेटिएका आफन्तहरूका अनुहारमा प्रस्ट झलकिन्थ्यो । 

बुधबार नै मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाएको छ । यो जहाज दुर्घटनापछि हुने नियमित प्रक्रिया जस्तै बनेको छ । प्रत्येक दुर्घटनापछि छानबिन समिति बनाइन्छ । वर्तमान सरकारले पनि त्यही ग¥यो । तर छानबिन समितिले दिएको प्रतिवेदन कहिल्यै कार्यान्वयनमा आएको पाइँदैन । आएको भए यत्रो दुर्घटना हुँदा गठन भएका समितिहरुले हवाई सुरक्षाका लागि दिएका सुझावहरुको पालना खै ? यदि पालना भएको भए किन बारम्बार दुर्घटना दोहोरिरहन्छ ? यो गम्भीर प्रश्न बनेको छ ।   

Hardik health

उड्डयन क्षेत्रलाई सुरक्षित बनाउन सरकार, नियमकारी तथा अन्य सरोकारवाला निकाय र स्वयं एयरलाइन्स सञ्चालकहरुको लापारवाही प्रस्ट देखिन्छ । बुधबार सौर्यको जहाज दुर्घटनालाई नै हेर्दा पनि लापारवाही गरिएको बुझिन्छ । जहाज प्राविधिक परीक्षण (सि–चेक) का लागि पोखराका लागि उडेको थियो । यो भनेको निश्चित घण्टा उडानपछि गरिने पूर्ण परीक्षण भएको जानकारहरुको भनाइ छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ह्यांगरमा राखेर जहाजको परीक्षण गर्ने तयारी रहेको बताइएको छ । 

यसरी प्राविधिक परीक्षण वा मर्मतका लागि उडेको जहाजमा त्यति धेरै यात्रु किन चडाइयो ? नियामक निकायले कसरी अनुमति दियो ? यो गम्भीर प्रश्नको जवाफ जिम्मेवार निकायले दिनैपर्छ । जवाफ दिनेमात्रै होइन, घटनाको जिम्मेवार को बन्ने ? निमायक निकाय वा एयरलाइन्स सञ्चालक ? यसको निक्र्योल गरिनुपर्छ । लापारवाही गर्ने कार्यमा संलग्न जिम्मेवार अधिकारीहरुलाई कारबाही हुनैपर्छ । ताकि पुनः यस्तो गल्ती नदोहोरियोस् ।
 


प्रकाशित मिति: बिहीबार, साउन १०, २०८१  १२:५४
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
हिमपात र चिसोमा सावधानी अपनाऔं
हिमपात र चिसोमा सावधानी अपनाऔं शुक्रबार, माघ १६, २०८२
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र 
आश्वासनको पोकामात्र नबनोस् घोषणापत्र  बिहीबार, माघ १५, २०८२
‘राइट टु रिजेक्ट’ खोई ? 
‘राइट टु रिजेक्ट’ खोई ?  बुधबार, माघ १४, २०८२
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ
‘फेक रेस्क्यु’ धन्दाबाट पर्यटन क्षेत्र जोगाऊ मंगलबार, माघ १३, २०८२
आचारसंहिता पालनामा कडाइ गर
आचारसंहिता पालनामा कडाइ गर सोमबार, माघ १२, २०८२
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस्
भावी प्रधानमन्त्री उम्मेदवारहरूको ‘लाइभ डिबेट’ होस् आइतबार, माघ ११, २०८२
इपिएसपीडितको माग सम्बोधन गर
इपिएसपीडितको माग सम्बोधन गर शुक्रबार, माघ ९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP