Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #आदिवासी जनजाति
  • #नेपाल_आदिवासी_ज्ञान
  • #शुक्रराज शर्मा
  • #‘हट स्पट’ रुपन्देही-३
  • #विश्व सिमसार दिवस
  • #राष्ट्रिय जनमुक्ति पार्टी
  • #सामाजिक सुरक्षा कोष
  • #जरा_उद्यान
  • #सिगाना
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ठगी गर्ने गिरोहबाट बच्न विभागको आग्रह
इजरायलमा रोजगारी ठगी गर्ने गिरोहबाट बच्न विभागको आग्रह
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, साउन ७, २०८१

काठमाडौं– वैदेशिक रोजगार विभागले इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयर गिभर) पठाउन आवेदन आह्वान गरेसँगै ठगी गर्ने गिरोह सक्रिय भएकोप्रति सचेत गराएको छ । इजरायलमा कामदार पठाइदिने भनी विभिन्न निकाय तथा व्यक्तिहरुले अनधिकृतरुपमा रकम असुली गरेको भन्ने जानकारी प्राप्त भएको जनाउँदै विभागले यसतर्फ सजग हुन आग्रह गरेको छ ।

विभागका महानिर्देशक डण्डुराज घिमिरेले एक विज्ञप्ति जारी गर्दै इजरायलमा कामदार पठाउने प्रक्रिया जिटुजी (सरकार–सरकारबीच) अन्तर्गत पर्ने भएकाले छनोट प्रक्रिया निष्पक्ष र पारदर्शी हुने उल्लेख गरे । अनधिकृतरुपमा रकम संकलन भइरहेको जानकारी प्राप्त भएकाले गम्भीर ध्यानाकर्षण भएको उनले बताएका छन् । इजरायल पठाउने कामदारको छनोट प्रक्रियाबारे कतिपय व्यक्ति तथा समूहबाट सञ्चार माध्यममार्फत भ्रामक सूचना सार्वजनिक गरिरहेको पाइएको भन्दै विभागले त्यस्ता गलत र भ्रामक कार्यमा संलग्न नहुन चेतावनी दिएको छ । साथै, विभागको आधिकारिक सूचनालाई मात्र आधार मान्नसमेत आग्रह गरेको छ ।

रोजगारीको प्रलोभन देखाएर विभिन्न व्यक्ति तथा समूहबाट देखाइएको प्रलोभनमा नपर्न विभागले सबैमा अनुरोध गरेको छ । इजरायलमा केयरगिभरका लागि ५०० मुख्य र ३०० वैकल्पिक गरी ८०० जनाको माग आएको गत असार ११ गते विभागद्वारा प्रकाशित विज्ञापनमा उल्लेख छ । विभागले इच्छुकहरुबाट आवेदन माग गरेको थियो ।प्राप्त सूचनाको आधारमा यस किसिमका ठगी र गलत प्रचारका सम्बन्धमा सूक्ष्मरुपमा अनुसन्धान गरिरहेकोले विभागले जनाएको छ । साथै, यस्ता कार्यहरु भए गरेको जानकारी भएमा जोसुकैले पनि कल सेन्टरलगायत विभागमा सूचना प्रवाह गरी सहयोग पुयाउन पनि विभागले आग्रह गरेको छ । यसअघि असार १३ गते इजरायलमा जान इच्छुक कामदारको आह्वान गरेलगत्तै विभागले गैरकानुनीरुपमा प्रलोभनमा पारी रकम ठगी गर्ने गिरोह सक्रिय भएको भन्दै सचेतता अपनाउन आग्रह गरेको थियो । 

Hardik health

विभागले केयर गिभरका लागि माग गरेको आवेदन यही साउन ११ गतेसम्म दिन सकिने उल्लेख गरेको छ । इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा बच्चा, युवा तथा ६५ वर्ष ननाघेका गम्भीर अपांगता भएका व्यक्तिको हेरचाह तथा स्याहार गर्न नेपालबाट केयर गिभर माग भएको विभागले जनाएको छ । रोजगारीका लागि आकर्षक गन्तव्य मानिएको इजरायलमा केयर गिभरमा छनोट हुनेले मासिक पाँच हजार ८८० सेकेल इजरायली मुद्रा अर्थात् दुई लाख १० हजार रुपैयाँभन्दा बढी पारिश्रमिक पाउने छन् । छनोटमा परेका कामदारको करार अवधि सुरुमा एक वर्ष र बढीमा पाँच वर्ष थप हुने विभागले जनाएको छ । यसअघि पनि नेपालबाट केयर गिभरमा काम गर्न झण्डै १२ सय नेपाली इजरायल गइसकेको विभागको तथ्यांकले देखाएको छ । 

 


प्रकाशित मिति: सोमबार, साउन ७, २०८१  १०:४५
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
बेलायत पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ बिहीबार, माघ २२, २०८२
व्यवसायी उत्साहित, विज्ञको विरोध
व्यवसायी उत्साहित, विज्ञको विरोध बिहीबार, माघ २२, २०८२
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री
‘फ्रि भिसा, फ्रि टिकट’ सम्बन्धी कार्यविधि खारेज गर्न ‘एक्सन’मै उत्रिए श्रममन्त्री बुधबार, माघ २१, २०८२
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी  गर्ने दुई पक्राउ
वैदेशिक रोजगारीमा प्रलोभनमा पारी ठगी गर्ने दुई पक्राउ मंगलबार, माघ २०, २०८२
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया
निर्माण क्षेत्रका कामदारको सीप प्रमाणीकरण गर्दै मलेसिया मंगलबार, माघ २०, २०८२
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ
कम्बोडिया पठाउने भन्दै रकम ठगी गर्ने लामा पक्राउ सोमबार, माघ १९, २०८२
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार
विदेशमा अलपत्र परेका पाखापानीका विकको तीनमहिनापछि उद्धार सोमबार, माघ १९, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
एआई, रोबोटिक्स र कोडिङको राष्ट्रिय प्रतियोगिता ‘कोडभर ७.०’ हुँदै
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
रोजगारदाता परिवर्तन गर्ने नियममा कोरियाका आधा कम्पनीको समर्थन
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP