Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • संवैधानिक परिषद्‍मा अल्पमतमा परेपछि उपसभामुखको पत्र ल्याइयो : श्रेष्ठ
संवैधानिक परिषद्‍मा अल्पमतमा परेपछि उपसभामुखको पत्र ल्याइयो : श्रेष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ६, २०८१

काठमाडौं - उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र १ वर्षदेखि आफूसँगै राखेर अहिले सार्वजनिक गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बताएकी छन् । उपसभामुखले मानव तस्करी गरेको भनेर चरित्र हत्या गर्न खोजेको भन्दै श्रेष्ठले आपत्ति जनाएकी थिइन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद श्रेष्ठले संवैधानिक परिषद्‍मा सत्तापक्ष अल्पमतमा परेपछि उपसभामुख रानाले राजदूतावासलाई लेखेको पत्र सार्वजनिक गरिएको र लान्छना लगाइएको बताएकी हुन् । एक जना सांसदले संसद् र सडकमा एक व्यक्तिलाई भिसा देउ भनेर आन्दोलन गरेको देखेको भन्दै सांसद श्रेष्ठले लेटरप्याडको प्रयोगको विधि बनाउनुपर्ने बताइन् ।

उपसभामुखले लेखेको पत्रको विषयमा मिडिया ट्रायल भएको पनि सांसद श्रेष्ठको भनाइ थियो । 'उपसभामुख इन्दिरा रानाको नामबाट मिडिया ट्रायल भइरहेको छ, यसमा आपत्ति जनाउन चाहन्छु,' उनले भनिन्, 'आचरण हेर्ने हो भने सबै जनाको लेटरप्याडबाट के के निस्क्या छ हेरौं र साच्चै पद्धति बनाउँ । यो वास्तवमै आचरणविरुद्धको कार्य हो ? तपाईंहरूलाई मन लाग्यो मिडिया ट्रायल गर्‍यो ।'

Hardik health

उपसभामुखमाथि मानव तस्करी जस्तो गम्भीर आरोप संसद्‍मा लगाएको भन्दै श्रेष्ठले आपत्ति जनाइन् । कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखले मानव तस्करी गरेको बताएका थिए । त्यसको प्रतिवाद गर्दै सांसद श्रेष्ठले भनिन्, 'भुटानी शरणार्थी कसले गरेको हो भनेर घोषणा गर्नुस् आँट छ ? एउटा महिला कठिन समयमा यहाँ आउनुभएको छ उहाँलाई हेप्न नखोज्नुहोला । सच्चै विधि पद्धति बनाउन चाहनुहुन्छ ? एकवर्षदेखि पत्र हातमा बोकेर बस्नुभएको रहेछ कुन बेला ठोकौं भनेर ।'

संवैधानिक परिषद्‍मा सहयोग चाहिए माग्न तर उपसभामुखमाथि यस्तो आरोप नलगाउन सांसद श्रेष्ठको भनाइ थियो । 'यो साँच्चिकै छानबिन गर्ने हो भने गरोस् पार्टी पनि तयार छ तर प्रोपर तरिकाले गरोस् । मिडिया ट्रायल गरेर भाष्य बनाउने, पद्धति नबनाउने र मान्छेको चरित्र हत्या गर्ने त्यो पनि किन भन्दा संवैधानिक परिषद्‍मा एमालेको दुई, माओवादीको दुई, रास्वपाको एक र प्रधानन्यायाधीश एक, यो अल्पमतमा पर्‍यो भनेर हो ? माग्नुस् न हो, माग्नुस् दिउँला तर कसैको चरित्र हत्या गरेर मानव तस्कर भन्ने लाञ्छना गर्ने ?,' उनले भनिन् ।

आफ्नो भएभरको जायजेथा अनाथाश्रममा लगाउने महिलाको चरित्र हत्या गर्न नपाइने श्रेष्ठको भनाइ थियो । विधि पद्धति बसाउन हो भने तयार रहेको तर चरित्र हत्या स्वीकार्य नभएको उनले बताइन् ।


प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही
कांग्रेसका दुई महामन्त्री र सहमहामन्त्रीमाथि कारबाही बुधबार, पुस ३०, २०८२
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन
‘१० मिनेटभित्र डेलिभरी’ सेवा बन्द गर्न निर्देशन बुधबार, पुस ३०, २०८२
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मुख्यमन्त्री यादवद्वारा आग्रह
निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गराउन मुख्यमन्त्री यादवद्वारा आग्रह बुधबार, पुस ३०, २०८२
मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम
मुस्ताङमा ११ हजार ३०० भन्दा बढी मतदाता कायम बुधबार, पुस ३०, २०८२
कारागारभित्रका ‘हेडमास्टर’
कारागारभित्रका ‘हेडमास्टर’ बुधबार, पुस ३०, २०८२
तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित
तिंकर नाका नियमित नहुँदा व्यापार प्रभावित बुधबार, पुस ३०, २०८२
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न
सुशासन र समृद्धिका लागि स्वजागरण कार्यक्रम सम्पन्न बुधबार, पुस ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP