Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #जनकराज_गिरी
  • #नेपाल पर्यटन बोर्ड
  • #फेब्रुअरी_पर्यटक
  • #इरान_इजरायल
  • #कोल्टन_खानी_दुर्घटना
  • #नेपाल रेडक्रस सोसाइटी
  • #क्लिन_स्वीप
  • #प्रतिनिधिसभा सदस्य निर्वाचन
Search Here
समाचार
  • Home
  • समाचार
  • संवैधानिक परिषद्‍मा अल्पमतमा परेपछि उपसभामुखको पत्र ल्याइयो : श्रेष्ठ
संवैधानिक परिषद्‍मा अल्पमतमा परेपछि उपसभामुखको पत्र ल्याइयो : श्रेष्ठ
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन ६, २०८१

काठमाडौं - उपसभामुख इन्दिरा रानाले अमेरिकी दूतावासलाई लेखेको पत्र १ वर्षदेखि आफूसँगै राखेर अहिले सार्वजनिक गरिएको राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले बताएकी छन् । उपसभामुखले मानव तस्करी गरेको भनेर चरित्र हत्या गर्न खोजेको भन्दै श्रेष्ठले आपत्ति जनाएकी थिइन् । 

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद श्रेष्ठले संवैधानिक परिषद्‍मा सत्तापक्ष अल्पमतमा परेपछि उपसभामुख रानाले राजदूतावासलाई लेखेको पत्र सार्वजनिक गरिएको र लान्छना लगाइएको बताएकी हुन् । एक जना सांसदले संसद् र सडकमा एक व्यक्तिलाई भिसा देउ भनेर आन्दोलन गरेको देखेको भन्दै सांसद श्रेष्ठले लेटरप्याडको प्रयोगको विधि बनाउनुपर्ने बताइन् ।

उपसभामुखले लेखेको पत्रको विषयमा मिडिया ट्रायल भएको पनि सांसद श्रेष्ठको भनाइ थियो । 'उपसभामुख इन्दिरा रानाको नामबाट मिडिया ट्रायल भइरहेको छ, यसमा आपत्ति जनाउन चाहन्छु,' उनले भनिन्, 'आचरण हेर्ने हो भने सबै जनाको लेटरप्याडबाट के के निस्क्या छ हेरौं र साच्चै पद्धति बनाउँ । यो वास्तवमै आचरणविरुद्धको कार्य हो ? तपाईंहरूलाई मन लाग्यो मिडिया ट्रायल गर्‍यो ।'

Hardik health

उपसभामुखमाथि मानव तस्करी जस्तो गम्भीर आरोप संसद्‍मा लगाएको भन्दै श्रेष्ठले आपत्ति जनाइन् । कांग्रेस सांसद रामहरि खतिवडाले उपसभामुखले मानव तस्करी गरेको बताएका थिए । त्यसको प्रतिवाद गर्दै सांसद श्रेष्ठले भनिन्, 'भुटानी शरणार्थी कसले गरेको हो भनेर घोषणा गर्नुस् आँट छ ? एउटा महिला कठिन समयमा यहाँ आउनुभएको छ उहाँलाई हेप्न नखोज्नुहोला । सच्चै विधि पद्धति बनाउन चाहनुहुन्छ ? एकवर्षदेखि पत्र हातमा बोकेर बस्नुभएको रहेछ कुन बेला ठोकौं भनेर ।'

संवैधानिक परिषद्‍मा सहयोग चाहिए माग्न तर उपसभामुखमाथि यस्तो आरोप नलगाउन सांसद श्रेष्ठको भनाइ थियो । 'यो साँच्चिकै छानबिन गर्ने हो भने गरोस् पार्टी पनि तयार छ तर प्रोपर तरिकाले गरोस् । मिडिया ट्रायल गरेर भाष्य बनाउने, पद्धति नबनाउने र मान्छेको चरित्र हत्या गर्ने त्यो पनि किन भन्दा संवैधानिक परिषद्‍मा एमालेको दुई, माओवादीको दुई, रास्वपाको एक र प्रधानन्यायाधीश एक, यो अल्पमतमा पर्‍यो भनेर हो ? माग्नुस् न हो, माग्नुस् दिउँला तर कसैको चरित्र हत्या गरेर मानव तस्कर भन्ने लाञ्छना गर्ने ?,' उनले भनिन् ।

आफ्नो भएभरको जायजेथा अनाथाश्रममा लगाउने महिलाको चरित्र हत्या गर्न नपाइने श्रेष्ठको भनाइ थियो । विधि पद्धति बसाउन हो भने तयार रहेको तर चरित्र हत्या स्वीकार्य नभएको उनले बताइन् ।


प्रकाशित मिति: आइतबार, साउन ६, २०८१  १४:५५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको आज शपथ सोमबार, फागुन २५, २०८२
७५ लाख ७५ हजार १९३ गणनाहुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मतप्राप्त
७५ लाख ७५ हजार १९३ गणनाहुँदा रास्वपालाई ३६ लाख ७२ हजार २६५ मतप्राप्त सोमबार, फागुन २५, २०८२
कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत
कास्कीमा रास्वपाका उम्मेदवार भन्दा दललाई बढी मत सोमबार, फागुन २५, २०८२
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा १० जनाको मृत्यु आइतबार, फागुन २४, २०८२
निर्वाचन सुशासन कायम गराउन सफलः गृहमन्त्री अर्याल
निर्वाचन सुशासन कायम गराउन सफलः गृहमन्त्री अर्याल आइतबार, फागुन २४, २०८२
पाल्पाका युवाद्वारा सोमबारदेखि महाकाली-मेची साइकल यात्रा
पाल्पाका युवाद्वारा सोमबारदेखि महाकाली-मेची साइकल यात्रा आइतबार, फागुन २४, २०८२
लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट आठ जना पक्राउ आइतबार, फागुन २४, २०८२
लोकप्रिय
  • Week
  • Month
देशभित्रै गरिखाने वातावरण बनोस्
देशभित्रै गरिखाने वातावरण बनोस्
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
इरानी ड्रोन निष्क्रिय गर्दागर्दै अस्ताए दिवस
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
चुनावमा पनि इन्धन नियमित हुन्छ : आयल निगम
भोट के मा ? 
भोट के मा ? 
तराईका जिल्लामा आज होली मनाइँदै
तराईका जिल्लामा आज होली मनाइँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
रेमिट्यान्स पठाउनेलाई बोनसदेखि नेपालबाटै विदेशमा काम गराउने प्रतिबद्धता
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
पुरानै अनुहारलाई पुरानै गल्ती दोहोर्याउन मत दिने कि नयाँ सोच, नयाँ नेतृत्व र स्पष्ट भिजनलाई अवसर दिने ?  
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP