Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #डा.विश्वास बस्नेत
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #शेरबहादुर देउवा
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • उद्योग वाणिज्य महासंघको युवा उद्यमी अध्यक्षमा श्रेष्ठ नियुक्त
उद्योग वाणिज्य महासंघको युवा उद्यमी अध्यक्षमा श्रेष्ठ नियुक्त
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, साउन ३, २०८१

काठमाडाैं -  नेपाल उद्योग वाणिज्य महासंघअन्तर्गतको युवा उद्यमी मञ्च, ललितपुर च्याप्टरको अध्यक्षमा फेसन डिजाइन र होटल व्यवसायमा ख्याति कमाएकी नितु श्रेष्ठ नियुक्त भएकी छन् । काठमाडाैं साउन १ गते मंगलबार सम्पन्न मञ्चको तेस्रो वार्षिक साधारणसभाका अवसरमा साविक नेतृत्वले उनलाई अध्यक्ष नियुक्त गरेको हो ।

नवनियुक्त अध्यक्ष श्रेष्ठले स्टार्टअप उद्यमीलाई व्यावसायिक स्रोत र संरक्षण प्रदान गर्ने इन्क्युबेसन कार्यक्रम सञ्चालन गर्ने, उद्यमीलाई अन्तर्राष्ट्रिय संस्था र सरकारी निकायमार्फत अवसरहरुसँग जोड्ने र सदस्य लक्षित नेतृत्व विकास तालिमलाई निरन्तरता दिने बताइन् । महिला उद्यमीलाई स्रोत, संरक्षण र प्लेटफर्ममार्फत विशेष जोड दिने पनि उनले प्रतिबद्धता व्यक्त गरिन्।

मञ्चको प्रथम उपाध्यक्षमा एल्भिस रन्जित र द्वितीय उपाध्यक्षमा अनुकुल श्रेष्ठ नियुक्त भएका छन् । मञ्चको विधानअनुसार प्रमुख कार्यसम्पादन सूचकांक (केपीआई)का आधारमा साविकका अध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्ष संलग्न नेतृत्वले आगामी नेतृत्व र कार्यसमिति सदस्य नियुक्त गर्ने गर्छ जुन कार्य समितिको अवधि एक वर्ष हुन्छ ।

Hardik health

च्याप्टरको कार्यसमिति सदस्यमा प्रकिरण श्रेष्ठ, शिखर पाण्डे, निरज अग्रवाल, जश श्रेष्ठ, पलस जोशी, अशांक समशेर जंगबहादुर राणा र निशान ढकाल नियुक्त भएका छन् । नयाँ कार्यसमितिमा निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठ पदेन सदस्यका रुपमा रहनेछन् ।

त्यसैगरी विभिन्न उद्योगमा संलग्न सदस्यलाई एकै ठाउँमा ल्याउने र फरक व्यावसायिक क्षेत्रबीच सहकार्य र नवप्रवर्तनलाई प्रोत्साहन गर्ने अध्यक्ष श्रेष्ठको योजना छ ।उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रमुख अतिथि पूर्वयुवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले महिलालाई नेतृत्वमा अगाडि सारेको भन्दै च्याप्टर नेतृत्व र सदस्यहरुको सराहना गरे ।

उनले देश बनाउने उद्यमीले नै भएकोले सरकारी निकायसँग सहकार्य गर्दै अघि बढ्न सुझाए । सरकारसँग काम गर्न गाह्रो भए पनि निराश नहुन उनले सुझाव दिए । खेलाडीको लागि आवश्यक पर्ने ब्याच विदेशबाट आयातित सामानबाट नभई ललितपुरमा उत्पादित सामानबाट बनाउने नीतिगत निर्णयको तयारी गर्दै गर्दा सरकार ढलेको उनले बताए ।तुलनात्मक लाभका क्षेत्रमा व्यवसाय गर्नुपर्नेमा जोड दिएका उनले खेलकुदमा पनि राम्रो व्यवसायको सम्भावना रहेको बताए । नेपालका रमणीय गल्फ कोर्समा दक्षिण कोरियाली खेलाडी ल्याएर प्रतियोगिता गर्न सकिने उनले बताए ।

च्याप्टरका नवनियुक्त प्रथम उपाध्यक्ष एल्भिस रन्जितले स्वागत मन्तव्यका क्रममा सन् २०२१ मा १५ सदस्यबाट सुरु भएकोमा अहिले सदस्य संख्या ९० पुगेको जानकारी दिए ।उद्घाटन सत्रमा निवर्तमान अध्यक्ष सुबिन श्रेष्ठले अघिल्लो वर्षको प्रगति विवरण प्रस्तुत गरेका थिए भने नवनियुक्त द्वितीय उपाध्यक्ष अनुकुल श्रेष्ठले अघिल्लो कार्यकालमा सम्पन्न भएका कार्यक्रमबारे जानकारी गराएका थिए । उद्घाटन सत्रलाई युवा उद्यमी मञ्चका नेसनल गभर्निङ काउन्सिल अध्यक्ष सहारा जोशीले पनि सम्बोधन गरेका थिए ।


प्रकाशित मिति: बिहीबार, साउन ३, २०८१  १०:५२
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुन्तलाले मनग्य मूल्य पाएपछि किसान उत्साहित
सुन्तलाले मनग्य मूल्य पाएपछि किसान उत्साहित बिहीबार, माघ ८, २०८२
वीरगञ्‍ज हुँदै ४८ अर्ब १० करोडको निर्यात
वीरगञ्‍ज हुँदै ४८ अर्ब १० करोडको निर्यात बिहीबार, माघ ८, २०८२
करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात
करिब साढे नौ खर्बको वस्तु आयात हुँदा डेढ खर्बको निर्यात बुधबार, माघ ७, २०८२
आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु
आजदेखि झापामा औद्योगिक, व्यापार, कृषि तथा पर्यटन महोत्सव सुरु बुधबार, माघ ७, २०८२
मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात
मेची भन्सार कार्यालयबाट २५ अर्ब तीन करोडको सामग्री आयात मंगलबार, माघ ६, २०८२
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन
बागमती प्रदेश सरकारद्वारा छ महिनामा  १७ अर्ब ४३ करोड रुपैयाँ राजस्व संकलन सोमबार, माघ ५, २०८२
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात
मेची भन्सारबाट छ महिनामा रु. सात अर्ब १९ करोडको अलैँची निर्यात सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP