Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #नेपाली कांग्रेस
  • #शेरबहादुर देउवा समूह
  • #डा. शेखर कोइराला
  • #‘ए मैना सुनन’
  • #राष्ट्रियसभा
  • #नेपाल इन्भेष्टमेन्ट मेगा बैंक
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पको हत्या प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत
ट्रम्पको हत्या प्रयासपछि अमेरिकी सिक्रेट सर्भिस समीक्षाका लागि सहमत
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन १, २०८१

वासिङ्टन - ठूलो सुरक्षा विफलताका लागि बढ्दो दबाबमा अमेरिकी सिक्रेट सर्भिसले सोमबार पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि एक सुटरले गोली चलाएपछि स्वतन्त्र समीक्षामा सहयोग गर्ने वाचा गरेको छ । 

अठहत्तर वर्षीय ट्रम्प शनिबार पेन्सल्भेनियामा एक चुनावी र्यालीमा हत्या प्रयासबाट बचेका छन् । उक्त निर्लज्ज आक्रमणले नोभेम्बरको मतदानअघि गहिरो ध्रुवीकरण भएको मुलुकलाई स्तब्ध बनाएको छ ।

“के भयो, कसरी भयो र यस्ता प्रकारका घटना फेरि नदोहोरियोस् भनेर बुझ्न सिक्रेट सर्भिसले सबै सम्बन्धित सङ्घीय, राज्य र स्थानीय एजेन्सीसँग काम गरिरहेको छ”, सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले एक विज्ञप्तिमा भने “हामी हिजो राष्ट्रपति जो बाइडेनले घोषणा गर्नुभएको स्वतन्त्र समीक्षाको महत्त्व बुझ्दछौँ र यसमा पूर्णरूपमा भाग लिनेछौँ, हामी कुनै पनि निरीक्षण कारवाहीमा उपयुक्त कांग्रेस समितिहरूसँग पनि काम गर्नेछौँ ।”

Hardik health

पेन्सल्भेनियाको बटलरमा एउटा र्यालीमा बोल्दै गर्दा धेरै धमाकाको आवाज आएको थियो । ट्रम्पले आफ्नो कान समाते, उनको कान र गालामा रगत देखिन थाल्यो, फेरि उनी भुइँमा लडे । सिक्रेट सर्भिस एजेन्टहरूले पोडियममा आएपछि उनलाई घेरे र नजिकैको गाडीमा लगे । गोली चलाउने व्यक्ति र एक दर्शकको मृत्यु भयो । अन्य दुई दर्शक घाइते भएको स्राेतले जनाएकाे छ  । 

राष्ट्रपति बाइडेनले यो साताको र्यालीका साथै ट्रम्पलाई पार्टीको राष्ट्रपति पदको उम्मेदवारको ताज लगाइदिने मिलवाकी, विस्किन्सनमा रिपब्लिकन राष्ट्रिय सम्मेलनमा सुरक्षाको पूर्ण समीक्षाको आदेश दिए । पृथ्वीको सबैभन्दा सुरक्षित राजनीतिक हस्तीमध्येका एकबाट करिब पाँच सय फिट (एक सय ५० मिटर) टाढा एउटा छतमा बन्दुकधारीलाई कसरी बस्न अनुमति दिइयो भन्नेबारे सिक्रेट सर्भिस बढ्दो दबाबमा छ । 

मानिसहरूले बन्दुकधारीलाई छतमा देखिरहेको र गोली चलाउनुभन्दा अघि सुरक्षा चेतावनी दिन खोजिरहेको फोन फुटेजमा देखिएपछि प्रश्न अझ चर्को भयो ।  ट्रम्प सोमबार सम्मेलनमा उपस्थित हुने सेट गरिएपछि चिटलले एजेन्सीले कार्यक्रममा सुरक्षालाई कडा बनाउन काम गरिरहेको बताए  । 

“सिक्रेट सर्भिसले नेसनल स्पेसल सिक्योरिटी इभेन्ट्स (एनएसएसई) को गतिशील सुरक्षा योजनाहरू डिजाइन गर्दछ जुन गतिशील सुरक्षा वातावरण र हाम्रा साझेदारहरूबाट सबैभन्दा ‘अप–टु–डेट’ खुफिया जानकारीको जवाफ दिन गतिशील हुनसक्छ”, उनले भने ।  आइतबार सिक्रेट सर्भिसले सम्मेलनका लागि ‘पूर्णरूपमा तयार’ रहेको बताएको छ । 


प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  १२:१५
प्रतिक्रिया दिनुहोस्
थप विश्व
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम
एआईले दक्षिण कोरियाली युवाको रोजगारीमा जोखिम मंगलबार, भदौ २, २०८३
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक
झु रोङ्जीको अन्त्येष्टिअघि चीनमा शोक मंगलबार, भदौ २, २०८३
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत
किमसँग सम्पर्कमा रहेको ट्रम्पको संकेत मंगलबार, भदौ २, २०८३
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु
फिलिपिन्सको विद्यालयमा गोली चल्दा दुईको मृत्यु मंगलबार, भदौ २, २०८३
समुद्रले निल्दै नाइजेरियाली बस्ती
समुद्रले निल्दै नाइजेरियाली बस्ती सोमबार, भदौ १, २०८३
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन
दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउन ट्रम्पको निर्देशन सोमबार, भदौ १, २०८३
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु
हंगेरीमा बस दुर्घटनामा १२ जनाको मृत्यु आइतबार, साउन ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
कालो पट्टी बाँधेर सरकारविरुद्ध सांकेतिक विरोध 
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
विभागको कार्यालयमा व्यवसायीले दिए धर्ना
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
नारामा सीमित नीति, पलायन हुन बाध्य युवा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP