Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #पौरखी नेपाल
  • #कुमार यात्रु
  • #मलेसियान_सिण्डिकेट
  • #वैदेशिक_रोजगार
  • #कविडाँडा राष्ट्रिय आख्यान पुरस्कार
  • #तोरकीन
  • #क्षितिज_समर्पण
  • #जेनजी_आन्दोलन
  • #जेनजी_प्रदर्शन
Search Here
समाचार
  • Home
  • समाचार
  • शून्य समयमा : खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म
प्रतिनिधिसभा शून्य समयमा : खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २९, २०८१

काठमाडौं-  प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाएका छन् ।

सभाको आजको बैठकको शून्य समयमा उनीहरुले मधेस प्रदेशमा एक साताअघि हावाहुरीले पुर्‍याएको क्षतिको राहत, तिब्बतमा पक्राउ परेका नेपालीको उद्धार, जलवायु परिवर्तनले तापक्रम वृद्धि भएकोलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

सांसद प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरुको विदेश भ्रमणअघि केके विषयमा कुराकानी हुने हो त्यसबारेमा सदनलाई जानकारी गराउन माग गरे । सांसद वासुदेव घिमिरेले जलवायु परिर्वतनका कारण नेपालको तराई क्षेत्रमा अत्यधिक तातक्रम बढेको र त्यसका लागि वृक्षरोपण र लालतलैया संरक्षणको अभियानमा लाग्न सरकारको ध्यानाकर्षण गराए  ।

Ncell
Hardik health

सांसद विन्ध्वासिनी कंसाकारले समाजमा मानसिक स्वास्थ्यलाई धेरै ध्यान दिनुपर्ने जरुरी भएका र त्यसका लागि छुट्टै ‘हटलाइन’ सेवाको सुरुआत गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद विना देवीले मधेस प्रदेश कृषिका लागि महत्वपूर्ण भए पनि पानी नपरेकाले बाली लगाउन पाएको नपाएको हुँदा सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद विनिता कठायतले मुगुको उत्तरी भेगको करिब एक हजार तीन सय घरधुरीले खानेपानीको समस्याका भोग्नुपरेको र सो स्थानका बासिन्दा खानेपानीको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद विमला सुवेदीले नुवाकोटको सडक निर्माणलाई  तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए  । सांसद पुष्पबहादुर शाहले अछाममा कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका १४ मध्ये १२ खच्चडको उद्धार गरिएको  दुई मरेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउँदै अहिले उक्त पुलमा आवतजावत बन्द भएको बताउनुभयो । साथै उनले स्थानीयको दैनिकीमा बाधा भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउन र अन्य अन्य पुलको पनि समयमै मर्मत गर्न गरे ।

सांसद पूर्णबहादुर घर्तीमगरले बागलुङमा काम सम्पन्न नहुँदै बाटो जीर्ण हुँदै गएको र ठेकेदारले लापरवाही गरको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद प्रतिक्षा तिवारीले काठमाडौँ गरिब हटाउने नभई गरिबी हटाउन माग गरे । सांसद प्रदीप पौडेलले सरकारी कार्यालयमा राम्रो व्यवहार नहुने र ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै युवामा बढेको निराशा हटाउन पनि सेवाग्राहीसँग राम्रो र उचित व्यवहार गर्न आग्रह गरे ।

सांसदद्वय प्रभु साह र प्रभु हजाराले एक साताअघि आएको हावाहुरीले बारा र पर्सामा घर र बालीनालीमा ठूलो क्षति भएकाले पीडितलाई तत्काल राहत र क्षतिपूपर्ति दिलाउन माग गरे । 


प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १२:५२
#प्रतिनिधिसभा
प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण
राष्ट्रिय विज्ञापन संघद्वारा बाढीप्रभावितलाई राहत सामग्री हस्तान्तरण शुक्रबार, भदौ २६, २०८३
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ
धनुषाबाट दुईदिनमा १४ फरार प्रतिवादी पक्राउ शुक्रबार, भदौ २६, २०८३
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने
प्रधानमन्त्री शाहले राष्ट्रसंघीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने शुक्रबार, भदौ २६, २०८३
आजको खबर
आजको खबर शुक्रबार, भदौ २६, २०८३
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा
साढे चार करोड बिगोसिहत कामपाका तत्कालीन इञ्जिनियर महतोविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा शुक्रबार, भदौ २६, २०८३
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन
बाढीपीडितका पक्षमा तत्काल राहत र उद्धारमा स्पष्ट योजना ल्याउनुपर्छ : सांसद पुन शुक्रबार, भदौ २६, २०८३
लोकप्रिय
  • Week
  • Month
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
वरिष्ठ पत्रकार यात्रुलाई पौरखी नेपालको सम्मान
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
 दुई करोडभन्दा बढी खर्चिएको पार्क अलपत्र
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
बाढीपीडितका लागि आर्थिक सहयोग दिवंगतहरुप्रति श्रद्धाञ्जली 
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
अमेरिकामा तामाङ गुम्बा बनाउन उठाएको ३ लाख ३० हजार डलर दुरुपयोगको आरोप, तामाङले गरे खण्डन
सामूहिक चित्रकला प्रदर्शनी सुरु
सामूहिक चित्रकला प्रदर्शनी सुरु
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
खुसी हुँदै सिक्ने वातावरण: इनोभा वर्ल्डको फरक शैक्षिक अभ्यास
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP