Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #ग्लोबल आइएमई
  • #मगमग बसना
  • #नेपाल_टेलिकम
  • #आइसिसी महिला टि ट्वान्टी विश्वकप
  • #सफल _युवराज पौडेल
  • #फ्रेन्च किस
  • #नौमती_बाजा
  • #‘एलाइट’ कप
  • #'उज्यालो नेपाल
Search Here
समाचार
  • Home
  • समाचार
  • शून्य समयमा : खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म
प्रतिनिधिसभा शून्य समयमा : खच्चडको उद्धारदेखि मधेसमा खानेपानीका समस्यासम्म
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, जेठ २९, २०८१

काठमाडौं-  प्रतिनिधिसभा सांसदहरुले कर्णाली नदीमाथिको झोलुङ्गे पुलको लट्ठा चुँडिएपछि फसेका खच्चडको उद्धारदेखि तराई–मधेसमा बढेको खानेपानीको समस्यासम्मका विषयको उठाएका छन् ।

सभाको आजको बैठकको शून्य समयमा उनीहरुले मधेस प्रदेशमा एक साताअघि हावाहुरीले पुर्‍याएको क्षतिको राहत, तिब्बतमा पक्राउ परेका नेपालीको उद्धार, जलवायु परिवर्तनले तापक्रम वृद्धि भएकोलगायत विषयमा सरकारको ध्यानाकर्षण गराएको हो ।

सांसद प्रेम सुवालले प्रधानमन्त्री र मन्त्रीहरुको विदेश भ्रमणअघि केके विषयमा कुराकानी हुने हो त्यसबारेमा सदनलाई जानकारी गराउन माग गरे । सांसद वासुदेव घिमिरेले जलवायु परिर्वतनका कारण नेपालको तराई क्षेत्रमा अत्यधिक तातक्रम बढेको र त्यसका लागि वृक्षरोपण र लालतलैया संरक्षणको अभियानमा लाग्न सरकारको ध्यानाकर्षण गराए  ।

Hardik health

सांसद विन्ध्वासिनी कंसाकारले समाजमा मानसिक स्वास्थ्यलाई धेरै ध्यान दिनुपर्ने जरुरी भएका र त्यसका लागि छुट्टै ‘हटलाइन’ सेवाको सुरुआत गर्नुपर्नेमा सरकारको ध्यानाकर्षण गराए । सांसद विना देवीले मधेस प्रदेश कृषिका लागि महत्वपूर्ण भए पनि पानी नपरेकाले बाली लगाउन पाएको नपाएको हुँदा सिँचाइको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद विनिता कठायतले मुगुको उत्तरी भेगको करिब एक हजार तीन सय घरधुरीले खानेपानीको समस्याका भोग्नुपरेको र सो स्थानका बासिन्दा खानेपानीको व्यवस्था गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराए ।

सांसद विमला सुवेदीले नुवाकोटको सडक निर्माणलाई  तीव्रता दिन सरकारको ध्यानाकर्षण गराए  । सांसद पुष्पबहादुर शाहले अछाममा कर्णाली नदीमा रहेको झोलुङ्गे पुलको लट्ठा चुँडिएर फसेका १४ मध्ये १२ खच्चडको उद्धार गरिएको  दुई मरेको सन्दर्भमा सरकारको ध्यानाकर्षण गराउँदै अहिले उक्त पुलमा आवतजावत बन्द भएको बताउनुभयो । साथै उनले स्थानीयको दैनिकीमा बाधा भएकाले यथाशीघ्र सञ्चालनमा ल्याउन र अन्य अन्य पुलको पनि समयमै मर्मत गर्न गरे ।

सांसद पूर्णबहादुर घर्तीमगरले बागलुङमा काम सम्पन्न नहुँदै बाटो जीर्ण हुँदै गएको र ठेकेदारले लापरवाही गरको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद प्रतिक्षा तिवारीले काठमाडौँ गरिब हटाउने नभई गरिबी हटाउन माग गरे । सांसद प्रदीप पौडेलले सरकारी कार्यालयमा राम्रो व्यवहार नहुने र ढिलासुस्ती हुने गरेको उल्लेख गर्दै युवामा बढेको निराशा हटाउन पनि सेवाग्राहीसँग राम्रो र उचित व्यवहार गर्न आग्रह गरे ।

सांसदद्वय प्रभु साह र प्रभु हजाराले एक साताअघि आएको हावाहुरीले बारा र पर्सामा घर र बालीनालीमा ठूलो क्षति भएकाले पीडितलाई तत्काल राहत र क्षतिपूपर्ति दिलाउन माग गरे । 


प्रकाशित मिति: मंगलबार, जेठ २९, २०८१  १२:५२
#प्रतिनिधिसभा
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो
सुदूरपश्चिममा उपेक्षित उष्णप्रदेशीय रोगको संक्रमण बढ्दो शुक्रबार, माघ १६, २०८२
युवा संघको अध्यक्षमा गुरुङ
युवा संघको अध्यक्षमा गुरुङ शुक्रबार, माघ १६, २०८२
विधिको शासन शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा
विधिको शासन शासन, जनउत्तरदायी राज्य र कर्मशील नागरिकबाट मात्र सहिदका सपना पूरा हुन्छः रास्वपा शुक्रबार, माघ १६, २०८२
हिउँदे वर्षाले काँचो इँटामा क्षति
हिउँदे वर्षाले काँचो इँटामा क्षति शुक्रबार, माघ १६, २०८२
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल
राजनीतिलाई नयाँ र पुराना दल तथा पुस्ताका आधारमा विभाजित गर्न हुँदैनः महासचिव पोखरेल शुक्रबार, माघ १६, २०८२
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै
राष्ट्रपति पौडेल आगामी मङ्गलबार जापानको औपचारिक भ्रमणमा जादै शुक्रबार, माघ १६, २०८२
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै  गुठी संस्थानलाई आयोगकाे पत्र
निर्वाचन आचार संहिताविपरीत कार्य गरेको भन्दै गुठी संस्थानलाई आयोगकाे पत्र शुक्रबार, माघ १६, २०८२
लोकप्रिय
  • Week
  • Month
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
काठमाडौंमा शुरु हुँदै नेल्टाको अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलन
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
छ महिनामा साढे पाँच हजारभन्दा बढी उजुरी
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
साउदी अरबसँग पहिलोपटक श्रम सम्झौता
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP