Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #बेहाल
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #उनेपा
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • यार्सा संकलनमा खोइ सुरक्षा ?
यार्सा संकलनमा खोइ सुरक्षा ?
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, जेठ २१, २०८१

यार्सालाई नेपाली हीराका रुपमा चिनिन्छ । यो निकै महŒवपूर्ण औषधिसमेत हो । महँगो मूल्य पर्ने यार्सा संकलनका लागि हरेक वर्ष नेपालीहरु जोखिम मोलेर हिमाली क्षेत्र पुग्छन् । उनीहरुले आफूमात्र कमाउँदैनन्, राज्यलाई लाखौं राजस्व तिर्छन् ।

यसपटक पनि यो हिमाली हीरा संकलन गर्ने समय सुरु भएको छ । तर यार्सा संकलन गर्ने क्रममा सुरुआती दिनमै चार जनाको मृत्यु भएको छ । मुगुको पाटन क्षेत्रमा लेक लागेर उनीहरूको मृत्यु भएको हो । लेक लागेर सिकिस्त भएका एक जनाको उपचारका लागि जिल्ला अस्पताल ल्याउने क्रममा शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ । शनिबार पाटन ठूलो कोइकीमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका–१२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढा र राजबहादुर सावतको मृत्यु भएको थियो । देवराज बुढाको मृत्युसँगै मृत्यु हुनेको संख्या चार पुगेको छ । गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो । मुगुका २४ भन्दा बढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुमकार्मारोङ गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको थियो ।

यता यार्सा टिप्न गएको मौका छोपी मुगुम कार्मारोङ गाउँपालिका–१ डोल्पुमा लुटपाटसमेत भयो । आठ जनाको हतियारधारी समूहले स्थानीयको घरमा लुटपाट गरेका थिए । उक्त समूहले आधुनिक हतियार अन्य घरेलु हतियार देखाउँदै जेठ १३ गते शनिबार बेलुका ५ बजे स्थानीयका घर घरमा तलासी गर्दै गरगहना सामान र नगद लुटेर लगेको प्रहरीमा उजुरी परेको छ ।

Hardik health

समूहले गाउँमा वृद्धवृद्धा र बालबालिकालाई हतियार देखाउँदै लुटपाट गरेका थिए भने गुम्बाका लामालाई कुटपिट गरेका थिए । समूहले लुटपाट गर्ने क्रममा प्रतिकार गर्न खोज्दा दोर्जे तामाङ, टोमा छोइङ तामाङ, शान्ति तामाङ र पेमा दोर्जे तामाङ घाइते भएका छन् । उक्त घटनाबारे प्रहरीले भोलिपल्टमात्र थाहा पाएका थिए ।

यार्सा टिपेर एक त स्थानीय आफैंले रोजगारीको सिर्जना गरिरहेका छन् भने यसबाट राज्यले करोडौं राजस्वसमेत पाउँछ । तर यो क्षेत्रमा खटेका संकलकलाई सरकारले न त सुरक्षाको पूर्वतयारी गरिदिएको छ न त गाउँक्षेत्रको सुरक्षामा नै प्रशासनको चासो छ । रोजगारी सिर्जना पनि गर्न नसक्ने र नागरिकको सुरक्षा पनि गर्न नसक्ने राज्य नागरिकप्रति कसरी जवाफदेही मान्ने ? त्यसैले आगामी दिनमा प्रशासन र राज्यले यस्तो गल्ती नगरोस् । काम गर्छु र केही रकम जोहो गर्छु भन्नेले मृत्यु रोज्न नपरोस् । 
 


प्रकाशित मिति: सोमबार, जेठ २१, २०८१  ११:०१
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
आश्वासनमा केन्द्रित दलका घोषणापत्र
आश्वासनमा केन्द्रित दलका घोषणापत्र आइतबार, फागुन १०, २०८२
मतदाता शिक्षालाई थप प्रभावकारी बनाऊ 
मतदाता शिक्षालाई थप प्रभावकारी बनाऊ  शुक्रबार, फागुन ८, २०८२
निर्वाचन खर्च पारदर्शी बनाऊ 
निर्वाचन खर्च पारदर्शी बनाऊ  बिहीबार, फागुन ७, २०८२
हारबाट निराश होइन, सुधारको प्रतिज्ञा गरौं 
हारबाट निराश होइन, सुधारको प्रतिज्ञा गरौं  बुधबार, फागुन ६, २०८२
निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी
निर्वाचनलाई निष्पक्ष बनाउने जिम्मेवारी मंगलबार, फागुन ५, २०८२
घोषणापत्र ढिलाइमा झल्किएको गैरजिम्मेवारीपन
घोषणापत्र ढिलाइमा झल्किएको गैरजिम्मेवारीपन सोमबार, फागुन ४, २०८२
आचारसंहिताविपरीतको गतिविधि रोकौं
आचारसंहिताविपरीतको गतिविधि रोकौं आइतबार, फागुन ३, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
महाशिवरात्रि र उपत्यकाका शिवस्थल 
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP