Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • ‘रोजगारीको अवसर सिर्जना गर्न सबैले हातेमालो गर्नुपर्छ’
‘रोजगारीको अवसर सिर्जना गर्न सबैले हातेमालो गर्नुपर्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, जेठ २०, २०८१

काठमाडौं– श्रम, रोजगार तथा समाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले मधेस प्रदेशबाट ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीका लागि जाने गरेको बताएका छन् । जनकपुरमा शनिबार दुईदिने श्रमाधान रोजगार मेलाको उद्घाटन गर्दै मन्त्री अर्यालले रोजगारीको क्षेत्रमा व्यापक समस्या रहेको उल्लेख गर्दै बाध्यतावश मधेसबाट ठूलो संख्यामा नेपाली युवा वैदेशिक रोजगारीमा जानुपर्ने अवस्था रहेको बताएका हुन् ।   

श्रम मन्त्रालय नेपाली युवाहरुलाई स्वदेशमा नै रोजगारी गर्छु भन्ने अवस्था सिर्जना गराउने अभियानमा लागेको भन्दै मन्त्री अर्यालले धेरैभन्दा धेरै युवाहरूलाई आफ्ना उद्योगमा रोजगारी दिन मधेस प्रदेशका उद्योगीहरूलाई आग्रह गरे । ‘मुलुकबाट ठूलो संख्यामा वैदेशिक रोजगारीमा जानुपर्ने बाध्यात्मक अवस्था छ,’ उनले भने, सरकारले उद्यमशीलता प्रवद्र्धनमार्फत यसको अन्त्य गर्ने लक्ष्य लिएको छ, बिस्तारै स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सबैले हातेमालो गर्नुपर्छ ।’ 

सरकारले सातै प्रदेशमा श्रमाधान रोजगार मेलाको सुरुआत गरेर स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गर्न सकिने सन्देश दिन खोजिएको मन्त्री अर्यालले बताए । ‘मेलाबाट अहिले नै ठ्याक्कै यति रोजगारी दिन सकिन्छ भन्ने ग्यारेन्टी गर्न नसकिए पनि श्रमिक र रोजगारदाताका समस्या आवश्यकताबारे बुझ्ने र दीर्घकालीनरूपमा श्रम क्षेत्रका समस्या सामधानका लागि महŒवपूर्ण भूमिका खेल्ने छ,’ उनले भने । 

Hardik health

मन्त्री अर्यालले सरकारले रोजगार बैंकको अवधारणा अघि सारेको जानकारी दिए । उनले नेपालबाट भारत जाने श्रमिकहरूको तथ्यांक संकलनको काम पनि सरकारले गरिरहेको बताए । स्वदेश तथा वैदेशिक रोजगारसम्बन्धी केही समस्या परे श्रमाधान कल सेन्टरमा गुनासो राख्न सकिने उनको भनाइ छ ।यसैगरी स्वदेशमा नै रोजगारीको अवसर खोजिरहेका युवाहरुलाई यस मेलाले महŒवपूर्ण भूमिका खेल्ने मधेस प्रदेश सरकारका श्रम तथा यातायातमन्त्री वेची लुंगेलीले बताइन् । उनले मेलाबाट मधेसका युवाहरुले बढीभन्दा बढी लाभ लिने विश्वास व्यक्त गरिन् । ‘मधेस प्रदेशमा बेरोजगारी समस्या व्यापक छ, यहाँबाट विदेश पलायन हुनेको संख्या धेरै छ, यो मेलाले देशमा नै रोजगारी गर्छु भन्ने युवाहरुलाई ठूलो अवसर दिन्छ भन्ने अपेक्षा छ,’ उनले भनिन् । मेलाबाट धेरै कुराहरू सिक्ने अवसर मिल्ने उनको भनाइ छ । 

त्यस्तै नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले मेलाले श्रमबजारको मागअनुसार श्रमशक्ति उत्पादनमा सहयोग पुग्ने बताए । उनले नेपाली रोजगार क्षेत्रलाई सुरक्षित व्यवस्थित र श्रमिक तथा उद्योगमैत्री बनाउन सरकारले स्पष्ट नीति ल्याउनुपर्ने बताए ।मधेसमा शनिबारबाट सुरु गरिएको मेला आज सकिने छ । मेलामा श्रम तथा रोजगारसँग सम्बन्धित सरकारी निकाय, रोजगारदाता, म्यानपावर व्यवसायी, विभिन्न सामाजिक संस्थालगायत ३५ भन्दा बढी बुथ (स्टल) राखिएको छ । साथै कामको खोजीमा रहेका युवाहरुलाई लक्षित गर्दै सीपसँग सम्बन्धित तथा रोजगारीमा जोड्ने रोजगार परामर्श स्टल राखिएको छ ।

गण्डकीमा मेलाको तयारी पूरा
गण्डकी प्रदेशमा यही जेठ २१ र २२ गते हुने श्रमाधान रोजगार मेलाको तयारी पूरा भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखराको पोखरा इभेन्ट सेन्टरमा मेला सञ्चालन हुने भएको छ । 

मेलाबारे जानकारी दिन श्रम तथा रोजगार कार्यालय पोखरामा आयोजित पत्रकार सम्मेलनमा श्रम मन्त्रालयकी उपसचिव शारदा भण्डारीले मेलाको तयारी अन्तिम चरणमा पुगेको बताइन् । उनका अनुसार मेलाको संयोजन होटल संघ नेपाल (हान)ले गरेको बताइएको छ भने सहआयोजकमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, नेपाल तालिम तथा रोजगार व्यवसायी महासंघलगायतका सरोकारवाला संस्थाहरु रहेका छन् ।

आन्तरिक रोजगारी प्रवद्र्धन गर्नु, वैदेशिक रोजगारीलाई सुरक्षित बनाउनु, श्रम र रोजगारको क्षेत्रमा रहेका बहुआयामिक समस्याहरुलाई एकद्वार प्रणालीबाट सम्बोधन गर्दै लैजानु मेलाको उद्देश्य रहेको भण्डारीले जानकारी दिइन् । श्रमाधान रोजगारको संयोजकसमेत रहेकी उनले मेलाले बाध्यात्मक वैदेशिक रोजगारी कम गर्न सहयोग पुग्ने बताइन् । प्रदेशभित्रका ठूला सम्भावित रोजगारदाताको पहिचान गरेर सरकारी तर्फबाट ८ देखि १० वटा र निजी क्षेत्रका २० देखि २५ वटा स्टल हुने भण्डारीले जवानकारी दिइन् ।
 


प्रकाशित मिति: आइतबार, जेठ २०, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला
दुबई उडेका युवक चार महिनापछि दिल्लीमा फेला शुक्रबार, पुस २५, २०८२
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ शुक्रबार, पुस २५, २०८२
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन शुक्रबार, पुस २५, २०८२
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय
श्रम मन्त्रालयद्वारा ‘इपिएस’ परीक्षा पास गरेका पक्षमा निर्णय बिहीबार, पुस २४, २०८२
दुई प्रणालीमार्फत विदेशी कामदार भित्र्याउन योजनामा जापान
दुई प्रणालीमार्फत विदेशी कामदार भित्र्याउन योजनामा जापान बिहीबार, पुस २४, २०८२
नेपाल-यूएई आर्थिक सहकार्य विस्तारमा जोड
नेपाल-यूएई आर्थिक सहकार्य विस्तारमा जोड बुधबार, पुस २३, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP