Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
सम्पादकीय
  • Home
  • सम्पादकीय
  • संसदीय छानबिन समितिसँग आमअपेक्षा
संसदीय छानबिन समितिसँग आमअपेक्षा
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ १६, २०८१

सरकारले समस्याग्रस्त सहकारीको सूचीमा फेरि नौ वटा सहकारी थपेको छ । कुनैबेला सहकारीलाई विकासको चार खम्बामध्ये एक मानेको सरकारले अहिले भने विभेदकारी नीति अपनाउँदै आएको छ । जसका कारण दिनानुदिन सहकारी डुब्ने क्रममा छ । सहकारी डुब्नु सर्वसाधारणको बचत जोखिममा पर्नु हो । 

सहकारीमा बचतकर्ताले किन आफ्नो कमाई राख्छन् ? प्रस्ट छ, बैंकमा भन्दा बढी ब्याज आम्दानी गर्न । बढी ब्याज आम्दानी गर्न सहकारीले जोखिम मोलेर घरजग्गामा लगानी गर्छ । यसरी नै बैंकहरुले पनि सहकारीमार्फत घरजग्गामा लगानी गरेको धेरै अघिदेखि हो । तर जब सरकारले घरजग्गा व्यवसाय कस्न थाल्यो, अर्थतन्त्र बिस्तारै ओरालो लाग्न थाल्यो । 

सहकारीको रकम घरजग्गामा लगायतका ठूला व्यवसायी पनि समस्यामा पर्न थाले । अहिले हजारौं यस्ता लगानीकर्ता मौनता साँधेर बस्न बाध्य छन् । सरकारको यस्तो नीतिकै कारण गोरखा मिडिया नेटवर्कको ग्यालेक्सी टिभी सञ्चालकदेखि अर्थ टेलिभिजनका सञ्चालक फरार भए । सञ्चारमाध्यमका उद्यमी भएकै कारण उनीहरु फरार भएको चाँडै नै मिडियामा छाए । यस्ता धेरै सञ्चालक समस्याबाट भाग्ने क्रममा छन् ।

Hardik health

यही बेला सरकारकै उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी समस्याका कारण विवादमा तानिएका छन् । उनकै कारण अहिले सरकारले यस प्रकरणमा छानबिन गर्न सात सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेको छ । समितिलाई सहकारीमा अहिले देखिएका समस्याहरु पहिचान गरी बचतकर्ताको रकम फिर्ता गर्न सुझाव पेस गर्ने कार्यदेश पाएको छ ।

सहकारीको समस्या समाधानका लागि यसअघि नै समस्याग्रस्त सहकारी व्यवस्थापन समिति क्रियाशील छ । संसद्को सहकारी समिति पनि छ । यसैगरी भूमि व्यवस्था मन्त्रालयअन्तर्गत सहकारी विभाग पनि सक्रिय छ । यी समिति हुँदाहुँदै सरकारले समग्र सहकारीको समस्या हेर्न अर्को संसदीय समिति गठन गर्नु पहिलो त अचम्मकै विषय हो । किनकि संसदीय समिति गृहमन्त्री लामिछानेलक्षित गरी माग गरिएको थियो । यदि ‘न्यारो डाउन’ गरी समिति गठन गरेको भए यसको काम अघि बढ्ने विश्वास गर्न सकिन्थ्यो ।

तर, विशाल विषयलाई लिएर सात जनालाई जिम्मेवारी दिएको यो समितिले यो काम तीन महिनामा त के तीन वर्षमा पनि पार लाग्ने देखिन्न । यद्यपि दलहरुले विश्वास गरेर सदस्यको छनोट नै गरिसकेको छ । यस्तो अवस्थामा यो समितिले के कसरी काम गर्ने हो कुनै प्रस्टता छैन । यद्यपि दलहरुले नै विश्वास गरेकोले बचतकर्ताको बचत सुरक्षित पार्न र बाँकी समस्या समाधानमा समितिले निष्पक्ष रुपमा काम गरोस् । र, चाँडो निष्कर्ष निकालोस् । 
 


प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप सम्पादकीय
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती
निर्वाचनको निष्पक्षता र मिथ्या सूचनाको चुनौती आइतबार, फागुन १७, २०८२
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ
देश निर्वाचनमय, सबैले संयमता अपनाऊ शुक्रबार, फागुन १५, २०८२
आचारसंहिता कार्यान्वयनमा निरीह आयोग
आचारसंहिता कार्यान्वयनमा निरीह आयोग बिहीबार, फागुन १४, २०८२
सडक कि मृत्युमार्गः कहिलेसम्म दराजमा थन्किने प्रतिवेदन ?
सडक कि मृत्युमार्गः कहिलेसम्म दराजमा थन्किने प्रतिवेदन ? बुधबार, फागुन १३, २०८२
हिमाली जिल्लाका मतदातालाई मतदानमा सहभागी गराऊ
हिमाली जिल्लाका मतदातालाई मतदानमा सहभागी गराऊ मंगलबार, फागुन १२, २०८२
निर्वाचनको माहोल बिग्रन नदेऊ
निर्वाचनको माहोल बिग्रन नदेऊ सोमबार, फागुन ११, २०८२
आश्वासनमा केन्द्रित दलका घोषणापत्र
आश्वासनमा केन्द्रित दलका घोषणापत्र आइतबार, फागुन १०, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP