Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा आप्रवासी कामदार भर्नामा प्रतिबन्ध निरन्तर
मलेसियामा आप्रवासी कामदार भर्नामा प्रतिबन्ध निरन्तर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ९, २०८१

काठमाडौं – मलेसिया सरकारले आप्रवासी कामदार भर्नामा लगाइएको रोकलाई आगामी दिनमा पनि निरन्तर दिने निर्णय गरेको छ । मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले रोजगारदातालाई नयाँ कामदार भर्नाका लागि कोटामा लगाइएको बन्देज अझै निरन्तर रहने निर्णय भएको बताएका हुन् । 

गृहमन्त्री  सैफुद्दिनले पुत्राजयमा पत्रकार सम्मेलन गरेर मलेसियामा विदेशी कामदारको संख्या अर्थ मन्त्रालयले प्रक्षेपण गरेको एक करोड ७१ लाख श्रमशक्तिको १५ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख गर्दै हाललाई नयाँ कोटा नदिने बताएको त्यहाँको सञ्चारमाध्यम ‘द एज मलेसिया’ले जनाएको छ । यस निर्णयसँगै मलेसिया सरकारले अझै केही समय आप्रवासी कामदार नलिने भएको छ । तर यसको निरन्तरता कहिलेसम्म रहन्छ भन्ने कुरा गृहमन्त्री इस्माइलले खुलाएनन् । 

रोजगारदातालाई आप्रवासी कामदार भर्ना गर्न दिइएको कोटा पूरा हुन देखिएपछि थप कामदार नलिने नीति अघि सारेको हुनसक्ने उक्त सञ्चारमाध्यमले उल्लेख गरेको छ । मलेसियाले २०२३ मार्चदेखि नै आप्रवासी कामदार भर्नामा रोक लगाएको छ । त्यहाँको मन्त्रालयले तोकेको अधिकतम सीमा डिसेम्बर ३१ सम्ममा पुग्ने अपेक्षा गरिएको छ । गृहमन्त्री इस्माइलले आप्रवासी कामदारका लागि कुनै नयाँ कोटा नभएको उल्लेख गरेका छन् ।

Hardik health

नयाँ विदेशी कामदार भर्ना गर्न रोक लगाएका कारण कामदारको अभाव हुँदै गएको भन्दै त्यहाँको निजी क्षेत्रले तत्कालै खुलाउनुपर्ने माग गरेको छ । निजी क्षेत्रले कामदार अभावका कारण ठूलो नोक्सानी हुने बताएको सञ्चारमाध्यले उल्लेख गरेका छन् । मलेसियाले आप्रवासी कामदार भर्नामा निरन्तर रोक लगाउने निर्णय गरेसँगै नेपालीहरुले पाउने रोजगारीको अवसर गुम्ने देखिएको छ । मलेसिया सरकारको निर्णयले रोजगारीका लागि जान तयारी गरिरहेका नेपालीहरुलाई प्रत्यक्ष असर गर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

‘त्यहाँका रोजगारदाताले सरकारको नीति नटेरेको, तोकिएको कोटाभन्दा बढी आप्रवासी कामदार भित्र्याएको र देशको प्रतिष्ठामै आँच पु¥याउने काम गरेको भन्दै उनीहरुलाई रिफर्म गर्न नयाँ भर्ना प्रक्रियामा रोक लगाएको हो भन्ने अनौपचारिक जानकारी पाएका छौं,’ उनले भने, ‘डिसेम्बर २०२४ सम्मलाई कोटा पुगिसकेको भन्ने छ, अहिलेको अवस्थालाई हेर्दा तत्कालै खुल्छ भन्न गाह्रो छ, रोजगारीको अवसर गुम्ने सम्भावना बढी नै छ ।’

मलेसिया नेपाली कामदारहरुको प्रमुख गन्तव्यमध्येको एक हो । गत आर्थिक वर्ष पहिले गन्तव्य बनेको थियो । चालु आवको १० महिनामा पनि एक लाखभन्दा बढी नेपाली मलेसिया गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यसरी रोजगारीको गन्तव्य बनिरहेको मुलुकमा कामदार जान नपाउँदा मुलुकमा भित्रिने रेमिट्यान्समासमेत असर पर्ने व्यवसायीहरु बताउँछन् ।
 


प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ
अवैधानिकरुपमा थाइल्याण्ड प्रवेश गर्ने आप्रवासीमाथि कडाइ सोमबार, माघ ५, २०८२
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी
‘स्पेसल टास्क फोर्स’सँग सशंकित व्यवसायी आइतबार, माघ ४, २०८२
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय
संघले औंल्यायो नीतिगत सुधारका तीन विषय बिहीबार, माघ १, २०८२
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ
वैदेशिक रोजगारीमा ठगी गर्ने पाँच पक्राउ बुधबार, पुस ३०, २०८२
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने
पोर्चुगलको पोर्तोमा घुम्ती शिविर सञ्चालन हुने मंगलबार, पुस २९, २०८२
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो
कोरियामा विदेशी कामदारमाथिको निर्भरता बढ्दो सोमबार, पुस २८, २०८२
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने
इटालीले तीन वर्षभित्र पाँच लाख आप्रवासी कामदार भित्र्याउने आइतबार, पुस २७, २०८२
लोकप्रिय
  • Week
  • Month
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP