Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #दीपशिखा
  • #डा हरि रोका
  • #मगर_दिवस
  • #४४औँ राष्ट्रिय मगर एकता दिवस
  • #नेपाली कांग्रेस
  • #स्वाइन_फिभर
  • #अफ्रिकन_स्वाइन_फिभर
  • #निर्वाचन_प्रहरी
  • #थुनेलो_रोग
Search Here
वैदेशिक रोजगार
  • Home
  • वैदेशिक रोजगार
  • मलेसियामा आप्रवासी कामदार भर्नामा प्रतिबन्ध निरन्तर
मलेसियामा आप्रवासी कामदार भर्नामा प्रतिबन्ध निरन्तर
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, जेठ ९, २०८१

काठमाडौं – मलेसिया सरकारले आप्रवासी कामदार भर्नामा लगाइएको रोकलाई आगामी दिनमा पनि निरन्तर दिने निर्णय गरेको छ । मलेसियाका गृहमन्त्री सैफुद्दीन नासुशन इस्माइलले रोजगारदातालाई नयाँ कामदार भर्नाका लागि कोटामा लगाइएको बन्देज अझै निरन्तर रहने निर्णय भएको बताएका हुन् । 

गृहमन्त्री  सैफुद्दिनले पुत्राजयमा पत्रकार सम्मेलन गरेर मलेसियामा विदेशी कामदारको संख्या अर्थ मन्त्रालयले प्रक्षेपण गरेको एक करोड ७१ लाख श्रमशक्तिको १५ प्रतिशतभन्दा बढी हुन नहुने उल्लेख गर्दै हाललाई नयाँ कोटा नदिने बताएको त्यहाँको सञ्चारमाध्यम ‘द एज मलेसिया’ले जनाएको छ । यस निर्णयसँगै मलेसिया सरकारले अझै केही समय आप्रवासी कामदार नलिने भएको छ । तर यसको निरन्तरता कहिलेसम्म रहन्छ भन्ने कुरा गृहमन्त्री इस्माइलले खुलाएनन् । 

रोजगारदातालाई आप्रवासी कामदार भर्ना गर्न दिइएको कोटा पूरा हुन देखिएपछि थप कामदार नलिने नीति अघि सारेको हुनसक्ने उक्त सञ्चारमाध्यमले उल्लेख गरेको छ । मलेसियाले २०२३ मार्चदेखि नै आप्रवासी कामदार भर्नामा रोक लगाएको छ । त्यहाँको मन्त्रालयले तोकेको अधिकतम सीमा डिसेम्बर ३१ सम्ममा पुग्ने अपेक्षा गरिएको छ । गृहमन्त्री इस्माइलले आप्रवासी कामदारका लागि कुनै नयाँ कोटा नभएको उल्लेख गरेका छन् ।

Hardik health

नयाँ विदेशी कामदार भर्ना गर्न रोक लगाएका कारण कामदारको अभाव हुँदै गएको भन्दै त्यहाँको निजी क्षेत्रले तत्कालै खुलाउनुपर्ने माग गरेको छ । निजी क्षेत्रले कामदार अभावका कारण ठूलो नोक्सानी हुने बताएको सञ्चारमाध्यले उल्लेख गरेका छन् । मलेसियाले आप्रवासी कामदार भर्नामा निरन्तर रोक लगाउने निर्णय गरेसँगै नेपालीहरुले पाउने रोजगारीको अवसर गुम्ने देखिएको छ । मलेसिया सरकारको निर्णयले रोजगारीका लागि जान तयारी गरिरहेका नेपालीहरुलाई प्रत्यक्ष असर गर्ने नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष राजेन्द्र भण्डारीले बताए ।

‘त्यहाँका रोजगारदाताले सरकारको नीति नटेरेको, तोकिएको कोटाभन्दा बढी आप्रवासी कामदार भित्र्याएको र देशको प्रतिष्ठामै आँच पु¥याउने काम गरेको भन्दै उनीहरुलाई रिफर्म गर्न नयाँ भर्ना प्रक्रियामा रोक लगाएको हो भन्ने अनौपचारिक जानकारी पाएका छौं,’ उनले भने, ‘डिसेम्बर २०२४ सम्मलाई कोटा पुगिसकेको भन्ने छ, अहिलेको अवस्थालाई हेर्दा तत्कालै खुल्छ भन्न गाह्रो छ, रोजगारीको अवसर गुम्ने सम्भावना बढी नै छ ।’

मलेसिया नेपाली कामदारहरुको प्रमुख गन्तव्यमध्येको एक हो । गत आर्थिक वर्ष पहिले गन्तव्य बनेको थियो । चालु आवको १० महिनामा पनि एक लाखभन्दा बढी नेपाली मलेसिया गएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ । यसरी रोजगारीको गन्तव्य बनिरहेको मुलुकमा कामदार जान नपाउँदा मुलुकमा भित्रिने रेमिट्यान्समासमेत असर पर्ने व्यवसायीहरु बताउँछन् ।
 


प्रकाशित मिति: बुधबार, जेठ ९, २०८१  ०९:४१
प्रतिक्रिया दिनुहोस्
थप वैदेशिक रोजगार
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री
उडान खुल्ने प्रतीक्षामा विमानस्थलमा अलपत्र यात्री आइतबार, फागुन १७, २०८२
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन
जापानमा ‘एएनओको राष्ट्रिय कमिटी गठन आइतबार, फागुन १७, २०८२
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित
खाडी मुलुकलाई श्रम स्वीकृति दिन स्थगित आइतबार, फागुन १७, २०८२
अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह
अनावश्यक यात्रा नगर्न इजरायलस्थित नेपाली दूतावासको आग्रह आइतबार, फागुन १७, २०८२
इपिएससम्बन्धी समझदारी शीघ्र नवीकरण गर्न कोरिया तयार
इपिएससम्बन्धी समझदारी शीघ्र नवीकरण गर्न कोरिया तयार आइतबार, फागुन १७, २०८२
साउदीको श्रम कानुनमा व्यापक संशोधन, उल्लंघन गर्नेमाथि कडा जरिवाना
साउदीको श्रम कानुनमा व्यापक संशोधन, उल्लंघन गर्नेमाथि कडा जरिवाना शुक्रबार, फागुन १५, २०८२
चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीका आधारविहीन योजना 
चुनावी घोषणापत्रमा वैदेशिक रोजगारीका आधारविहीन योजना  बिहीबार, फागुन १४, २०८२
लोकप्रिय
  • Week
  • Month
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
भक्तपुर-२ का उम्मेदवार दीपशिखाको चुनावी प्रतिबद्धता सार्वजनिक 
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
ट्रम्प शुल्क योजनामा कानूनी अड्चन
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
‘दोस्रो जापान-नेपाल रोजगार सम्मेलन’ भोलि टोकियोमा हुँदै
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
ताजा जनादेश आजको आवश्यकता
ताजा जनादेश आजको आवश्यकता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP